Inside

All Time Top 50 News

३१ औं एएनए सम्मलेन एतिहासिक, सम्मेलनबाट १ हजार ८ सय अमेरिकि डलर नाफा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 20 August 2013 14:14

Special: 4 photos: न्यू योर्क- न्यू योर्क राज्यको वेष्ट चेस्टरमा गत जुलाई ४, ५ र ६ तारिखबिच सम्पन्न ३१ औं एएनए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका) सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्बजनिक गरिएको छ । सम्मेलनबाट १ हजार ८ सय अमेरिकि डलर नाफा भएको ३१ औं एएनए सम्मेलनका प्रमुख संयोजक समिर मर्हजनले जानकारी गराएका हुन्।

 

 

Association of Nepalis in Americas (ANA)'s 31st Convention held at Hilton Hotel, Rye Brook, Westchester, New York between July 4, 5 and 6, 2013. Animation: USNepalOnline

प्रमुख संयोजक मर्हजनले ३१ औं एएनए सम्मेलन सहभागीका हिसावले निकै ऐतिहासीक सफल भएको बताउदै सम्मेलनको सफलताकोलागि समुदायका सबै वर्गहरुबाट अतुलनीय सहयोग प्राप्त भएकोमा सबैलाई धन्यबाद दिएका छन् ।

एएनए सम्मेलनमा केहि आर्थिक नाफा निकाल्ने र सो रकमबाट नेपालको दुर्गम स्थानमा बिद्यालय खोल्ने भनि पूर्व प्रतिबद्दता तथा सार्वजनिकरुपमा अन्तर्वार्तासमेत दिएका मर्हजनले न्यू योर्क एएनए सहभागीता निकै राम्रो भए पनि सम्मेलनबाट अपेक्षाक्रितरुपमा नाफा हुन नसकेको बताए।


ANA 31st Convention Chief Coordinator Samir Maharjan and Interim President Tsewang Sherpalama. Photos: eEyeCam.com

 

बिगत ३१ बर्ष देखी जुलाई ४ मा आयोजना हुंदै आएको एएनए सम्मेलनमा पहिलो पटक डिसी सम्मेलनले नाफा दिलाउन सफल भएपछि क्रमस टेक्सास र हाल न्यू योर्क सम्मेलनले पनि धेरथोर जे भएता पनि नाफा दिन सकेको एएनएका अन्तरिम अध्यक्ष छेवागं शेर्पालामाले बताए।

गैर मुनाफा संस्था अन्तर्गत दर्ता भएको एएनए नाफा कमाउनकोलागि सम्मेलनको आयोजना नगरिएको भन्दै अन्तरिम अध्यक्ष शेर्पालामाले तीन बर्षभन्दा पहिलाका सबै सम्मेलनहरुको हिसाबकिताबको कुनै अभिलेख फेला पार्न नसकिएको जानकारी गराए।

३१ औं एएनए सम्मेलन भब्यताकोसाथ सम्पन्न भए पनि केहि कमजोरी र धोकाका कारण सोचे जस्तो नाफा नभएको ३१ औं सम्मेलन संयोजक समीर मर्हजनले पत्रकार सम्मेलनमा बताए । संयोजक मर्हजनकाअनुसार सम्मेलन आयोजक समितीलाई सबैभन्दा ठुलो धोका नेपाल उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष सुरज बैद्यबाट भएको बताएकाछन्। आफु नेपालमा गएको समयमा बैद्यले सम्मेलनमा ठुलो टोलीकासाथ सहभागी हुने वाचा गरेपनि अन्त्यमा सम्मेलनमा नआइदिदाँ २०, ३० स्टल खाली भएको प्रमुख संयोजक महर्जनको दाबी थियो।

सम्मेलनमा अतिथि तथा सहभागीहरुलाई भरपुर मनोरंजन गराउने हेतुले बिबिध सांस्कृतीक कार्यक्रमको आयोजना गरिएकोले कलाकारहरुको खर्च बढेको, स्मारिका विज्ञापन, व्यवसायीहरुको प्रायोजन, सहभागी दर्ता, खेलकुद प्रतियोगिता उल्लेखीय रकम संकलन गरे पनि आयोजना एवं खेल स्थलमा धेरै रकम खर्च भएको जनाइएको छ ।

ANA 31st convention cultural possession in New York on July 4, 2013. Photos: eEyeCam.com

 

एएनएका अन्तरिम अध्यक्ष शेर्पालामाले सम्मेलनलाई ऐतिहासिक सफल भएको बताउदै यो सम्मेलनले आर्थिकभन्दा पनि सामाजिकरुपमा एएनएको छबीलाई उच्च बनाएको बताए ।

अन्तरिम अध्यक्ष शेर्पालामाले जानकारी दिदै हाम्रा यी कमजोरीहरुलाई आगामी सम्मेलनमा सुधार्ने र बिगत तीनवटा सम्मेलनका प्रमुख संयोजकहरुसंग व्यापक बिचार बिमर्श, छलफल तथा परामर्श लिई ३२ औं एएनए सम्मेलनलाई कसरि उत्तम बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहने बताउनु भएको जानकारी दिए ।

प्रमुख संयोजक महर्जनले थप जानकारी दिदै एएनएको इतिहासमा पहिलो पटक नेपालकालागि अमेरिकी राजदूत र अमेरिकाकालागि नेपाली राजदूतका दुबैको सहभागिता रहेको बताउँदै संख्यात्मक हिसावले करिव ८ हजारका सहभागिता आफैंमा एक कीर्तमान हो भने।

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival, Bhanu Jayanti Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages


अन्तरिम अध्यक्ष शेर्पालामाले बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक प्रकृतिका परेड समावेसी कोणबाट आफैंमा ऐतिहासिक भएको बताउँदै नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेपालकालागि अमेरिकी राजदूत महामहिम पिटर जे. बोडे, अमेरिकाकालागि नेपाली नियोगहरुका उच्च पदाधिकारीहरु, एनआरएनका उच्च पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल, एएनएका सम्पूर्ण पदाधिकारीसहित हजारौंका सहभागिता रहेका यो परेडले आफैंमा सानो नेपालको समावेसी झझल्को दिन्थ्यो भने ।

विश्व कीर्तिमानधारी सगरमाथा पर्वतारोहीहरुको सहभागिताले एएनए सम्मेलन उत्साहजनक रहेको जानकारी अन्तरिम अध्यक्ष शेर्पालामाले जनाउदै काठमाडौँ कुलेखानी हेटौडा सुरुङ्ग मार्ग निर्माण गर्ने संस्था नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसँग सहकार्यकालागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिएकोले एएनए सम्मेलन आफैमा ऐतिहासिक बन्न पुगेको छ भन्दै आर्थिक पक्षमा धेरै नाफा कमाउन नसके पनि यहि नै हामीले कमाएका छौं भने।

एएनए आर्थिक मामिलामा पूर्ण पारदर्शिता रहेको र सम्पूर्ण बिबरण एएनएको आधिकारिक वेब साइट www.anaonline.org मा राखिने जानकारी गराइएको छ।

Read related news:

-http://usnepalonline.com/ana/

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival, Bhanu Jayanti Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages

-मिस र मिस्टर एएनए भोग-२०१३ चुनिए स्‍मृति श्रेष्ठ र सुगम श्रेष्ठ

-न्यू योर्कमा हुने तीन दिने ३१ औं सम्मेलनको उद्घाटन भब्यतापूर्वक सम्पन्न, 'एएनए हिरो-२०१३' द्वारा ३ ब्यक्तित्व सम्मानित

-न्यू योर्कमा हुने ३१ औं सम्मेलनमा ८ हजारभन्दा बेशी सहभागि हुने, बिशिस्ट अतिथीहरु को को आउँदैछन्? के के हुँदैछ?

-अमेरिका आई पुगे प्रशिद्ध हाँस्य मह जोडी, ३१ औं एएनए सम्मेलन न्यू योर्कमा जुलाई ४ र ६ तारिख बिशेष प्रस्तुती गर्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा ४ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका रोहित तिमिल्सिनाले अर्को विश्व कृतिमान रच्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन फेशन शोका १६ प्रतिस्पर्थी छनौट

-न्यू योर्कबाट एएनएले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने, ३१ औं एएनए सम्मेलन प्रत्येक प्रबेश शुल्कबाट $१ डलर प्रदान गर्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा १२ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान गरिने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा नेपालका चर्चित हाँस्य जोडी 'मह' द्वारा प्रहसन गरिने, हेर्ने होइन त?

-विश्वको सर्बोच्च शिखर सगरमाथामा एएनए (ANA) को झन्डा फरफर्याईयो

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन' किन?

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा कृष्ण पाण्डेयले ''गिनिज वर्ल्ड रेकर्ड्स'' तोड्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन (जुलाई ४-६) को मूल समारोह समितिको गठन

-एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quiz Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

-एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल !

-ANA Official Press release on 30th ANA-Texas Convention 2012

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.