Inside

All Time Top 50 News

एएनएको डिसीमा जुलाई ४, ५ र ६ तारिख हुने ३२ औं सम्मेलनको अन्तिम तयारी पुरा; एएनएन हिरोदेखि नायिका मनिषा कोईरालासम्मको उपस्थिती हुँदै PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 03 July 2014 06:18

एएनए कार्य समितिको निर्वाचन निकट भबिश्यमा हुने निश्चित
Exclusive: 8 Photos:
वासिङ्टन डिसी- हरेक बर्ष अमेरिकि स्वतन्त्रता दिवसको सप्ताहन्त जुलाई ४, ५ र ६ तारिख आयोजना गरिने 'दि एसोसिएसन अफ नेपालीज इन दि अमेरिकाज' (एएनए) को ३२ औं सम्मेलनको अन्तिम तयारी पुराभएको कुरा सम्मेलन आयोजक समितिका मुख्य संयोजक हेमन्त श्रेष्ठले युएस नेपाल अनलाइनलाई जानकारी गराएकाछन्। वासिङ्टन डिसीस्थित होटेल सेराटन, टाइसन कर्नर, भर्जिनियामा हुने सम्मेलनमा गत बर्षहरुमा झैं नेपाल र नेपाली सम्बन्धी बिबिध बिषयमा संगोस्ठी, प्रतिभा प्रतियोगिता, खेलकूद प्रतियोगिता, फेसन शो, साँस्कृतिक साँझको आयोजना गरिनुकासाथै भारतीय चलचित्रकि चर्चित नायिका मनिषा कोईराला, नेपालका सुपर स्टार नायक राजेश हमाल र चर्चित गायक राजेश पायल राईजस्ता लोकप्रिय कलाकारहरुको जमघट हुने जनाईएको छ।

 

ANA 32nd DC Convention Committee 2014. Photos courtesy: ANA Souvenir 2014 and anadcconvention2014.org

नायिका मनिषा कोईरालासंग फन्डरेजिङ रात्रीभोज

एएनएले क्यान्सर रोगको उपचारपछि स्वास्थ्य लाभ गर्दै गएकी भारतीय चलचित्रकि चर्चित नायिका मनिषा कोईरालासंग एएनएको ३२ औं सम्मेलनमा रात्रीभोजको आयोजना गरी नायिकाको थप उपचारकोलागि फन्डरेजिङ गर्ने बताएको छ। रात्रीभोज जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ । एकलको $ १५० तथा जोडीको $ २०० डलर डिनर शुल्क राखिएको छ । त्यस्तै, जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्रीभोजकोलागि एकलकोलागि $ १००.०० डलर तथा जोडीको लागि $ ​१५०.०० ​राखिएको छ ।​ उक्त रात्रीभोज ३२ औं एएनए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नरस्थित शेराटन प्रिमियर होटलमा हुने छ ।

Actress Manisha Koirala, actor Rajesh Hamal and singer Rajesh payal Rai who are attending ANA 32nd DC Convention between July 4-6, 2014. Photos courtesy: Manisha, Picturesnew.com, Rajesh Hamal facebook profile

पूर्व नेपाल सुन्दरी माल्विका सुब्बाद्वारा कार्यक्रमको सन्चालन

उता पूर्व नेपाल सुन्दरी तथा संचारकर्मी माल्विका सुब्बाले ३२ औं एएनए सम्मेलनको जुलाई ६ तारिख हुने ग्रान्ड फिनाली यानेकी समापन समारोहको सन्चालन गर्ने जनाईएको छ। सुब्बाले जुलाई ५ तारिख बेलुकी हुने एएनए भेषभुषा (फेसन) प्रदर्शन कार्यक्रम पनि सन्चालन गर्नेछिन्।



सन् २०१४ को 'एनएनए हिरो (नायक) पुरस्कार' ४ जनालाई प्रदान गरिने

एनएनए को ३२ औं सम्मेलनका अबसरमा सन् २०१४ को 'एनएनए हिरो पुरस्कार' समाजसेवी सरोज प्रजापति, महिला अधिकारकर्मी एबं एनआरएन अमेरिकाकि संस्थापक महासचिब बिष्णुकुमारी थापा, सबैभन्दा छिटो उल्टो शब्द उच्चारण गरि गिनिज बिश्व रेकर्ड कायम गर्ने पुस्तकमा आफ्नो र एएनएको नामसहित लेखाउन सफल भएका कीर्तिमानी कृष्ण पाण्डेय तथा सगरमाथा आरोही दोर्जे (लम्बु) शेर्पालाई प्रदान गरिने भएको छ।

ANA Hero Award winners 2011-2014. Photos courtesy: ANA Souvenir 2014 and USNepalOnline.com

यसअघी 'एनएनए हिरो (नायक) पुरस्कार' प्राप्त गर्नेहरुमा सन् २०१० को एएनए २८ औं सम्मेलनमा देबी थापा मगर ओली, बिनोद ओली र डा. बिष्णुमाया परियार; सन् २०१२ को एएनए ३० औं सम्मेलनमा डा. डिना बाङ्देल, अर्जुनप्रशाद मैनाली र वकिल माथ्यू हाड्ले; सन् २०१३ को एएनए ३१ औं सम्मेलनमा राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पालाई प्रदान गरिएको थियो।

चार संचार माध्यमलाई सम्मान गरिने

नेपाली समुदायका ४ चार संचारमाध्यमलाई एनएनए को ३२ औं सम्मेलनमा सम्मान गरिने भएको छ। सम्मानित हुने संचार माध्यमहरुमा न्यू योर्कबाट २४ घण्टा संचालनमा रहेको व्हाइट हिमाल टेलिभिजन तथा डिसी महानगर क्षेत्रबाट संचालित अमेरिका नेपाल टेलिभिजनलाई सम्मान गरिने भएको छ । यसैगरि, न्यू योर्कबाट प्रकाशित हुन पाक्षिक पत्रिका एभरेस्ट टाइम्स तथा टेक्सासबाट संचालनमा रहेको बिधुतिय पत्रिका टेक्सास नेपाल डट कमलाई सम्मान गरिने भएको छ।

यस अघि, सन् २०१३ को ३१ औं एएनए सम्मेलनमा पाँच संचार माध्यमहरु युएसनेपालअनलाइन डट कम; जनपुकार डट कम, बिआरटिनेपाल डट कम, ईनेपलिज़ डटकम तथा बोस्टननेपाल डट कमलाई सम्मान गरिएको थियो भने सन् २०१० मा सगरमाथा टेलीभिजन युएसएका संचालक रामचन्द्र खरेललाई सम्मान थियो। यसैगरि, सन् २०११ को २९ औं एएनए डिसी सम्मेलनमा डिसीनेपाल डट कमलाई सम्मान गरिएको थियो। (हेर्नुहोस्)

एएनए कार्य समितिको निर्वाचन निकट भबिश्यमा हुने निश्चित

एएनए कार्य समितिको निर्वाचन एएनए डिसी सम्मेलनपछि निकट भबिश्यमा हुने निश्चित भएको छ। उक्त कुरा गत मे २२ तारिख मेरिल्यान्ड राज्यको सर्किट कोर्ट फर प्रिन्स जर्जस् काउन्टीका न्यायाधिस सि फिलिप निकोलास् द्वारा नियुक्त एएनए ट्रस्टी एबं एएनए निर्वाचन आयुक्त डानियल लाप्लाकाले निर्वाचन समितिकोतर्फबाट एक सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएकाछन्।



उक्त निर्वाचन समितिको अन्य दुई सदस्यहरुमा एएनएका पूर्व अध्यक्ष नबिन दत्त (कोलोराडो) र पत्रकार प्रदीप थापा ( न्यू योर्क) मनोनित गरिएकाछन्। समितिले निर्वाचन प्रकृया अघि बढाउने कार्य गर्दै आफ्नो अफिसियल वेब्साइट www.ananelection.org निर्माण गरेको छ भने एएनएको बर्तमान अन्तरिम कार्य समिति र अर्को पक्षलाई आ-आफ्नोतर्फमा मौजुदा सदस्यहरुको सूची र सदस्यता म्याद रहे नरहेको प्रमाण पेश गर्न पत्रचार गरिएको निर्वाचन आयुक्त लाप्लाकाले जानकारी गराएकाछन्। एएनए निर्वाचन पनि एनआरएन अमेरिकाकै जस्तै अनलाइन र मेल-इन-ब्यालेट माध्यम बाट गरिने पनि उक्त सूचनामा जनाइएको छ।

एएनए सम्मेलनहरु

एएनएको स्थापना काल सन् १९८३ देखि एएनए सम्मेलन हालसम्म अमेरिकाका १७ राज्यका शहरहरु र क्यानाडाको टोरन्टो शहरमा एएनए सम्मेलन सम्पन्न भई सकेको छ। यस अघी एएनएका सम्मेलनहरु कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क-न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क-न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); क्यालिफोर्निया (२००९); बोस्टोन, मासाचुसेट्स (२०१०); डिसी-मेरिल्यान्ड (२०११); डालस, टेक्सास (२०१२) र वेष्टचेस्टर, न्यू योर्क (२०१३) मा सम्पन्न भईसकेकोछ।

ANA Executive Committee Board 1983-2014. Photos courtesy: ANA Souvenir 2014 and anawebsite.org

एएनएका अध्यक्षहरु

एएनएको संस्थापक अध्यक्ष डा. हरी शर्मा मुड्भरी हुन् भने त्यसपछिका अध्यक्षहरु क्रमश: डा. कमल पाठक, डा. कुन्जर शर्मा, डा. अमर गिरी, प्रमोद शर्मा, अमृत तुलाधर, डा. श्याम कार्की, नबिन दत्त, सिमोन ढुङ्गाना र अन्तरिम अध्यक्ष छेवाङ शेर्पा  हुन् ।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत एएनए ३२ औं सम्मेलनको लाइभ रिपोर्टिङ गर्नेछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it





Read ANA related news:

-http://usnepalonline.com/ana/

-वासिङ्गटन डिसीमा हुने ३२ औं एएनए सम्मेलन (जुलाई ४-६, २०१४) मा बृहत नेपाली साहित्य सम्मेलन आयोजना गरिने

-३२ औं एएनए सम्मेलन (वाशिंगटन डिसी) आयोजक समिति गठन, एएनए कार्यसमितिको निर्वाचन हुने

-३२ औं एएनए सम्मेलन- २०१४ अमेरिकाको राजधानी वासिङ्टन डिसी क्षेत्रमा हुने

-३१ औं एएनए सम्मलेन एतिहासिक, सम्मेलनबाट १ हजार ८ सय अमेरिकि डलर नाफा

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival, Bhanu Jayanti Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages

-मिस र मिस्टर एएनए भोग-२०१३ चुनिए स्‍मृति श्रेष्ठ र सुगम श्रेष्ठ

-न्यू योर्कमा हुने तीन दिने ३१ औं सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न, 'एएनए हिरो-२०१३' द्वारा ३ ब्यक्तित्व सम्मानित

Read even more>>>

-http://www.usnepalonline.com/ana/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.