Inside

All Time Top 50 News

३२ औं एएनए सम्मेलन (वाशिंगटन डिसी) आयोजक समिति गठन, एएनए कार्यसमितिको निर्वाचन हुने PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Administrator   
Tuesday, 07 January 2014 03:09

Exclusive:: 3 photos: अमेरिकामा सबैभन्दा धेरै नेपालीहरुको भीड जम्मा गराउने चर्चित नेपाली संस्था 'दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका' (एएनए) को ३२ औं सम्मेलन आगामी जुलाई ४, ५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । उक्त सम्मेलनमा एएनए कार्यसमितिको निर्वाचनसमेत हुने घोषणा गरिएको छ। उता सम्मेलन आयोजना गर्नकोलागि अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष एबं साहित्यकार हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको २१ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।


 

The Association of Nepalis in the Americas (ANA)is hosting its 32nd Convention in Washington DC area on July 4, 5 and 6, 2014. Combination of logo and event banner created by USNepalOnline

उक्त आयोजक समितिको गठन जनवरी ५ तारिक आइतवार बसेको बैठकले वाशिंगटन डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थामा आबद्ध, अनुभवी, समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरि जिम्मेवारी सुम्पने निर्णय गरेको जानकारी संयोजक हेमन्त श्रेष्ठले बताए ।

३२ औं एएनए सम्मेलन आयोजक समिति

१. प्रमुख संयोजक: हेमन्त श्रेष्ठ, मूल आयोजक समिति
२. उप संयोजक: लक्ष्मण प्रधान, मूल आयोजक समिति, संयोजक आर्थिक समिति
३. संयोजक सांस्कृतिक: सरोज खनाल
४. संयोजक कार्यक्रम निर्माण: सरोज प्रजापति
५. संयोजक खेलकुद: चन्द्र लामा
६. संयोजक जनसंपर्क तथा पाहुना व्यबस्थापन: कृष्ण सोब
७. संयोजक नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) सहयोग: प्रेम संग्रौला
८. संयोजक बजार व्यबस्थापन तथा आपूर्ति: लोकनाथ तिवारी
९. संयोजक खाद्य व्यबस्थापन: विजय श्रेष्ठ
१०. संयोजक सहभागी दर्ता व्याबस्थापन: कविन्द्र सीटौला
११. संयोजक कार्यक्रम समन्वय: रविना थापा
१२. संयोजक कार्यशाला संचालन: विष्णु थापा
१३. संयोजक सूचना प्रविधि व्यवस्थापन: मृगेन्द्र हुमागाई
१४. संयोजक मेडिकल क्लिनिक संचालन: मन्जु संग्रौला
१५. संयोजक स्वयमसेबक व्यवस्थापन: आनन्दु लामा थिंङ
१६. संयोजक शैक्षिक कार्यक्रम संचालन: अर्चना मानन्धर
१७. संयोजक सुरक्षा व्यवस्थापन: केशर गुरुङ्ग
१८. संयोजक साहित्यिक: गोविन्दसिं राउत
१९. संयोजक सूचना तथा संचार: विष्णु शीतल

The 32nd ANA Convention coordinator Hemanta Shrestha. Photo courtesy: Hemanta Shrestha fb profile

बाँकी दूई संयोजक अर्को बैठकले नियुक्त गर्ने जानकारी संयोजक श्रेष्ठले बताए ।    

सम्मेलनलाई भव्यरुपमा सफल बनाउन संयोजकहरुलाई स्वतन्त्ररुपमा उपसमिति निर्माण गर्ने अख्तियार दिइएको छ ।

नेपाल र नेपालीको चिनारीलाई थप उजिल्याउने मूल उद्धेश्य राखिएको बताउदै ३२ औं एएनए सम्मेलनले नेपाली कलाकौशल र उत्पादनको व्यापक प्रदर्शन गर्ने, अमेरिकामा नेपाली उत्पादनको बजार विस्तार गर्ने र नेपालमा अमेरिकी पर्यटकको संख्या बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले सो अनुसारका क्रियाकलापहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ ।


ANA 32nd Convention preparation meeting in Washington DC on January 5, 2014. Photo courtesy: Bijay Thapa

शैक्षिक, साँस्कृतिक, सूचना तथा संचार, जनस्वास्थ्य, नीति निर्माण, खेलकुद र साहित्यिक विधामा ठोस उपलब्धि हुने खालका क्रियाकलापलाई प्राथमिकतामा राखिएको उल्लेख गरिनुको साथै सम्मेलनबाट हुने मुनाफामध्ये ५० प्रतिशत स्थानीय 'नेपाली शैक्षिक तथा सांस्कृतिक केन्द्र' (एनइसीसी) म्यारिल्याण्डलाई प्रदान गरिने निर्णय गरिएको छ भने २५ प्रतिशत स्थानीय संघ/संस्था र २५ प्रतिशत एएनएकालागि प्रदान गरिने भएको छ ।

संयोजक हेमन्त श्रेष्ठकै नेत्रित्वमा सन् २०११ मा २९ औं एएनए सम्मेलन डिसीमा आयोजना गरिएको थियो भने उक्त सम्मेलनले करिब १० हजार मुनाफा दिन सफल भएको थियो । एएनएको ईतिहासमा दूई पटक सम्मेलन संयोजक बन्ने अवसर पाएका संयोजक श्रेष्ठले एएनए सबैको साझा संस्था भएकोले सहयोगको अपेक्षा गर्दै सफल तुल्याउन अनुरोध गरेका छन् ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क-न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०) (पढ्नुहोस्), डिसी-मेरिल्यान्ड (२०११) (पढ्नुहोस्), डालस, टेक्सास (२०१२) (पढ्नुहोस्) र वेस्चेस्टर, न्यू योर्क (२०१३) (पढ्नुहोस्) मा सम्पन्न भई सकेकोछ।

Read related news:

-http://usnepalonline.com/ana/

-३१ औं एएनए सम्मलेन एतिहासिक, सम्मेलनबाट १ हजार ८ सय अमेरिकि डलर नाफा

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival, Bhanu Jayanti Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.