Inside

All Time Top 50 News

न्यू योर्कमा चुम्लुङद्वारा महाम्याराथन धावक कुमार लिम्बु र उनका सहयोगी स्कटिश नागरिक आलन योङको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 28 April 2013 23:35

Special: 2 photos: न्यू योर्क- लिम्बु हरुको साझा संस्था 'किरात याक्थुङ चुम्लुङ अमेरिका' ले महाम्याराथन नेपाली धावक कुमार लिम्बु र उनका सहयोगी स्कटिश नागरिक आलन योङको सम्मान गरेको छ।

Kirat Yakthung Chumlung USA honored ultra marathon runner Kumar Limbu and Scottish Alan Young who helped runner Mr. Limbu to compete Double Highland Race, UK in 2004.

अप्रिल २८ तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित चुम्लुङ कार्यालयमा उक्त सम्मान गरिएको हो।

महाम्याराथन नेपाली धावक लिम्बुले अप्रिल २१ देखि २७ बिच ६ दिनलामो महादैडमा २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल भएका थिए।

उनी यस अघि सन् २००२ मा नेपालमा अन्नपूर्ण बेस क्याम्प वरीपरी भएको १ हजार ५० किलिमोटर दुरीको "हिमाल दौड २००२" (Himal Race 2002) प्रतियोगितामा दोश्रो र सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा प्रथम स्थान हाँसिल गरेका लामो दुरीका धावक हुन्।


L to R: William (2nd placed) and Kumar (1st placed) at the finish of the Devil O' The Highlands Race 2004. Photo courtesy: www.dionnetworks.com

उता आलन योङ नेपालमा सन् २००३ मा आयोजित एभरेस्ट महादैडमा धावक लिम्बुसंग भेट भएपछि यि दुई बिच मित्रता गाँसिएको थियो। योङले धावक लिम्बुलाई सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा सहभागि हुन सहयोग गरेका थिए जुन प्रतियोगितामा धावक लिम्बु प्रथम हुन सफल भएका थिए।

योङले सन् २०१५ मा हुँदै एभरेस्ट म्याराथनमा धावक लिम्बुलाई भाग लिन सहयोग जुटाउँदै गरेको कुरा सम्मान कार्यक्रममा सम्बोधन गर्दै जानकारी गराए।

न्यू योर्कमा कुमारले सन् २००७ देखि लगातार ६ बर्षसम्म चुम्लुङद्वारा आयोजित वार्षिक बनभोज (ताम्फुङ्चा) मा आयोजना गरिएको छेलो हान्ने (short-foot) प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकाछन्। उसो त उनी छेलो हान्ने खेलमा नेपालमा सन् २००४ मा राष्ट्रमै तेश्रो भएका खेलाडी हुन्।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कको ६ दिने महाम्याराथनमा नेपाली धावक कुमार लिम्बुले २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल

-न्यू योर्कमा ६ दिने महाम्याराथनमा यसरी भिड्दैछन् नेपाली धावक कुमार लिम्बु

-न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.