Inside

All Time Top 50 News

'दीप' म्यूज़िक एल्बमको आज (मे ८ तारिख) न्यू योर्कमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेद्वारा लोकार्पण गरिंदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 08 May 2016 09:12

Exclusive: 3 photos: न्यू योर्क- वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले गायिका पविता परियार र गीतकार गीता खत्रीको 'दीप' म्यूज़िक एल्बमको लोकार्पण गरिनेभएकोछ। मे ८ तारिख न्यू योर्क शहरको सनीसाईडस्थित मालिंगो रेष्टुरेण्टमा उक्त एल्बमको बिमोचन गरिने जनाईएकोछ। गायिका पविता परियारको यो पहिलो सोलो म्यूजिक एल्बम हो भने गीतकार गीता खत्रीको तेश्रो सोलो म्यूजिक एल्बम हो। गीतकार खत्रीको यस अघि 'स्वीकृति' (२००८) र 'अमूल्य' (२०१४) म्यूजिक एल्बम प्रकाशित भई सकेकोछ।

 

'Deep' music album by singer Pabita Pariyar and lyricist Gita Khatri being released today (May 8, 2016) in New York.

गीतकार गीता खत्रीद्वारा रचित ७ वटा गीतहरुको संगित कम्पोज नेपालका ६ जना संगितकारहरु जय कुमार, हरी लम्साल, यश कुमार, उदय सोताङ, बसन्त सापकोटा, र महेश खड्काले गरेकाछन् । न्यू योर्कमा मात्र होईन अमेरिकाभर र युरोपका साँगितिक साँझहरुमा आफ्नो सुमधुर स्वरबाट दर्शक श्रोताहरुको मन जित्न सफल गायिका पविता परियारले यो म्यूजिक एल्बमको लागि धेरै मिहिनेत गरेर गीत रेकर्ड गरेको युएसनेपालअनलाईनलाई जानकारी गराईन् । यो म्यूज़िक एल्बमबाट 'जलायो' र 'बादलुको' गीतको म्यूजिक भिडियो पनि तयार गरिएकोछ ।

'Deep' music album by singer Pabita Pariyar and lyricist Gita Khatri being released today (May 8, 2016) in New York.

को हुन् गायिका पविता परियार ?

गायिका पविता परियारले बिसं २०५८ साल देखि रेडियो नेपालमा गीत गाउन शुरु गरेकी हुन् । उनी रेडियो नेपालको 'जन चेतना' कार्यक्रम ७ वर्श (बिसं २०५७-६४) सम्म सन्चालिका पनि हुन् । नेपाल टेलिभिजनको नवा प्रतिभा गायकहरुको खोजी कार्यक्रम' ब्राईटर तिम्रो सुर मेरो गीत' कार्यक्रमको बिसं २०५९ मा काठ्माण्डौं प्रतियोगिताको पहिलो राउण्डमा प्रथम बनेकी गायिका परियारले उक्त कार्यक्रमको १७ भाग सन्चालन पनि गरेकी हुन् ।

'Deep' music album by singer Pabita Pariyar and lyricist Gita Khatri being released today (May 8, 2016) in New York.

को हुन् गीतकार गीता खत्री ?

गीतकार गीता खत्री अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष एबं बर्तमान अनेसास बोर्ड अफ ट्रश्ट्री उपाध्यक्ष हुन् । गीतकार खत्रीका प्रकाशित कृतिहरुमा 'सिर्जना यात्रामा गीता' (कविता, गीत र गजल संग्रह, २००४), 'स्वीकृति' (म्यूजिक एल्बम, २००८), 'सम्झानाका तरेली' (गिति संग्रह, २०१०), 'सपनाको धरहरा' (कविता संग्रह, २०११), 'झोखाङदेखि मजाकलङसम्म' (नियात्रा संग्रह, २०१४), 'अमूल्य' (म्यूजिक एल्बम, २०१४) र 'आमा हुन् आमा' (खण्ड काव्य, २०१४) छन् ।

-Pradeep Pariyar Thapa Magar. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.