Inside

All Time Top 50 News

यस्तो रह्यो एएनएको ३२ औं डिसी सम्मेलन: राष्ट्रपति ओबामाको शुभकामनादेखि नायिका मनिषा कोईरालासम्मको उपस्थितिमा के के भयो? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 08 July 2014 19:05
Article Index
यस्तो रह्यो एएनएको ३२ औं डिसी सम्मेलन: राष्ट्रपति ओबामाको शुभकामनादेखि नायिका मनिषा कोईरालासम्मको उपस्थितिमा के के भयो?
More photos of ANA 32nd DC Convention 2014
All Pages

एएनए हिरो-२०१४ द्वारा सरोज प्रजापति, बिष्णुकुमारी थापा, कृष्ण पाण्डेय र दोर्जे (लम्बु) शेर्पा सम्मानित
Exclusive: 120 Photos:
वासिङ्टन डिसी- 'दि एसोसिएसन अफ नेपालीज इन दि अमेरिकाज' (एएनए) को ३२ औं डिसी सम्मेलन जुलाई ४, ५ र ६ तारिखबिच सफलतापूर्वक सम्पन्न भएको छ। सो अबसरमा अमेरिकि राष्ट्रपति बाराक ओबामाले शुभकामना सन्देश पठाएर सम्मेलन सफलताको कामना ब्यक्त गरेका थिए। उता हिन्दी सिनेमाकि चर्चित नायिका एबं संयुक्त राष्ट्र संघीय जनसंख्या कोश (UNFPA) कि पूर्व सद्भावनादूत मनिषा कोईराला प्रमुख अतिथिकोरुपमा उपस्थित रहेकी थिईन् भने नेपालबाट निम्त्याईएका चर्चित गायकद्वय राजेश पायल राई र खड्ग गर्बुजा पुन मगरले सम्मेलनको साँस्कृतिक साँझमा रौनकता थपे । सम्मेलनमा एएनए हिरो-२०१४ द्वारा समाजसेवी सरोज प्रजापति, महिला अधिकारकर्मी एबं एनआरएन अमेरिकाकि संस्थापक महासचिब बिष्णुकुमारी थापा, सबैभन्दा छिटो उल्टो शब्द उच्चारण गरि गिनिज बिश्व रेकर्ड कायम गर्ने पुस्तकमा आफ्नो र एएनएको नामसहित लेखाउन सफल भएका कीर्तिमानी कृष्ण पाण्डेय तथा सगरमाथा आरोही दोर्जे (लम्बु) शेर्पालाई सम्मान गरियो ।

 

ANA 32nd DC Convention hosted at Sheraton Premiere Hotel, Tyson Corner, Virginia, USA between July 4-6, 2014. Photos: Pratha Magar for USNepalOnline

पहिलो दिन: जुलाई ४, २०१४

३२ औं सम्मेलनको उद्घाटन समारोह


एएनए ३२ औं सम्मेलनको पहिलो दिन जुलाई ४ तारिख भर्जिनिया राज्यको टाइसन कर्नरस्थित शेराटन प्रिमियर होटलमामा आयोजित सम्मेलनको उद्घाटन प्रमुख अतिथीकोरुपमा उपस्थित हिन्दी सिनेमाकि चर्चित नायिका मनिषा कोईरालाले पानसमा दीप प्रज्वलन गरी गरेकि थिईन्। उद्घाटन अघि सम्मेलन स्थलमा साँस्कृतिक झाँकीको प्रदर्शनी गरिएको थियो। समारोहमा नेपाल र अमेरिकाको राष्ट्र गान प्रस्तुत गरिएको थियो भने बुद्धिस्ट र हिन्दू परम्पराअनुसार मन्त्रोच्चारण गरेर सम्मेलन सफलताको कामना गरिएको थियो।

Famous Bollywood actress Manisha Koirala inaugurated the ANA 32nd DC Convention at Sheraton Premiere Hotel, Tyson Corner, Virginia, USA on July 4, 2014. Photos: Bishwa Thapa for eNepalese

उद्घाटन समारोहमा सम्मेलनका मुख्य संयोजक हेमन्त श्रेष्ठले स्वागत मन्तब्य गरेका थिए भने सम्मेलन उपसंयोजक लक्ष्मण प्रधानले धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए। एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले एएनए संस्थाबारे प्रकाश पारेका थिए।

Famous Bollywood actress Manisha Koirala speaking at the ANA 32nd DC Convention in Virginia, USA on July 4, 2014. Photos: Bishwa Thapa for eNepalese

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अतिथीहरुमा प्रमुख अतिथी नायिका मनिषा कोईराला, कार्यबाहक नेपाली राजदूत एबं डेप्यूटी चिफ अफ मिसन ॠषिराम घिमिरे, एएनएका संस्थापक अध्यक्ष डा. हरी शर्मा मुडभरी, नेपाली संघसंस्थाहरुकोतर्फबाट इम्पावर दलित वुमन अफ नेपाल (एड्वन) संस्थापक डा. बिष्णुमाया परियार र ह्वाईट हाउस अन्तर्गतको एशियन अमेरिकन्स एन्ड प्यासिफिक आईल्यन्डर्स कमिसनका प्रतिनिधी सेकर नरसिंहनले सम्बोधन गरेका थिए।

प्रमुख अतिथी नायिका कोईरालाले नेपाली युवा पुस्ताले नेपाली संस्क्रितीलाई आत्मसात गर्नु पर्ने आग्रह गर्दै आफ्नो पुर्ख्यौली भूमि नेपाललाई बिर्सनु  नहुने बताईन्।

The cultural rally at the ANA 32nd DC Convention at Sheraton Premiere Hotel, Tyson Corner, Virginia, USA on July 4, 2014. Photos: Bishwa Thapa for eNepalese

राष्ट्रपति ओबामाको शुभकामना सन्देश हरी शर्माले पढेर सुनाएका थिए भने एएनए निर्वाचन समितिकोतर्फबाट गत मे २२ तारिख मेरिल्यान्ड राज्यको सर्किट कोर्ट फर प्रिन्स जर्जस् काउन्टीका न्यायाधिस सि फिलिप निकोलास् द्वारा नियुक्त एएनए ट्रस्टी एबं एएनए निर्वाचन आयुक्त डानियल लाप्लाकाले पठाएको शुभकामना पत्र एएनए निर्वाचन समिति सदस्य प्रदीप थापा मगरले आफ्नो मन्तब्यसहित वाचन गरेका थिए।

ANA Interim President Tsewang Sherpalama and famous Bollywood actress Manisha Koirala at the ANA 32nd DC Convention at Sheraton Premiere Hotel, Tyson Corner, Virginia, USA on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

राष्ट्रपति ओबामाले आफ्नो शुभकामना सन्देशमा भनेकाछन्- "For generations, men and women who trace their roots to nepal have woven their unique, vibrant heritage into America's cultural tapestry."

US president Barack Obama's message to the ANA 32nd DC Convention.

सम्मेलनमा उपस्थित अन्य अतिथीहरुमा एएनएका पूर्व अध्यक्ष कृष्ण निरोला, न्यू योर्क नेवा गुठी अध्यक्ष एबं ३१ औं एएनए सम्मेलन संयोजक समिर महर्जन, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि अध्यक्ष गीता खत्री, नेपा पासापुच अमेरिका प्रेसिडेन्ट सरोज डि प्रजापति, एनआरएन अमेरिकाका वरिस्ठ उपाध्यक्ष लोक तिवारी, एनआरएन अमेरिकाका उपाध्यक्ष बनिता कतिला, नेपाली-अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्यूनिटी (नासो) का अध्यक्ष दीपकजङ्ग विश्वकर्मा, ब्लड डोनर्स अफ अमेरिका प्रेसिडेन्ट डा. लीलाबहादुर कार्की, नेपाल अमेरिका महिला संघ ग्रेटर वासिङ्टन (एन्वा) कि अध्यक्ष बिष्णुकुमारी थापा, वर्ल्ड नेवा ओर्गनाइजेसन उपाध्यक्ष दयारत्न शाक्य, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब मानबहादुर राना मगर, मदन पुरस्कार बिजेता लेखक कृष्ण धाराबासी, वरिस्ठ संगितकार शम्भुजित बास्कोटा, वरिस्ठ लोक गायक कुमार बस्नेतलगायत उपस्थित थिए। उद्घाटन समारोहको सन्चालन पूर्व मिस नेपाल माल्विका सुब्बा र सोनाम जि शेर्पाले गरेका थिए।

The participants and the guests at the ANA 32nd DC Convention on July 4, 2014. Photos: Pratha Magar for USNepalOnline

एएनए सम्मान समारोह
एएनए हिरो-२०१४ द्वारा सरोज प्रजापति, बिष्णुकुमारी थापा, कृष्ण पाण्डेय र दोर्जे (लम्बु) शेर्पा सम्मानित

उद्घाटन समारोहमा एएनएद्वारा समाजमा योगदान पुर्याएका बिभिन्न ब्यक्तित्व, संस्था र मिडियालाई सम्मानित गरिएको छ।

ANA Hero Winners between 2010-2014. Photos courtesy: USNepalOnline and ANA heroes' facebook profiles

एएनए हिरो-२०१४ द्वारा समाजसेवी सरोज प्रजापति, महिला अधिकारकर्मी एबं एनआरएन अमेरिकाकि संस्थापक महासचिब बिष्णुकुमारी थापा, सबैभन्दा छिटो उल्टो शब्द उच्चारण गरि गिनिज बिश्व रेकर्ड कायम गर्ने पुस्तकमा आफ्नो र एएनएको नामसहित लेखाउन सफल भएका कीर्तिमानी कृष्ण पाण्डेय तथा सगरमाथा आरोही दोर्जे (लम्बु) शेर्पालाई सम्मान गरिएको छ।

ANA Hero 2014 Bishnu Kumari Thapa receiving award from the Chief Guest Manisha Koirala. Photos: Pratha Magar for USNepalOnline

यसअघी 'एनएनए हिरो (नायक) पुरस्कार' प्राप्त गर्नेहरुमा सन् २०१० को एएनए २८ औं सम्मेलनमा देबी थापा मगर ओली, बिनोद ओली र डा. बिष्णुमाया परियार; सन् २०१२ को एएनए ३० औं सम्मेलनमा डा. डिना बाङ्देल, अर्जुनप्रशाद मैनाली र वकिल माथ्यू हाड्ले; सन् २०१३ को एएनए ३१ औं सम्मेलनमा राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पालाई प्रदान गरिएको थियो।

चार संचार माध्यमलाई सम्मान

सोही समारोहमा नेपाली समुदायका ४ संचार माध्यमलाई सम्मान गरिएको छ। सम्मानित संचार माध्यमहरुमा न्यू योर्कबाट २४ घण्टा संचालनमा रहेको व्हाइट हिमाल टेलिभिजन तथा डिसी महानगर क्षेत्रबाट संचालित अमेरिका नेपाल टेलिभिजनलाई सम्मान गरिएको छ । यसैगरि, न्यू योर्कबाट प्रकाशित हुने पाक्षिक पत्रिका एभरेस्ट टाइम्स तथा टेक्सासबाट संचालनमा रहेको बिधुतिय पत्रिका टेक्सास नेपाल डट कमलाई सम्मान गरिएको छ।

यस अघि, सन् २०१३ को ३१ औं एएनए सम्मेलनमा पाँच संचार माध्यमहरु युएसनेपालअनलाइन डट कम; जनपुकार डट कम, बिआरटिनेपाल डट कम, ईनेपलिज़ डटकम तथा बोस्टननेपाल डट कमलाई सम्मान गरिएको थियो भने सन् २०१० मा सगरमाथा टेलीभिजन युएसएका संचालक रामचन्द्र खरेललाई सम्मान गरिएको थियो। यसैगरि, सन् २०११ को २९ औं एएनए डिसी सम्मेलनमा डिसीनेपाल डट कमलाई सम्मान गरिएको थियो।

दुई सतबार्शिकी भानु जयन्ती समारोह

नेपालका आदिकवि भानुभक्त आचार्यको २०० औं जन्म जयन्ती समारोह समिती नेपाल सरकारको आयोजनामा ब्रिहद कवि गोस्ठीको आयोजना गरियो।

The celebration of 200th Anniversary of Nepal's foremost poet Bhanubhakta Acharya at the ANA 32nd DC Convention on July 4, 2014. Photos: Pratha Magar for USNepalOnline

अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त कवि गोस्ठीमा अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

सोही कवि गोस्ठीमा 'अनेसास गजलगङ्गा' कृतिको बिमोचन गरिएको थियो। उक्त कृतिको बिमोचन संयुक्तरुपमा अतिथीहरु काउन्सिलर नारायण मैनाली, कृष्ण धाराबासी, नयनराज पाण्डे, रमेश खकुरेल, होमनाथ सुबेदी र अनेसास अध्यक्ष गीता खत्रीले गरेका थिए।

कवि सुदीपभद्र खनालले भानुभक्त रामायाणको केही श्लोक लयबद्द तवरबाट वाचन गरेका थिए भने डा. खगेन्द्रप्रशाद लुइटेलले कविहरुको कवितामाथि टिप्पणी पेश गरेका थिए।

आ-आफ्नो कविता वाचन गर्ने कविहरुमा लालगोपाल सुबेदी, हरीप्रशाद काफ्ले, बिजयध्वज थापा, बिनोद रोका, गोबिन्द गिरी प्रेरणा, राधा पौडेल, निरा शर्मा, मनु लोहोरुङ राई, शान्ता अधिकारी घिमिरे, ममता कर्माचार्य, पद्मा लिङ्खा मगर, नम्रता गुरागाई, रबिन्द्र भक्त श्रेष्ठ, दिनेश राजभन्डारी, रजनी श्रेष्ठ, मणी बाङ्देल, कृष्ण मुरारी ढुङ्गेल, गुणराज लुइटेल, कृष्ण धाराबासी, नयनराज पाण्डे, होमनाथ सुबेदी, डा. गोबिन्दसिंह राउत, बिकास बिष्ट, राम खत्री, दीपा राई पुन मगर, आरजे सिंह, प्रकाश नेपाल, रमेश खकुरेल, डा. बिष्णुमाया परियार, गोबर्धन पूजा र अनु शाह थिए। गोस्ठीको सन्चालन कवि गोबर्धन पूजाले गरेका थिए।

ट्यालेन्ट प्रतियोगिता
प्रथम भईन्- दाहिने हात दुर्घटनापछि काटिएकी भबिसा फूयाँल


ट्यालेन्ट प्रतियोगितामा दुर्घटनापछि कुमदेखि मुनी पुरा दाहिने हात काटिएकी भबिसा फूयाँलले एउटै हातको भरमा मनमोहक न्रित्य गरी प्रथम स्थान जित्न सफल भईन्। नेपालमा घटेको कार दुर्घटनामा भबिशाकि आमाको मृत्‍यु हुन गएको थियो भने उनी बालबाल बँचेकि थिईन्।

ANA Talent 1st title winner Bhabisha Phuyal. Photos: Pratha Magar for USNepalOnline

ट्यालेन्ट प्रतियोगितामा दोश्रो स्थान न्रित्यमा सलिना श्रेष्ठले जितिन् भने तेश्रो स्थान गायनमा सहारा जोशीले प्राप्त गरिन्।

ANA Talent 2nd title winner Shalina Shrestha. Photos: Pratha Magar for USNepalOnline

ट्यालेन्ट प्रतियोगिताका अन्य प्रतिस्पर्धीहरुमा गरिमा गिरी, सुजु गुरुङ, आदर्श श्रेष्ठ, प्रतिभा पाण्डे, निकिता चापागाई, गरिमा ढकाल, सिजन भण्डारी, श्रीजना पन्त, सुक्रिती ढुङ्गेल, आयुश्मा शर्मा, नितिन शर्मा, जेनिशा चुडाल, रोमा भण्डारी र आर्जु पराजुली थिए। ट्यालेन्ट प्रतियोगिताको सन्चालन परशु तिमल्सिना र सुजिता श्रेष्ठले गरेका थिए।

साँस्कृतिक साँझ

पहिलो दिनको साँस्कृतिक साँझमा वरिस्ठ संगितकार शम्भुजित बास्कोटाको साथमा गायिका पबिता परियार, नेपालबाट आएका लोक गायक खड्ग गर्बुजा पुन मगर, दोहोरी गायिका संगिता थापा मगर, लोक गायक बिमल डाँगी, नलिना चित्रकार, नरेन्द्र प्यासी, सानु शेर्पा, खेम संग्रौला, अशोक अर्याल, सहारा, कती, लौरेन, प्रक्रिती देउजा, रिमा, मनुसुई, अनु संग्रौल, स्नो म्याक्स ब्याण्ड र फ्यूजन ब्याण्डको प्रस्तुति रहेको थियो।  कवितातर्फ मणी बाङ्देल, मनु लोहोरुङ राई र बिनोद रोकाको प्रस्तुती रहेको थियो। साँस्कृतिक साँझको सन्चालन परशु तिमल्सिनाले गरेका थिए।

Famous musician and singer Shambhujeet Baskota and singer Pabita Pariyar performing at the ANA 32nd DC Convention on July 4, 2014. Photos: Pratha Magar for USNepalOnline

दोश्रो दिन: जुलाई ५, २०१४

सम्मेलनको दोश्रो दिन जुलाई ५ तारिख महिला फोरुम, नासो कम्यूनिटी फोरुम, एएनए अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब, आदिबासी फोरुम, ब्लड डोनेसन, खेलकूद प्रतियोगिता, फेसन शो प्रतियोगिता र डिनर विथ नायिका मनिषा कोइरालाको आयोजना गरिएको थियो।

नासो कम्यूनिटी फोरुम

नेपाली-अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्यूनिटी (नासो कम्यूनिटी) द्वारा आयोजित फोरुममा नेपालमा दलित र छुवाछुट समस्याकाबारे छलफल भएको थियो। प्यानेलिस्टहरुमा प्रसिद्ध लेखक खगेन्द्र संग्रौला, पत्रकार नारायण श्रेष्ठ, डा. गोपी उप्रेती, कृष्ण सोब, डा. बिष्णुमाया परियार र सुभाश नेपाली रहेका थिए। नासो कम्यूनिटीका अध्यक्ष दीपकजङ्ग विश्वकर्माले सहजकर्ताको भूमिका निभाएका थिए।

The participants of the NASO Community Forum at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

सो अबसरमा नासो कम्यूनिटीले प्रसिद्ध लेखक संग्रौलालाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेको थियो।

एएनए महिला फोरुम

सम्मेलनको दोश्रो दिन एएनए महिला फोरुमको आयोजना गरियो। इम्पावर दलित वुमन अफ नेपाल (एड्वन) कि संस्थापक डा. बिष्णुमाया परियारको सभापतित्वमा सम्पन्न उक्त फोरुमका प्यानेलिस्टहरुमा कार्यबाहक नेपाली राजादूत ऋशिराम घिमिरे, एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा, वकिल बन्दिता शर्मा, एनआरएन अमेरिका युथ कोअर्डिनेटर बर्षा मोक्तान र पत्रकार नारायण श्रेष्ठ रहेका थिए भने प्राध्यापक माधवी कार्कीले सहजकर्ताको भूमिका निभाएकी थिईन्। बक्ताहरुले नेपाली महिलाहरुले नेपाल र प्रवासमा भोग्नु परेका समस्याहरुका बिषयमा आ-आफ्नो धारणा राखेका थिए।

The participants of the ANA Women Forum at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

आदिबासी फोरुम

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आदिबासी फोरुम सम्पन्न गरियो। उक्त फोरुममा एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा, इम्पावर दलित वुमन अफ नेपाल (एड्वन) कि संस्थापक डा. बिष्णुमाया परियार, पत्रकार नारायण श्रेष्ठ, पत्रकार प्रदीप थापा मगर, वर्ल्ड नेवा ओर्गनाइजेसन उपाध्यक्ष दयारत्न शाक्य र सुमन नाछिरिङ्गले सम्बोधन गरेका थिए। फिप्ना वरिस्ठ उपाध्यक्ष मणी बाङ्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन महासचिब मानबहादुर राना मगरले गरेका थिए। बक्तहरुले नेपालमा अदिबासी जनजातिहरुको समस्याका बिषयमा प्रकाश पारेका थिए।

The participants of FIPNA-Indigenous Forum at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

एएनए अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब

एएनए नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाले 'अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब' को आयोजना गर्यो। प्रतिस्ठानका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त महोत्सबमा यस अघी प्रतिस्ठानले गरेको विश्वब्यापी कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कविहरु क्रमश: राजेन्द्र तारकिणी (बैतडी), अविरल ओझेल (काभ्रे) र कवि फूलमान बल (काभ्रे) को घोषणा गर्दै उनीहरुको कविता वाचन गरिएको थियो।

The participants of ANA International Nepali Poetry Festival at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कविता मध्ये कवि तारकिणीको कविता "कविता लेख्न बस्दा" सर्वोकृष्ट भएको हो । उनको कविताले प्रथम पुरस्कार स्वरूप नगद एक हजार अमेरिकी डलर सहित एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएको छ । प्रतियोगितामा दोश्रो भएको कवि ओझेलको कविता "प्रतिक्षा" ले पुरस्कार स्वरूप नगद तीनसय डलरसहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार पाएको छ । यसैगरी, प्रतियागितामा तेश्रो भएको कवि बलको कविता "पहाड र जून" ले नगद दुई सय अमेरिकी डलरसहित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार पाएको छ ।

गोवर्धन पूजाको संयोजनमा भएको उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती र डा. नेत्र एटम सम्मिलित अन्तिम निर्णायक समितिले पठाएको मूल्यांकनका आधारमा बिजयी घोशित गरिएको हो ।

महोत्सबमा आ-आफ्ना कविता बाचन गर्ने कविहरुमा गीता खत्री, पद्मा लिङ्खा मगर, अनु शाह, बिकास बिष्ट, गोपाल रेग्मी, रबिन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, निरा शर्मा, सरला श्रेष्ठ, हरीप्रशाद काफ्ले, लालगोपाल सुबेदी, दिनेश राजभन्डारी, नम्रता गुरागाई, दीपा राई पुन मगर, गोबिन्द गिरी प्रेरणा, राम अधिकारी, सिता पाण्डे, प्रकाश नेपाल, मन्जु बिमली, गोबर्धन पूजा, गुणराज लुइटेल, होमनाथ सुबेदी, भिम रेग्मी, मनु लोहोरुङ राई, मणी बाङ्देल, प्रेम संग्रौला, डा. गोपी उप्रेती, नयनराज पाण्डे, डा. खगेन्द्रप्रशाद लुइटेल थिए। गोस्ठीको सन्चालन कवि डा. गोबिन्दसिंह राउतले गरेका थिए।

एएनए फेसन एक्ट्राभागान्जा
मिस र मिस्टर एएनए नेपाल- २०१४: सुभाश यादब र रिया श्रेष्ठ

Mr. and Ms. ANA Nepal 2014 winners Subhash Yadav and Riya Shrestha at the ANA 32nd DC Convention in Virginia, USA on July 5, 2014. Photos: Bishwa Thapa for eNepalese

यसपालीको एएनए फेसन एक्ट्राभागान्जा शोमा १५ प्रतिस्पर्धी नेपाली युवा-युवतिहरु प्रतिस्पर्धी रहेका थिए। प्रतिस्पर्धी मध्येबाट सुभाश यादब र रिया श्रेष्ठ 'मिस र मिस्टर एएनए नेपाल-२०१४' चुनिए।

Mr. and Ms. ANA Nepal 2014 winners Subhash Yadav and Riya Shrestha and others at the ANA 32nd DC Convention in Virginia, USA on July 5, 2014. Photos: Bishwa Thapa for eNepalese

मिस एएनए नेपाल रियाले 'मिस पपुलर' र 'मिस फेसनीस्टा' को उपाधी जित्न सफल भईन्। । यसैगरी, मिस्टर पपुलर उत्सब सिंह बने। मिस्टर फेसनीस्टा आस्विन भुसाल बन्न सफल भए। मिस्टर एएनए साथी र मिस्टर मुस्कान निमिश पाण्डे बने भने मिस मुस्कान सुप्रिया पोख्रेल बनिन्। उता मिस्टर एन्ड मिस फोटोजेनिक दीपेन्द्र भट्टराई र दृष्‍टि श्रेष्ठ बने।

नायिका मनिषा कोईरालासंग फन्डरेजिङ रात्रीभोज

क्यान्सर रोगको उपचारपछि स्वास्थ्य लाभ गर्दै गएकी हिन्दी सिनेमाकि चर्चित नायिका एबं संयुक्त राष्ट्र संघीय जनसंख्या कोश (UNFPA) कि पूर्व सद्भावनादूत मनिषा कोईरालासंग एएनएको ३२ औं सम्मेलनमा रात्रीभोजको आयोजना गरेको छ।

एकलको $ १५० तथा जोडीको $ २०० डलर डिनर शुल्क राखिएको उक्त रात्रीभोजबाट संकलित रकम नायिका कोईरालाको थप उपचारकोलागि खर्च गरिने जनाईएको छ।

Actress Manisha Koirala and her mother Shushma Koirala at the dinner hosted to honor her at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

उक्त डिनर साँझमा नायिका कोइरालाद्वारा अभिनित हिन्दी गीतहरुमा नेपालका प्रसिद्ध न्रित्य निर्देशक बसन्त श्रेष्ठद्वारा कोरियोग्राफ गरिएका न्रित्यहरु प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुती हेर्दा नायिका कोईराला खुशीले गदगद मात्र भईनन् बल्की उनको अनुहारमा खुशीको आँशु पनि टिल्पिलिन पुगेको थियो।

The artists performing at the dinner party hosted to honor actress Manisha Koirala at the ANA 32nd DC Convention on July 5, 2014. Photos: Pratha Magar for USNepalOnline

नायिका कोइरालाको गत बर्ष सन् २०१३ को डिसेम्बर डिसेम्बर १० तारिख न्यू योर्क म्यान्हट्टन शहरस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टर अस्पतालमा पाठेघरमा देखिएको क्यान्सर रोगको अप्रेसन (शल्यकृया) भएको थियो। उनलाई शल्यकृयापछि १० दिन अस्पताल मै उपचार गरी राखिएको थियो। नायिका कोइरालाको पाठेघरको सफल शल्यकृयापछि डिसेम्बर २१ तारिख बेलुकी शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो। यसबिच उनले पटक पटक केमोथेरापी गर्नु परेको थियो। हाल उनी उक्त क्यान्सर रोगबाट मुक्त भएको घोषणा गरिएको छ तर उनी हरेक ३ महिनामा फलोअप जाँचकोलागि न्यू योर्क आई रहनु पर्दछ। पढ्नुहोस् नायिका कोइरालाको उपचार सम्बन्धी युएस नेपाल अनलाइनको बिशेष रिपोर्टहरु:

तेश्रो दिन: जुलाई ६, २०१४

चेतनाका आवाजहरु फोरुम

अन्तरराश्ट्रिय नेपाली महिला लेखन मन्चद्वारा आयोजित महिला हिंशा सम्बन्धी 'चेतनाका आवाजहरु' फोरुम मन्च कि उपाध्यक्ष सिता पाण्डेको सभापतित्वमा सम्पन्न भयो।

The guests at the International Nepali Women Writers' Forum at the ANA 32nd DC Convention on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

फोरुममा प्रमुख अतिथी काउन्सिलर नारायण मैनाली थिए भने अतिथीहरु डा. खगेन्द्र प्रशाद लुइटेल, डा. बिष्णुमाया परियार, एएनए नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठ र लेखक कृष्ण धाराबासी थिए। अतिथिहरुले महिला हिंशा र त्यसको रोकथाम सम्बन्धी आ-आफ्नो धारणा राखेका थिए।

उक्त फोरुममा आ-आफ्नो कविता वाचन गर्ने कविहरुमा सुजाता ढुङेल, शान्ता अधिकारी घिमिरे, पुष्पा घिमिरे, मन्जु बिमली, निरा शर्मा, नयनराज पाण्डे, रजनी श्रेष्ठ, डा. गोबिन्दसिंह राउत, प्रेम संग्रौला, होमनाथ सुबेदी, गुणराज लुइटेल, कमल बराल र प्रकाश नेपाल थिए।

सम्मेलनको समापन समारोह
ग्रेयान्ड फिनालि साँस्कृतिक साँझ

एएनए ३२ औं डिसी सम्मेलनको समापन समारोहमा नेपालबाट आएका चर्चित गायकद्वय राजेश पायल राई र खड्ग गर्बुजा पुन मगरकासाथ ओम बिक्रम बिष्ट, सपना श्री, सन्जिब प्रधान, सरिश्मा अमात्य र सहारा जोशीको गीतले सम्मेलनमा सहभागी प्रतिनिधीहरुलाई खुब मनोरन्जन दिलायो। न्रित्यतर्फ सोबिता बराल, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, भबिसा फूयाँल, सलिना श्रेष्ठ आदिको न्रित्यको प्रस्तुती रहेको थियो भने हाँस्य कलाकार गोपाल नेपाल फिस्टे, कृष्ण मुरारी ढुङ्गेल र लक्ष्मी श्रेष्ठको प्रहसन रहेको थियो।

Famous singers Rajesh Payal Rai and famous folk singer Khadga Garbuja Pun Magar at the ANA 32nd DC Convention on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

बिभिन्न ब्यक्तित्वहरु सम्मानित

उक्त साँझमा नायिका मनिषा कोइराला, वरिस्ठ न्रित्य निर्देशक बसन्त श्रेष्ठ, वरिस्ठ पप गायक ओमबिक्रम बिष्ट, वरिस्ठ लोकगायक कुमार बस्नेत, र वरिस्ठ संगितकार शम्भुजित बास्कोटालाई बिशेष सम्मान गरियो। कार्यबाहक नेपाली राजदूत एबं डेप्यूटी चिफ अफ मिसन ॠषिराम घिमिरेले सम्मानित ब्यक्तित्वहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए।

Famous Bollywood actress Manisha Koirala receiving honor at the ANA 32nd DC Convention in Virginia, USA on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

उक्त साँझको सन्चालन पूर्व मिस नेपाल माल्विका सुब्बाले गरेकी थिईन्।

बिभिन्न खेलहरुमा बिजयी खेल टिम र खेलाडीहरुलाई सम्मान

एएनए सम्मेलनको अबसरमा खेलाइएको बिभिन्न खेलहरुमा बिजयी खेल टिम र खेलाडीहरुलाई ट्रफी, मेडल र प्रशंसा पत्रद्वारा सम्मान गरियो।

Soccer (Football) 1st place winner NYNFC Team with the trophy at the ANA 32nd DC Convention in Virginia, USA on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

फूट्बल (सकर) खेलमा प्रथम स्थान बिजयी टिम एनवाईएनएफसि (न्यू योर्क) ले २५०० डलर नगद र ट्रफी, दोश्रो बिजेता डिसीएफसि टिम (डिसी) ले १५०० डलर नगद र मेडल प्राप्त गर्यो भने भलिबलतर्फ प्रथम पुरस्कार मगर संघ अमेरिका टिमले १००० डलर र ट्रफी, दोश्रो बिजेता एलए टिम (लस एन्जेल्स) ले ५०० डलर नगद र मेडल प्राप्त गर्‍यो।

Volleyball 1st place winner Magar USA Team with the trophy at the ANA 32nd DC Convention in Virginia, USA on July 6, 2014. Photos: Pratha Magar for USNepalOnline

फूट्बल (सकर) खेलमा मोस्ट भ्यालुएबल खेलाडी (MVP) उपाधी किरण लामाले प्राप्त गरे। भलिबलतर्फ MVP उपाधी शक्तीसिंह रेग्मी (बाल्टिमोर) ले प्राप्त गरे।

त्यसैगरी, बास्केट बलमा प्रथम बिजेता शेर्पाज फाइनेस्ट टिम (न्यू योर्क) ले १००० डलर र ट्रफी, दोश्रो बिजेता टि-बुल्स टिम (न्यू योर्क) ले ५०० डलर र मेडल प्राप्त गर्‍यो। बास्केट बलमा MVP उपाधी सोनाम लामा शेर्पाज फाइनेस्ट टिम (न्यू योर्क) ले प्राप्त गरे।

टेबल टेनिसमा प्रथम बिजेता सन्देश अवाले (एलए) ले २०० डलर नगद र मेडल तथा दोश्रो बिजेता देबीचरण घिमिरे (एलए) ले १०० डलर नगद र मेडल प्राप्त गरे।

एएनएका अध्यक्षहरु र सम्पन्न सम्मेलनहरु

एएनएको संस्थापक अध्यक्ष डा. हरी शर्मा मुड्भरी हुन् भने त्यसपछिका अध्यक्षहरु क्रमश: डा. कमल पाठक, डा. कुन्जर शर्मा, डा. अमर गिरी, प्रमोद शर्मा, अमृत तुलाधर, डा. श्याम कार्की, नबिन दत्त, सिमोन ढुङ्गाना र हालका अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा हुन् ।



एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क-न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क-न्यू जर्सी (२००६); लस एन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); क्यालिफोर्निया (२००९);  बोस्टोन, मासाचुसेट्स (२०१०); डिसी-मेरिल्यान्ड (२०११); डालस, टेक्सास (२०१२) र वेष्टचेस्टर, न्यू योर्क (२०१३) मा सम्पन्न भईसकेकोछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it




The artists performing at the ANA 32nd DC Convention in Virginia, USA on July 4, 2014. Photos: Pratha Magar for USNepalOnline

Read ANA related news:

-http://usnepalonline.com/ana/

यस्तो रह्यो एएनएको ३२ औं डिसी सम्मेलन: राष्ट्रपति ओबामाको शुभकामनादेखि नायिका मनिषा कोईरालासम्मको उपस्थितिमा के के भयो?
More photos of ANA 32nd DC Convention 2014
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.