Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा दशैं साँझ २०६८ सम्पन्न, ५ नेपाली सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 03 October 2011 08:58
Article Index
न्यू योर्कको रिज्वूडमा दशैं साँझ २०६८ सम्पन्न, ५ नेपाली सम्मानित
More photos of Dashain celebration in Ridgewood
All Pages

छोङ्बा शेर्पा, केशबराम राई, डा. बिनोद शाह, सरोज श्रेष्ठ र प्रदीप थापा सम्मानित
Exclusive: 1 video, 26 photos:
न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटी (RNS) द्वारा बडा दशैं साँझ २०६८ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम सम्पन्न गरियो । उक्त अबसरमा सोसाइटीद्वारा शेर्पा किदुग युएसए अध्यक्ष छोङ्बा शेर्पालाई 'कम्युनिटी फ्रेन्डशीप अवार्ड', समाजसेवी तथा ब्याबसायी केशबराम राईलाई 'कम्युनिटी सर्भिस अवार्ड', एसोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) अध्यक्ष डा. बिनोद शाहलाई 'कम्युनिटी लिडरशीप अवार्ड', ब्याबसायी सरोज श्रेष्ठलाई 'कम्युनिटी सर्भिस अवार्ड' र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापालाई 'RNS प्रेसिडेन्सियल अवार्ड' द्वारा सम्मान गरिएको छ।


The honorees, guests and the organizers at the Dashain celebration in Ridgewood, New York on October 2, 2011. Photos: Ang Kami Sherpa (PhotoHera.com)

आईतवार बेलुकी न्यू योर्कको रिज्वूड शहरमा आयोजना गरिएको उक्त दशैं साँझ कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, मिस नेपाल युएसए २०११ बिजेता सुजिता बस्नेत र सोसाइटीका अध्यक्ष श्री पराजुलीले कदर पदक र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

United Sherpa Association USA President Chhongba Sherpa receiving Outstanding Friendship Award from Ambassador Gyanchandra Acharya on behalf of Ridgewood Nepalese Society. Photos: Ashok Panta.

Social Activist and businessman Keshabram Rai and Association of Nepalese Teraian in America (ANTA) President Dr. Binod Shah. Photos: Ashok Panta.

Pashupati Inc. Prop. Saroj Shrestha and USNepalOnline.com Editor-in-Chief Pradeep Thapa. Photos: Ashok Panta.

सम्मानितहरुको परिचय अमित शाहले गराएका थिए भने सम्मानित नेपालीहरुले मतब्य ब्यक्त गर्दै सोसाइटीद्वारा गरिएको सम्मानकोलागि आयोजकहरुलाई धन्यवाद दिदै सम्मानले समाज सेवामा लाग्न अरु प्रेरणा मिलेको बताएका थिए।

Artists performing Nepalese Anthem.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dashain celebration in Ridgewood, New York, October 2, 2011


Kripali Gautam performing Nepali dance.


नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गर्ने चाँजोपाँजो

उक्त साँझ कार्यक्रममा आयोजकहरुले १ हजारभन्दाबेशी नेपालीहरु बसोबास गर्ने रिज्वूड शहरमा निर्माण गर्न लागेको दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवनबारे जानकारी गराएका थिए।

अमेरिका नेपाली गाउँ भनेर चिनिने रिज्वूड शहरमा झन्डै १२ सय नेपाली बसोबास रहेको छ।

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि उक्त जग्गामा पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at 1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com


उक्त जग्गा ५ हजार स्क्वायर फिट र जग्गाको मूल्य ४ लाख १९ हजार डलर पर्ने र ५० हजार डलर बैना स्वरुप जग्गा धनीलाई दिइसकिएको आयोजकहरुले जानकारी गराए।


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।

Ridgewood Nepalese Society president Shree Parajuli. Photo: eEyeCam.com

बडा दशैं साँझ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम

सोसाइटीद्वारा यो बर्ष मनाइएको दशैं कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमकासाथै दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणकालागि फण्डरेजिङ कार्यक्रमको आयोजना गरियो। कार्यक्रमबाट ५ हजार डलरभन्दाबेशी आर्थिक संकलन गरियो।

कार्यक्रममा कृपाली गौतम, प्रिया शाही, स्वामिनी घिमिरे, श्रीराम शाह, प्रिया कोइराला, श्रिया तुलाधर, पूजाता राजभण्डारी, निकी, त्रियुक्ता घिमिरे, धरमवीर लामा, सम्झना कार्की र सुजिता बस्नेतको न्रित्य रहेको थियो भने गायनतर्फ तिलक श्रेष्ठ, गीता बिर्लाकोटी, सुनिल बुढाथोकीको प्रस्तुती रहेको थियो।

कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ र दीपकराज काफ्लेले गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Miss Nepal USA 2011 Sujita Basnet.

Read related news about Ridgewood Nepalese Society:

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न
नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.