पहिले र अहिले (Before & After): एनआरएन अमेरिका पोलिटिक्स Print
Share
User Rating: / 0
PoorBest 
Saturday, 02 September 2017 17:28

Exclusive: एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार गौरी जोशीले पारिवारिक र राजनैतिक दवाबका बिच स्थगित निर्वाचन सम्बन्धित मुद्दा फिर्ता लिए पछि गौरी जोशी समूहले अब अध्यक्ष पदका प्रत्याशी कृष्ण पोख्रेलको नेतृत्वमा मत माग्न रेडी भएको छ । उता गौरी जोशीको नेतृत्व कृष्ण पोख्रेलसम्म पुग्दा प्रवासी नेपाली मन्च सम्बद्ध उम्मेद्वारहरु यसै समूहमा रहेको उम्मेद्वारहरुको फोटो र नामले प्रमाणित गर्दछ भने अध्यक्षका एक मात्र महिला प्रत्यासी रबिना थापा समूहले प्रवासी नेपाली मन्चसंग चुनावी सहमती भएको सार्वजनिक गरेको छ ।

अध्यक्षका अन्य प्रत्यासी बर्तमान अध्यक्ष डा. केशब पौडेल गौरी जोशीका बिजिनेस पार्टनर भएका कारण जोशीले अन्तिम घडिमा आफ्नो पक्षको मत दिने सम्भावना पनि उत्तिकै छ भने पूर्व उपाध्यक्ष एवं अध्यक्षका अर्का प्रत्यासी राम सि पोख्रेलको अहिलेसम्म कुनै समूह या प्यानेल बनेको देखिएको छैन । हेर्दै जाउँ नमरे के के देख्न सकिन्छ ।

Read exclusive news on NRN USA:

-http://www.usnepalonline.com/nrnusa/

Comments

Please login to post comments or replies.