Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 20 October 2012 09:07
Article Index
न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित
More photos of Dashain celebration in Ridgewood 2012
All Pages

डा. प्रदीप शर्मा, अर्जुनप्रशाद मैनाली, खगेन्द्र जिसी, बेदप्रशाद खरेल र व्हाइट हिमाल टिभी सम्मानित
Special: 1 video, 32 photos:
न्यू योर्क- अमेरिकामा नेपाली गाउँ भनेर चर्चित न्यू योर्कको रिज्वूड शहरमा कृयाशिल रिज्वूड नेपालीज सोसाइटीद्वारा हिन्दू धमावलम्बीहरुको महान पर्व बिजया दशमी दशैं २०६९ को अबसरमा भब्य साँस्कृतिक साँझ सम्पन्न गरिएको छ।


The honorees at the Dashain celebration in Ridgewood, New York which is hosted by Ridgewood Nepalese Society (RNS) on October 19, 2012. Photos: eEyecam.com

सम्मान २०१२

शुक्रबार अक्टोबर १९ तारिख रिज्वूडको गोटशियर हलमा आयोजित उक्त दशैं साँस्कृतिक साँझमा भारतीय मूलका डा. प्रदीप शर्मालाई "RNS प्रेसिडेन्सियल अवार्ड" द्वारा सम्मान गरेको छ भने ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०५ पटक रक्तदान दिएका अर्जुनप्रशाद मैनालीलाई "कम्युनिटी फेन्ड्शिप अवार्ड", बरिस्ठ वकिल तथा नेपाली काँग्रेसका नेता खगेन्द्र जिसीलाई 'कम्युनिटी लिडरशीप अवार्ड', बेदप्रशाद खरेल र ह्वाइट हिमाल टेलिभिजनलाई "कम्युनिटी सर्भिस अवार्ड" द्वारा सम्मान गरिएकोछ।

The RNS honorees of 2012: RNS Presidential Award-Dr. Pradeep Sharma; Community Friendship Award-Arjun P. Mainali; Community Leadership Award- Khagendra GC; Community Service Award- Bed P Kharel & Community Service Award- White Himal TV (Kishor Panthi). Photos: eEyecam.com

उक्त दशैं साँझ कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली कार्यबाहक स्थाई प्रतिनिधि सेवा लम्साल अधिकारीले कदर पदक र दोसल्ला ओढाएर सम्मान गरेकि थिइन्।

सोसाइटीका अध्यक्ष श्री पराजुलीले समानित ब्यक्तित्वहरुबारे प्रकाश पार्दै कदर पत्र पढेर सुनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथी कार्यबाहक स्थाई प्रतिनिधि अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई बधाई दिदै आयोजकहरुको सामाजिक कार्यहरुको प्रसंशा गरेकी थिइन्।

कार्यक्रममा समानित ब्यक्तित्वहरुले बोल्दै सम्मानकालागि सोसाइटीलाई आभार ब्यक्त गरेका थिए।

Indian-American physician Dr. Pradeep Sharma receiving RNS Presidential Award from Acting Permanent Representative of Nepal to the UN Sewa Lamsal Adhikari & Ridgewood Nepalese Society (RNS) president Shree Parajuli. Dr. Sharma donated $ 30,000.00 to the society for building the Durga Mandir. Photos: eEyecam.com

"RNS प्रेसिडेन्सियल अवार्डसंगै नगद ५ सय डलर पनि प्रदान गरिन्छ। उक्त पुरस्कारद्वारा सम्मानित डा. प्रदिप शर्माले नगद पुरस्कार सोसाइटीलाई नै मन्दिर निर्माणकालागि फिर्ता गरेका थिए। उनले यस अघी मन्दिर निर्माणकालागि ३० हजार अमेरिकि डलर नगद अनुदान प्रदान गरिसकेकाछन्।

कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवाली, डा. देभबाला रामनाथन, डा. तारा निरौला र रचना शाहले सम्बोधन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य सोसाइटीका उपाध्यक्ष रबी किरण कोइरालाले गरेका थिए भने उद्घाटन सत्रको सन्चालन सोसाइटीका कोशाध्यक्ष मिलन शाहीले गरेका थिए।

सम्मान २०११

सोसाइटीले गत बर्ष सन् २०११ देखि यि पुरस्कारहरु प्रदान गर्न शुरु गरेको हो। पोहर साल सम्मानित ब्यक्तित्वहरुमा शेर्पा किदुग युएसए अध्यक्ष छोङ्बा शेर्पालाई 'कम्युनिटी फ्रेन्डशीप अवार्ड', समाजसेवी तथा ब्याबसायी केशबराम राई र ब्याबसायी सरोज श्रेष्ठलाई 'कम्युनिटी सर्भिस अवार्ड', एसोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) अध्यक्ष डा. बिनोद शाहलाई 'कम्युनिटी लिडरशीप अवार्ड' र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापालाई 'RNS प्रेसिडेन्सियल अवार्ड' द्वारा सम्मान गरिएको थियो। (पढ्नुहोस्)

 

Dohori is being performed at the Dashain celebration in Ridgewood, NY.

बडा दशैं २०६९ साँस्कृतिक साँझ

उक्त साँस्कृतिक साँझमा चर्चित लोक गायक द्वय सुमन बुढा मगर र बिमल डाँगीको लोक गीत र उनिहरुको मन्जु गुरुङसंग दोहोरी गीतको प्रस्तुती रहेको थियो। साथै गायक तिलक श्रेष्ठ, आजाद ढुङ्गानाको गीत र गोपाल नेपाल "फिस्टे"को प्रहसन रहेको थियो।



उक्त साँझमा स्थानीय कलाकारहरुद्वारा मनमोहक न्रित्यहरु प्रस्तुत गरिएको थियो। न्रित्य कलाकारहरुमा सन्चिता कोइराला, तुल्सीराम आचार्य, सरिता श्रेष्ठ, प्रिया शाही, सिम्रन शाह, रन्जु सापकोटा, अनुज्ञा केसी, अभिक्षा पन्थी, आयुश्मा पन्थी, मुस्कान अर्याल, समिक्षा, रोजिनालगायत थिए।

साँस्कृतिक साँझको सन्चालन पत्रकार सुर्य थापाले गरेका थिए।

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिर निर्माणकालागि अपिल

उक्त साँझमा सोसाइटीका सल्लाहकार बेदप्रशाद खरेलले सोसाइटीले गत बर्ष सन् २०११ अक्टोबरमा १६४७ ह्यान्कक स्ट्रिट, रिजवूडमा ४ लाख १९ हजार डलरमा खरिद गरिएको जग्गामा निर्माण गर्न लागिएको दुर्गा मन्दिर र कम्युनिटी भवनकालागि निर्माण कमिटी गठन गरिएको जानकारी गराए। उक्त कमिटिको संयोजकमा सोसाइटीका अध्यक्ष श्री पराजुली, सदस्यहरु बेदप्रशाद खरेल र सरोज श्रेष्ठ रहेकाछन्। उनले सोसाइटीको मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्न उपस्थित नेपालीहरुसंग अपिल गरे।

अमेरिका नेपाली गाउँ भनेर चिनिने रिज्वूड शहरमा झन्डै १२ सय नेपाली बसोबास रहेको छ।

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि उक्त जग्गामा पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at 1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com


उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको छ।


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि सन् २०१० अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read exclusive news about Ridgewood Nepalese Society's activities:

-न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे

-न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

More at: http://usnepalonline.com/ridgewood-nepalese-society/



RNS Advisor Bed P Kharel receiving RNS Community Service Award. Photo: eEyeCam.com


Blood Donors of America president Arjun P Mainali receiving RNS Community Friendship Award. Photo: eEyeCam.com

Lawyer Khagendra GC receiving RNS Community Leadership Award. Photo: eEyeCam.com

White Himal TV's Editor Kishor Panthi receiving RNS Community Service Award. Photo: eEyeCam.com


RNS founding president Mohan Gyawali. Photo: eEyeCam.com


RNS VP Ravb Kiran Koirala. Photo: eEyeCam.com


RNS Treasurer Milan Shahi. Photo: eEyeCam.com

न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित
More photos of Dashain celebration in Ridgewood 2012
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.