Inside

All Time Top 50 News

न्यू योर्कमा 'चुम्लुङ साँझ-२०१७' चर्चित गायक दीपक लिम्बुका साथ डिसेम्बर ९ तारिख हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 08 December 2017 22:14

Special: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा नेपालका चर्चित गायक एवं पहिलो नेपाली तारा दीपक लिम्बुका साथ डिसेम्बर ९ तारिख न्यू योर्कमा 'चुम्लुङ साँझ-२०१७' हुने भएको छ ।

Chumlung Nite-2017 is being held at Gulshan Terrace in New York on December 9, 2017.

आयोजक संस्था किरात याक्थुङ चुम्लुङ अमेरिका अनुसार, 'दिपक लिम्बू' को एकल प्रस्तुतिमा "शिक्षाको लागि संगीत" भन्ने नाराको साथ 'चुम्लुङ झाँझ-२०१७ कार्यक्रम को मन्चन गर्न लागिएको हो ।


किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा जारी प्रेस विज्ञप्ती

आदणनीय पत्रकार मित्रहरु, विभिन्न संघ संस्थाका पदाधिकारी साथीहरु, साथै नेपाली गीत संगीत लाई माया गर्नुहुने सम्पूर्ण दाजूभाई तथा दिदीहरु; सर्व प्रथम यहाँहरु सबैलाई किरात याक्थुङ चुम्लुङ अमेरिकाको तर्फबाट सेवारो अनि अभिवादन।

चुम्लुङले आगामी मिति डिसेम्बर ९, २०१७ मा आयोजना गर्न लागेको पहिलो सांगितिक कार्यक्रम (Chumlung Nite-2017) को बारेमा जानकारी दिने उद्देश्यको साथ यो प्रेस वक्तव्य संप्रेषण गरेकाछौं।

चुम्लुङ स्थापना पस्चात विभिन्न मानवीय कार्यक्रमहरु र आफ्नो मौलिक तथा सांस्कृतिक कार्यक्रमहरु निरन्तर गर्दै नै आएको छ। जस्तोकी न्यू योर्कमा सायद अमेरिकामा रहेको नेपाली संस्थाहरु मध्ये सबैभन्दा पहिले ब्लड डोनेसन कार्यक्रम चुम्लुङले सन् २००८ मा गरेको थियो। नेपालमा भैपरी आउने विभिन्न प्राकृतिक बिपतीहरु: बाढी, पैरो, भूकम्प लगायत बिपतीहरुमा आर्थिक लगायत अन्य सहयोगहरु निरन्तर गर्दै आएकोछ। अमेरिकामा नै भैपरी आएको मानवीय कष्टहरु, दु:ख बिरामहरुमा पनि सरसहयोग गर्दै आएकोछ। त्यसै गरि, विश्व आदिवासी दिवस (World Indigenous Festival ) र नेपाल डे परेड (Nepal Day Parade) मा पनि चुम्लुङ ले निरन्तर सहभागीता जनाउदै नेपाल र नेपाली कल्चरलाई चिनाउन सक्दो पहल गर्दै आएकोछ र भविष्यमा पनि निरन्तर रहने कुरा यहाँलाई अवगत गराउन चाहन्छौं। यहाँ धेरै भूमीका नबाधीकन अमेरिकी कानून अनुसार ५०१(सी) ३ मान्यता प्राप्त यानीकी मूनाफा रहित संस्थाको रुपमा दर्ता भएको किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलो पल्ट नेपाली गीत संगीतका नक्षत्र, नेपाली तारा पहिलोको विजयी, best vocal film award, best playback singer लगायत विभिन्न पुरस्कारहरुले सम्मानित गायक श्री 'दिपक लिम्बू' को एकल प्रस्तुतिमा "शिक्षाको लागि संगीत" भन्नेनाराको  साथ 'चुम्लुङ झाँझ-२०१७ (Chumlung Nite-2017) कार्यक्रम लिएर आएकोछौं । साथमा हामीसंग उत्कृष्ट नृत्यहरु साथै डिजे पनि हुनेछ। तपाईहरुको मनोरन्जनको लागि हामीसंग दिपक लिम्बूको हिट र मिठो गानासंगै कोरियोग्राफर बिजय नकर्मीको कम्पोजिसनमा र नयाँ डान्स समुह US-Nepal Dance Group को धमाकेदार नृत्य प्रस्तुति रहनेछ। कार्यक्रमलाई अझ रोचक बनाउन चर्चित तथा सुन्दर प्रस्तुती दिन माहिर उद्घोषिका निमा घिसिङले MC गर्नेछिन् भने न्यू योर्ककै चिरपरिचीत डिजे जागंबु शेर्पाको DJ रहनेछ।

कार्यक्रमको मूल उद्देश्यहरु बुदागत रुपमा:

१) नेपाली गीत संगीत तथा कलाकारहरुलाई प्रहोत्सान गर्ने गराउने।
२) गीत संगीत र मनोरन्जन प्राय सबैले गर्छ र गरिन्छ तर त्यसबाट गरिएको खर्च यानीकी उठाईएको रकमको मुनाफाबाट नेपालमा रहेको विभिन्न स्कुलहरु जहाँ गरिव बालबच्चाहरु अध्ययन गर्छन्, उनीहरुको शिक्षा र उज्जवल भविष्यमा केही टेवा पुर्याउने उद्देश्यको साथ आर्थिक एवं भौतिक सहयोग गर्ने गराउने। सोही अनुसार, यस वर्ष चुलाचुली गाँउपालिका ईलामको विधालयमा पुस्तकालय निमार्ण एवं संचालनमा सहयोग गर्ने निर्णय गरेकोछौं।
३) अमेरिकामा स्थानीय रुपमा हाम्रो भाषा सम्बन्धी मासीक रुपमा आधरभूत कक्षा संचालन गर्ने गराउने।
४) स्थानीय रुपमा अन्य मानवीय एवं परोपकारको कामहरु गर्ने गराउने।

Program: Chumlung Nite -2017
Date: December 9, 2017
Venue: Gulshan Terrace, 59-15 37th Ave., Woodside NY 11377

फेरी पनि यहाँहरुलाई यस प्रेस वक्तव्य मार्फत चुम्लुङ साँझ तथा यसको उद्देश्यहरुको बारेमा प्रष्ट गर्ने पहल गरेका छौं। अत: शिक्षा एवं सामाजिक कामको लागि गरिएको संगितीक साँझलाई तपाईहरु सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छौं।

अन्तमा, पहिलो प्रयास सफल भएमा यस कार्यक्रमलाई चुम्लुङले वार्षिकरुपमा आयोजना गरि निरन्तर रुपमा समाज सुधार र विकासको लागि सक्दो सहयोग गर्ने बचन र प्रतिबद्धता गर्दछौं।

धन्यवाद।

दिपेश लिम्बू
अध्यक्ष
किरात याक्थुङ चुम्लुङ अमेरिका

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.