Inside

All Time Top 50 News

न्यू योर्ककि छोरी, नेपाली बुहारी चर्चित लेखिका बार्बरा एडम्सको ८६ वर्षको उमेरमा निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 22 April 2016 18:38

Exclusive: 6 photos: न्यू योर्क- न्यू योर्ककि छोरी, नेपाली बुहारी चर्चित लेखिका बार्बरा एडम्सको ८६ वर्षको उमेरमा काठमाडौंको ग्राण्डी अस्पतालमा शुक्रबार बेलुका ८ बजे निधन भएको छ । लेखिका एडम्सलाई गत वर्श सन् २०१५ को फेब्रुवरी २२ तारिख आइतबार हर्टट्याक भएपछि ग्राण्डी अस्पतालमा उपचार गराउने क्रम जारी थियो । लेखिका बार्बरा एडम्सले सन् २००८ को अक्टुवरमा युएसनेपालअनलाईनलाई भनेकि थिईन्- "जीवनको यो अन्तिम घडीमा नेपाली नागरिकताको प्रमाण पत्र सिरानीमा राखेर मर्ने मेरो मन छ" । उनले ४५ वर्षको संघर्ष पछि बिसं २०६५ को माघ २९ गते नेपाली नागरिकता प्राप्त गरेकि थिईन्।

 

Author Barbara Adams. Photo courtesy: Kishor Shrestha ( Jana Aastha weekly)

विसं २०१८ सालमा नेपाल आएकी युवा पत्रकार बार्बरा नेपालको प्राकृतिक सुन्दरताबाट मोहित भएर नेपालमै बस्ने निर्णयमा पुगेकी थिइन् । नेपाल जति सुन्दर छ त्यो बेला त्यति नै सुन्दर थिइन् उनीपनि । फलतः तत्कालिन अधिराजकुमार बसुन्धरा, राजा महेन्द्रका भाईसँग उनको प्रणय सम्बन्ध भयो । तर बसुन्धरा-बार्बराबीचको विवाहलाई दरवारले मान्यता दिएन । त्यसैले उनले अधिराजकुमारी बार्बराको मान्यता पाउन सकिनन् । अधिराजकुमार बसुन्धराको निधनपछि अनेक दुख र हण्डर खानुपरेपनि नेपालप्रतिको उनको माया र सद्भाव कहिल्यै मरेन । अधिराजकुमार बसुन्धराको अनुपस्थिति र दरवारले गरेको अपमानका बाबजुद उनले नेपालमै बस्ने र यहीं मर्ने निर्णय गरेकी थिइन् ।

लेखिका बार्बराले सदैव नेपाल र नेपालीको पक्षमा कलम चलाउँदै आईन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको सन् १९६१ मा भएको नेपाल भ्रमणका बेला इटालियन पत्रिकाको तर्फबाट रिपोर्टिङ गर्न पहिलोपटक नेपाल आएकी थिइन् ।

बार्बरा नेपालमा व्यावसायिक ट्राभल व्यावसाय सुरुवात गर्ने मध्ये एक थिइन् । उनको थर्ड आई नामक ट्राभल एजेन्सी थियो ।

Author Barbara Adams & her Nepalese Citizenship card. Photos: Sitaram Baral for USNepalOnline

उनलाई २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा तत्कालिन गृहमन्त्री बामदेब गौतमले नेपाली नागरिकता प्रदान गरेका थिए । जनआस्था साप्ताहिकका प्राधान सम्पादक एब्ं लेखिका एडम्सका अनन्य मित्र किशोर श्रेष्ठले नेपाली नागरिकता दिलाउन बिशेश पहल गरेका थिए ।

लेखिका एडम्स आफ्नो सामाजिक संस्था बार्बरा शान्ति प्रतिष्ठान मार्फत सुदूरपश्चिम नेपालको बैतडी र दार्चुला जिल्लामा दलित परिवारका लागि आवास निर्माण र अन्य सामाजिक कार्यहरुमा संलग्न रहँदै आएकी थिइन् ।

लेखिका एडम्सले केहि वर्श अघि अमेरिकाको न्यू योर्कमा रहेका उनकि आमा र बैनीको निधनपछि त्यहाँको सम्पति बेचेर नेपालमा सामाजिक अभियानमा लगानी गर्दै आएकी थिईन् ।

अल बिदा बार्बरा !

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read exclusive news about her love life and her love for Nepal:

-पूर्व राजपरिवारकी सदस्य चर्चित लेखिका बार्बरा एडम्सलाई ४० बर्षपछि बल्ल नेपाली नागरिकता हात पर्‍यो

-न्यू योर्क कि पत्रकार बार्बरा नेपाली नागरिक बन्ने शुरमा: उनी कसरी नेपालका राजकुमारसँग प्रेममा फँसिन्‌?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.