Inside

All Time Top 50 News

अमेरिकाको कङ्ग्रेसम्यानमा उम्मेद्वारी दिने पहिलो नेपाली बने दर्शन रौनियार PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 28 June 2011 01:51

Exclusive: 3 photos: न्यू योर्क- अमेरिकाको वासिङ्गटन राज्यको सियाटल शहर जहाँ माइक्रोसफ्टका अर्बपति संस्थापक बिल गेट्स जन्मे र बसोबास गर्छन्, त्यहाँको पहिलो काँग्रेसनल डिस्ट्रिक्टबाट नेपालको काठमाडौंस्थित ईन्द्र चौकमा जन्मेका दर्शन रौनियारले कङ्ग्रेस म्यानमा आफ्नो उम्मेद्वारीको घोषणा गरेका छन्। उनी अमेरिकाको कङ्ग्रेसम्यानमा आफ्नो उम्मेद्वारी दिने पहिलो नेपाली बनेकाछन्।

 

Darshan Rauniyar, the 1st Nepali-American Congressional candidate from 1st Congressional District, Washington, USA. Photos courtesy: darshanforcongress.com

बुधवार (जुन २७) मा आफ्नो उम्मेद्बारीको घोषणा गरेका रौनियार बिगत १० बर्षदेखी अमेरिकाको डेमोक्रेटिक पार्टीको सकृय युबा नेता हुन्। हाल अमेरिकि राष्ट्रपति बाराक ओबामा रौनियार कै पार्टिका राष्ट्रपति हुन्।

वासिङ्टन राज्यमा सन् २०१२ देखी हाल रहेको ९ कङ्ग्रेसनल डिस्ट्रिक्टबाट बढाएर १० बनाइने छ। यो जन संख्याको बढोत्तरीका आधारमा हुन्छ। एक कङ्ग्रेसनल डिस्ट्रिक्टमा ७ लाख जनसङ्ख्याभन्दा बढी हुनु हुँदैन।

युएस नेपाल अनलाइनले बुधवार बेलुकी दर्शन रौनियारसंग झन्डै ४५ मिनेट लामो टेलिफोन वार्तालाप गरेको छ।

Darshan Rauniyar. Photos courtesy: darshanforcongress.com

पढ्नुहोस् उक्त वार्तालापको आधारमा युएस नेपाल अनलाइनले तयार पारेको दर्शन रौनियार सम्बन्धी बिशेष फिचर समाचार:

को हुन् दर्शन रौनियार ?

अमेरिकामा पहिलो नेपाली मूलका अमेरिकि कङ्ग्रेसम्यान पदका उम्मेद्वार दर्शन रौनियारको जन्म काठमाडौंको ईन्द्र चौकमा सन् १९६८ को नोबेम्बर १८ मा भएको हो।

उनका बुवा स्व. रबिन्द्र गुप्ता हुन् भने आमा मनोरमा रौनियार हुन्। उनकी आमा मनोरमा पद्मा कन्या क्याम्पसकि पूर्व संगित प्राध्यापक हुन्। उनकि आमाको अमेरिकि ग्रिन कार्ड रहेको छ। उनी एक मात्र सुपुत्र हुन् भने उनकि एक दिदी क्यालिफोर्नियामा बसोबास गर्दछिन्।

दर्शन रौनियारलाई उनका बुवाको मृत्‍यु उनी बालख छँदै भएको कारण उनकि आमा र हजुर आमा स्व. बच्छु देबीले हुर्काएका थिए।

रौनियारकाअनुसार उनका जिजु बाजे भारतको बेलियाबाट काठमाडौं बसाइ सरेका थिए।


Darshan Rauniyar with his wide Dr. Punam Rauniyar and 2 sons: Sarbesh and Siddhant. Photos courtesy: darshanforcongress.com

उनकि श्रीमती पुनम रौनियार पिडीट्रियसियन (बाल रोग सम्बन्धी) डक्टर हुन्। श्रीमती रौनियार भारतको कोलकाताकि हुन् भने उनले बेलायतमा हाइ स्कुल गरेकि र भारतको कोलकाता नजिक जमसेठपुरस्थित महात्मा गान्धी मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन्। उनले न्यू योर्क शहरको स्टेटन आइल्यान्डस्थित सेन्ट भिन्सेन्ट अस्पतालबाट रेजिडेन्सी गरी एमडी गरेकि हुन्। हाल उनी सियाटल नजिकैको मेरिस्भिलमा एक प्राइभेट क्लिनिकमा कार्यरत छिन्।

रौनियारले भने- "मेरी श्रीमतीले अली अली नेपाली भाषा बुझ्छिन्। छोराहरुले अली अली हिन्दी बुझ्छन्।" रौनियार गत बर्ष मात्र एक्लै नेपाल गएका थिए। उनी सपरिवार चाँही ३ बर्ष अघी काठमाडौं गएका थिए।

शिक्षा र अबसरको खोजीमा नेपालदेखी अमेरिकासम्मको यात्रा

दर्शन रौनियारले अमृत साइन्स क्याम्पस, अस्कल, काठमाडौंबाट इन्जिनियरिङ्गमा आइएस्सी गरेपछि छात्रब्रितीमा अमेरिकामा उच्च शिक्षा पढ्न आएका हुन्। उनी सन् १९८८ मा फुल स्कलरसिपमा ओरेगोन राज्यको ओरेगोन इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्नातक पढ्न आएका थिए। उक्त विश्व बिद्यालयबाट सन् १९९२ मा एलेक्ट्रिकल इन्जिनियरिङ्गमा ब्याचलर्स गरेका उनले सन् १९९८ मा पोर्टल्यान्ड स्टेट युनिभसिटी, ओरेगोनबाट बिजिनेस म्यानेजमेन्टमा एमबिए गरेका थिए।

पोर्टल्यान्डमा ओर्कार्ड सफ्टवेयर कम्पनीमा CAD Designer र क्वालिटी इन्जिनियरकोरुपमा काम गरेका रौनियार सन् २००३ देखी सियाटलको बोटहेलमा स्थाई बसोबास गर्न थाले।

रौनियारको अमेरिकन ड्रिम

सन् २००४ मा उनले तीन जन अमेरिकिहरुसंग मिलेर आफ्नै सफ्ट्वेयर इलेक्ट्रोनिक्स कम्पनी Flash Ventures, Inc. को स्थापना गरे।



एक ताइवानि कम्पनीसंग मिलेर Trebeca नामको ब्रान्डबाट जम्प ड्राइभ, मेमोरी कार्ड र अन्य शैक्षिक सामाग्रीहरुको उत्पादन र बितरण गर्न शुरु गरे। हाल उनको उक्त कम्पनीको सेवा २० अमेरिकि राज्यमा फैलिसकेको छ। तर रौनियार अहिले पूर्णरुपमा राजनितीमा हाम फालेकाछन् यद्दपी उनको उक्त कम्पनीमा सेयर भने छँदैछ।

कङ्ग्रेसम्यान बन्ने सपना

रौनियारकाअनुसार उनले सन् २०१२ मा हुने कँग्रेसनल निर्वाचनकालागि आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन्। हालसम्म उनको क्षेत्रबाट उम्मेद्बारी घोषणा गर्नेहरुमा उनको डेमोक्रेटिक पार्टीबाट लाउरा रुदर्म्यान र रिपब्लिकनबाट जेम्स वाट्किन्स छन्। सन् २०१२ को अगस्टमा हुने प्राइमरी निर्वाचनबाट सबैभन्दा बढी मत ल्याउने दुई उम्मेद्वारबिच त्यसै बर्षको नोबेम्बरमा हुने चुनावबाट एक कङ्ग्रेस म्यान या वोमन चुनिनेछ।

उनले यो पनि बताए कि हाल उक्त क्षेत्रबाट कङ्ग्रेसम्यान जे इन्स्ले गर्वर्नरमा चुनाव लड्दैछन्। त्यसैले यो चुनाव ओपन सिटकोलागि हुन लागेको हो।

प्राइमरी निर्वाचन अघी पार्टीबाट मनोनयन (endorsement) हुन नसकेको खन्डमा पनि निर्वाचनमा लड्न सकिने प्राब्धान रहेको उनले बताए।

सन् २०१० को चुनावमा १.२ मिलियन डलर खर्च गरिएको थियो भने अहिले त्योभन्दा बढी चुनावी खर्च लाग्ने कुरा रौनियारले बताए।

पहिलो गैर गोरा ब्यक्ती र पहिलो नेपाली

सन् १९०९ देखी हालसम्मको उक्त क्षेत्रका १४ कङ्ग्रेस मेन / वोमन मध्ये ८ जना रिपब्लिकन र ६ जना डेमोक्याट्सले जितेको ईतिहास छ।

८३.८ प्र तिशत गोरा, ७.९ प्रतिसत एसियन, ४.३ प्रतिसत हिस्पानिक र १.८ प्रतिसत काला जातिका जनसंख्या रहेको रौनियारको क्षेत्रबाट यदी रौनियारले जिते भने गोरा जातिको बर्चस्वबाट निर्वाचन जित्ने उनी पहिलो गैर गोरा ब्यक्ती र पहिलो नेपाली बन्नेछन्।

यस अघी यसरी अमेरिकि राजनीतिमा हाम फाल्ने ब्यक्तीमा क्यालिफिर्निया निवासी रोजर अधिकारी थिए। उनले सन् २००६ को क्यालिफोर्निया राज्यको ट्रेसी शहरको काउन्सिल सदस्यमा डेमोक्रेटिक पार्टीको उम्म्द्वार भएर चुनावी प्रतिस्पर्धामा उत्रेका थिए। उनी ६ उम्मेद्वार मध्ये चौथो स्थानमा आएर पराजित भएका थिए।

नेपाली संस्थाको संस्थापक

दर्शन रौनियार सन् १९९७ मा स्थापित नेपाल एशोसियसन अफ ओरेगोनको संस्थापक कोषाध्यक्ष हुन् भने सियाटल नेपाली सोसाइटीका निबर्तमान बोर्ड अफ डाइरेक्टर हुन्।

राजनितिक आस्था

नेपालमा छँदा आफू कुनै राजनीतिक पार्टी र विद्यार्थी संगठनमा नलागेको रौनियारले बताए। उनकी आमाको दाई स्व. शिवप्रशाद रौनियार चाँही नेपाली काँग्रेसको सकृय सदस्य रहेको बताए।

रौनियार हराएको अमेरिकन सपनालाई जिवन्त पार्न आफ्नो उम्मेद्बारी रहेको बताउँछन्। उनी डेमोक्याट हुन्। सन् २००८ को राष्ट्रपति बाराक ओबामाको उम्मेद्बारीलाई दिलोज्यान दिएर सहयोग गरेको रौनियाले बताए।

रौनियार अमेरिकामा रहेका नेपालीहरुबाट आफ्नो चुनावमा हरतरहको सहयोग मिल्ने आशामा छन्।

उनलाई स्याबासी र हौस्याला दिन चाहनु हुन्छ भने उनको संपर्क हो:

Darshan Rauniyar
Phone: (425) 780-1800
Email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Web: www.darshanforcongress.com

युएस नेपाल अनलाइन नेपाली छोरो दर्शन रौनियारको चुनावी सफलताको कामना गर्दछ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


तल पढ्नुहोस् रौनियार किन चुनावमा होमिन चाहन्छन् भन्ने उनीद्वारा प्रेस बिग्यप्ती:

ENTREPRENEUR AND BUSINESS EXECUTIVE ANNOUNCES BID FOR CONGRESS

Bothell, WA – June 27, 2011 – With Rep. Inslee's imminent announcement for Governor, successful business executive and local political activist Darshan Rauniyar announced today he is running for the Congress in Washington's 1st Congressional District. "I came to the United States of America 20 years ago in pursuit of an education and to follow the American Dream. Through hard work and determination I completed my education and put it to good use in the technology sector. Becoming a naturalized citizen is one of my proudest accomplishments, and I am a proud example of the American dream.

"I am saddened, however, to have witnessed America move away from its founding principles", Rauniyar continued. "We have become a country that has forgotten the health and welfare of its citizens. We have lost our focus, and spent trillions of dollars in an unjust war, while our economy has suffered, and essential government services have been cut. This is not the America our founding fathers envisioned, and this is not the America I came to. I am running for Congress to bring America back to its founding principles - life, liberty and the pursuit of happiness for all. I am not a career politician, but someone who believes in this country and its people, and want others to have the same opportunities I’ve enjoyed."

Rauniyar continued, "I want to thank Representative Inslee for his service and wish him well on his run for Governor. His principled leadership on environmental and energy issues is inspiring. This race will likely be crowded, and I look forward to talking and listening to voters across the district, and hope to have the honor to represent them in Washington, D.C. This country needs a strong leader with innovative ideas, to bring back our strong manufacturing base, create a vibrant economy, establish a dedicated revenue stream for education, and find a way to provide healthcare to all of our citizens. We can do all of this by taking care of America first, and reflecting our values in our politics. We will continue to make this the greatest nation in the world, and I am ready to take the challenges and stand up for the voters in Washington’s 1st Congressional District.”

Rauniyar was raised in Kathmandu, Nepal. He came to America in 1988 in order to study Electronics Engineering at the Oregon Institute of Technology. He later received his Masters in Business Administration from Portland State University. He has held various senior-level positions in technology companies, and later went on to be a successful entrepreneur and businessman. He has been active in the politics for over a decade, and has campaigned for many local, state and federal candidates. He is an elected Democratic Precinct Committee Officer, and was served on the Executive Committees of both the 1st Legislative District Democrats Executive Committee and the Snohomish County Democratic Executive Committee. He is a member of the Snohomish County Human Rights Commission and the Snohomish County Parks Advisory Board. He has served as a Board member for numerous non-profit organizations.

Rauniyar lives in Bothell with his wife and two sons aged 5 & 11.

Contact:                                                                                            
Darshan Rauniyar
Phone: (425) 780-1800
Email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Web: www.darshanforcongress.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.