Inside

All Time Top 50 News

न्यू योर्कमा हुने तीन दिने ३१ औं सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न, 'एएनए हिरो-२०१३' द्वारा ३ ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 04 July 2013 23:43
Article Index
न्यू योर्कमा हुने तीन दिने ३१ औं सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न, 'एएनए हिरो-२०१३' द्वारा ३ ब्यक्तित्व सम्मानित
Opening Ceremony and Cultural Possession July 4, 2013
ANA Awards Ceremony 2013
Photos of Heroes of the Himalaya 2013
Photo of ANA Talent and Cultural Show 2013
All Pages

'एएनए हिरो' (ANA Hero 2013) पुरस्कारद्वारा राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पा सम्मानित
९ अन्य बिभिन्न समाजसेवी ब्यक्तित्व, संस्था र मिडियाहरु सम्मानित
ट्यालेन्ट प्रतियोगितामा जेनी योन्जनले जितिन प्रथम स्थान
Updated: Exclusive: 97 photos:
न्यू योर्क- जुलाई ४, ५ र ६ तारिखबिच तीन दिन चल्ने ३१ औं एएनए सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा झन्डै ३ हजार नेपालीहरुको सहभागीता रहेको थियो।


ANA 31st Convention kicked off at Hilton, Westchester, New York on July 4, 2013. Photos: eEyeCam.com

जुलाई ४ तारिख न्यू योर्कको वेष्ट चेस्टर हिल्टन होटेलमा आयोजित ३१ औं एएनए सम्मेलनको उद्घाटन प्रमुख अतिथी नेपालकालागि अमेरिकि राजदूत पिटर बोडेले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

American Ambassador peter Bode inaugurating the 3st ANA Convention by lighting the traditional lamp. Photos: eEyeCam.com

उद्घाटन समारोहमा बौद्ध लामा उर्गेन शेर्पा र हिन्दू पूजारी स्वामी बाल गोपालले बन्दना बन्दना गर्दै सम्मेलनको सफलताको कामना गरेका थिए भने समारोहमा नेपाल र अमेरिकाको राष्ट्र गान प्रस्तुत गरिएको थियो।

उद्घाटन सत्रमा बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मीको कोरियोग्राफीमा २० जना कलाकारहरुले मनमोहक स्वागत न्रित्य गरे भने हेभेन्ली पाथ युएसएका कलाकारहरुले स्वागत गान प्रस्तुत गरेका थिए।


ANA 31st Convention Chief Coordinator Samir Maharjan and Interim President Tsewang Sherpalama. Photos: eEyeCam.com

उद्घाटन समारोहमा सम्मेलनका मुख्य संयोजक समिर महर्जनले स्वागत मन्तब्य गरेका थिए भने एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले एएनए संस्थाबारे प्रकाश पारेका थिए।

Nepali Congress president Sushil Koirala and NRNA ex-president Devman Hirachan.

Poet Tulasi Diwas (Joshi) and FNCCI ex-president Kushkumar Joshi.

NRNA General Secretary Tenzi Sherpa and Empower Women of Nepal (EDWON) founder Dr. Bishnu Maya Pariyar. Photos: eEyeCam.com

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अतिथीहरुमा प्रमुख अतिथी राजदूत पिटर बोडे, नेपाली काँग्रेसका सभापति सुशिल कोईराला, गैर आवाअसीय नेपाली संघ (एनआरएन) अन्तरराष्ट्रिय समितिका निबर्तमान अध्यक्ष एबं प्रमुख संरक्षक देबमान हिराचन, नेपाल उध्योग बणिज्य महासंघ (FNCCI) का पूर्व अध्यक्ष कुशकुमार जोशी, एनआरएन आईसिसी महासचिब तथा अन्तरराश्ट्रिय अध्यक्ष पदका उमेद्वार तेन्जी शेर्पा, इम्पावर दलित वुमन अफ नेपाल (EDWON) संस्थापक डा. बिष्णुमाया परियार र बरिस्ठ साहित्यकार तुलसी दिवसले सम्बोधन गरेका थिए।



सम्मेलनमा नेपाली अबैतनिक महाबाणिज्यदूत प्रेमराज महत (बाल्टिमोर) र ॠषि ढकाल (लस एन्जेलस), एनएनए ग्रामीण बिकास निर्देशक डा. सुदीप श्रेष्ठ, अस्ट्रेलियाका धनाड्य नेपाली ब्याबसायी एबं एनआरएन अन्तरराश्ट्रिय अध्यक्ष पदका अर्का उम्मेद्वार शेश घले, एनआरएन आईसिसी महिला बिभाग उपसंयोजक राधा बस्नेत (क्यानाडा), एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष एबं एनआरएन अमेरिका बरिस्ठ उपाध्यक्ष शिवकुमार राई, एनआरएन उत्तर अमेरिका क्षेत्रिय उपसंयोजक राम खरेल, आइसिसी सदस्य भुवन गुरुङ (बोस्टन), इम्पावर दलित वुमन अफ नेपाल संस्थापक डा. बिष्णुमाया परियार (बोस्टन), अधिकार कार्यकारी निर्देशक लुना रन्जित (न्यू योर्क), अमेरिका नेपाल महिला संघ ग्रेटर वासिङ्टन (ANWA) अध्यक्ष बिष्णुकुमारी थापा, नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका अध्यक्ष संगिनी राना मगर (न्यू योर्क) लगायत उपस्थित थिए।

उद्घाटन समारोहको सन्चालन सोनाम जि शेर्पाले गरेका थिए।

एएनए सम्मान समारोह

एएनएद्वारा समाजमा योगदान पुर्‍याएका बिभिन्न ब्यक्तित्व, संस्था र मिडियालाई एक सम्मान समारोहको आयोजना गरी सम्मानित गरिएको छ।

सम्मान समारोह समाजसेवी डा. बिष्णुमाया परियारको प्रमुख आतिथ्य र नेपाली अबैतनिक महाबाणिज्यदूत ॠषि ढकालको बिशेष आतिथ्यमा सम्पन्न गरिएको थियो।

एएनएका उपाध्यक्ष डा. गोबिन्दसिंह राउतले समारोहमा स्वागत मन्तब्य राखेका थिए भने महासचिब बिजय थापाले सन्चालन गरेका थिए।


ANA awards winners with ANA Interim President Tsewang Sherpalama and General Secretary Bijay Thapa. Photos: eEyeCam.com

एएनए हिरो (ANA Hero 2013) पुरस्कारद्वारा समाजसेवी अधिवक्ता राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पा सम्मानित

ANA Hero 2013: Rajeev Goyal and Buna Dahal and Dendi Sherpa. Photos courtesy: NYU.edu, Buna Dahal's facebook profile & eEyecam.com

एएनए हिरो (ANA Hero 2013) पुरस्कारद्वारा समाजसेवी अधिवक्ता राजिव गोयल, आजन्म अन्धो एबं मोटिभेस्नल स्पिकर बुना दाहाल र शेर्पा संस्क्रितीका गायक एबं संगीतकार डेन्डी शेर्पालाई परम्परागत खादा र बुद्ध प्रतिमाद्वारा सम्मान गरियो।


Dendi Sherpa was honored with ANA Hero- 2013 by Honorary Consular Rishi Dhakal and Buna Dahal was honored with ANA Hero- 2013 by Arjun P Mainali. Photos: eEyeCam.com

आजन्म अन्धो एबं मोटिभेस्नल स्पिकर दाहाललाई एएनए हिरो २०१२ एबं ब्लड डोनर्स अफ अमेरिका अध्यक्ष अर्जुनप्रशाद मैनालीले एएनए हिरो अवार्ड प्रदान गरेका थिए।

शेर्पा संस्क्रितीका गायक एबं संगीतकार डेन्डी शेर्पालाई नेपाली अबैतनिक महाबाणिज्यदूत ॠषि ढकालले एएनए हिरो अवार्ड प्रदान गरेका थिए।

समाजसेवी अधिवक्ता राजिव गोयल अनुपस्थित भएकोले सो अवार्ड डा. तारा निरौलाले ब्याबसायी लोकनाथ तिवारीबाट थापे।

९ अन्य बिभिन्न ब्यक्तिव, संस्था सम्मान

एएनए सम्मेलनको अवसरमा समाजसेवामा उल्लेखनीय कार्य गर्ने ९ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान बिभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।

Rabi Lamichhane, Rohit Timilsina and Adhikaar were honored by ANA. Photos: eEyeCam.com

एएनए सराहना पुरस्कारद्वारा विश्व कृतिमानी रोहित तिमील्सिना, रवि लामिछाने, क्यानाडाका समाजसेवी किरण ढुंगाना र 'अधिकार' संस्थालाई पुरस्कृत गरियो।

उक्त पुरस्कार प्रमुख अतिथी डा. बिष्णुमाया परियारले प्रदान गरेकी थिईन्।

५ संचार माध्यमहरु पुरस्क्रित



५ संचार माध्यमहरु क्रमस: युएसनेपाल अनलाइन डटकम (न्यु जर्सी/न्यू योर्क), बोस्टननेपाल डटकम (बोस्टन), ईनेपालिज़ डटकम (भर्जिनिया), जनपुकार डटकम (क्यालिफोर्निया) तथा बिआरटी नेपाल डटकम (कोलोराडो) लाई ANA MEDIA PARTNER APPRECIATION पुरस्कारद्वारा सम्मान गरिएको छ।

उक्त पुरस्कार प्रमुख अतिथी डा. परियारले प्रदान गरेकी थिईन्।

३० सगरमाथा आरोहीहरुको उपस्थिती र सम्मान

उक्त सम्मेलनमा ३० जना सगरमाथा आरोहीहरुको बिशेष उपस्थिती रहेको थियो भने एएनएले उनीहरुलाई The heroes of the Himalaya भन्दै बिशेष कदर पत्रद्वारा सम्मान गर्‍यो।

Group photos of Mt. Everest Summiters at the ANA Convention. Photos: eEyeCam.com

उक्त कदर पत्र एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले एक मुस्ट सगरमाथा आरोहीहरुलाई प्रदान गरे।


21 times Mt. Everest climber Appa Sherpa and fastest Mt. Everest climber  Lhakpa Gelu Sherpa were honored by traditional Khada from ANA Interim President. Photos: eEyeCam.com

उक्त समारोहमा प्रमुख अतिथीकोरुपमा २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कृतिमान कायम गरेका अप्पा शेर्पा उपस्थित रहेका थिए।

सबैभन्दा छोटो समय १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड तोड्ने लाक्पा गेलु शेर्पा, विश्वको ७ महादेशका उच्च शिखर आरोहण गर्न तम्सेकी सगरमाथा आरोही सहेली बस्नेत र ७ पटक सगरमाथा आरोही लाक्पा शेर्पा बिशेष अतिथिकोरुपमा उपस्थित थिए।

ति आरोहीहरुले आरोहण सम्बन्धी बिशेष प्रदर्शनी पनि रहेकाछन्।

ट्यालेन्ट शो, चर्चित हाँस्य "मह" जोडी र अन्य कलाकारहरुको प्रस्तुती

ट्यालेन्ट प्रतियोगितामा जेनी योन्जनले प्रथम स्थान जितिन् भने दोश्रो कृति ढुङ्गेल र प्रिया प्रधान भए। तेश्रो मोनिका र साचिको महर्जन बने।

The Winner of the ANA Talent Show, Jeny Yonjan receiving commendation letter and cash prize from ANA 31st Media Coordinator Surya Thapa. Photos: eEyeCam.com

The 2nd and 3rd runner up artists performing at the 31st ANA Convention in New York. Photos: eEyeCam.com

उता नेपालबाट आएका चर्चित हाँस्य जोडी "मह" उर्फ मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले दुई भाग गरी हाँस्य ब्यङ्य प्रस्तुत गरे। मह जोडीको प्रस्तुतीमा दर्शकहरु पेट मिचिमिची हाँसेको देखिन्थो भने राजनीतिक ब्यङ्य र बेथिती उपर घोचपेचले दर्शकहरुलाई मर्मान्त पारेको थियो।

Prominent Nepalese comedians Maha Jodi aka Madan Krishna Shrestha and Haribansh Acharya performing at the 31st ANA Convention in New York. Photos: eEyeCam.com

दुई विश्व कृतिमान प्रयास

एएनए सम्मेलनमा ४ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका रोहित तिमिल्सिना र कृष्ण पाण्डेयले विश्व कृतिमान रच्ने प्रयास गरेका छन्।

चार पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले एएनए सम्मेलनमा एक मिनेटभित्र १८० जनालाई हातमा हात दिदै 'बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालको भ्रमण गरौ' भन्दै ५ औं पटक विश्व कृतिमान कायम गर्ने प्रयास गरेका छन् भने नेपाल बुटवल घर भै हाल क्यान्ज़स शहरमा कार्यरत युवा कृष्ण पाण्डेयले बिपरित हिज्जे (Most Words Spelt Backwards in Once Minute) मा 'गिनिज वर्ल्ड रेकर्ड्स' तोड्ने प्रयास गरेका छन् ।


Four times Guinness World Record Holder Rohit Timilsina tried to set new world record beating 150 hands in one minute and Krishna Pandeya will tried to set Most Words Spelt Backwards in Once Minute world record. Photos: eEyecam.com

तिमिल्सिनाले यस अगाडी पहिलो विश्व कृतिमान २००८ मा टेनिस बल (गोलि) २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए । दोश्रो, बिश्व एड्स दिवसको अबसरमा ११६ जनालाई १ मिनेटमा चुम्बन गरि किर्तिमान कायम गरेका थिए । तेश्रो, न्यू योर्कको टाइम्स स्क्वायरमा सबैभन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक) ३३ घण्टा, ३ मिनेट थियो । (हेर्नुहोस्), चौथो, न्यू योर्क शहरको ब्रूक्लिन ब्रिजमा १ सय ७३ फिट ३ इन्च दूरीको जुका हिडाई (Furthest Worm Move) कायम गरी गिनिस विश्व रेकर्ड बिश्व कृतिमान कायम गरेका थिए । (हेर्नुहोस्) यस अघी, सबैभन्दा छिटो उल्टो हिज्जे उच्चारण (Fastest reverse speller) कालागि कृष्ण पाण्डेयले गिनिस विश्व रेकर्ड कृतिमान कायम गर्ने घोषणा गरिसकेकाछन्। (हेर्नुहोस्)

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०), डिसी-मेरिल्यान्ड (२०११) र डालस, टेक्सास (२०१२) मा सम्पन्न भईसकेकोछ।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गर्नेछ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read ANA exclusive news at

-http://usnepalonline.com/ana/



Limbu women getting ready to attend ANA 31st convention cultural possession. Photos: eEyeCam.com



Photos: eEyeCam.com


Photos: eEyeCam.com

न्यू योर्कमा हुने तीन दिने ३१ औं सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न, 'एएनए हिरो-२०१३' द्वारा ३ ब्यक्तित्व सम्मानित
Opening Ceremony and Cultural Possession July 4, 2013
ANA Awards Ceremony 2013
Photos of Heroes of the Himalaya 2013
Photo of ANA Talent and Cultural Show 2013
All Pages
Page 1 of 5


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.