Inside

All Time Top 50 News

अमेरिकाको रट्गर्स बिश्वबिद्यालयद्वारा २५० औं वार्शिकोत्सवका अवसरमा चुनिएका २५० विद्यार्थी मध्ये एक बनिन्- नेपाली छोरी ऐश्वर्या शर्मा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 10 December 2015 23:35

Exclusive: 6 photos: न्यू जर्सी- अमेरिकाको न्यू जर्सी राज्यको न्यू ब्रन्स्विकस्थित बिश्वकै उत्कृश्ट मध्ये एक मानिने रट्गर्स विश्वबिद्यालयद्वारा सन् २०१६ मा मनाईन लागेको २५० औं वार्शिकोत्सवका अवसरमा चुनिएका २५० विद्यार्थी मध्ये नेपाली छोरी ऐश्वर्या शर्मा चुनिएकिछिन् । उनी उक्त विश्वबिद्यालयको २५० बर्शको इतिहासमा त्यहाँ पढेका ४ लाख ७० हजार बिद्यार्थीहरु मध्येबाट २५० जनामा चुनिएकी हुन् । उनी न्यू जर्सी निवासी करुणा शर्मा र प्रकाश शर्माकि जेठी छोरी हुन् भने नेपाली चलचित्रकि सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धारा भूशाल उनकी बजै हुन् । युएसनेपाल अनलाईनले उनलाई सन् २०१४ मा 'युथ रिकगनिसन अवार्ड' बाट सम्मान गरेको थियो । आगामी बर्षको मे महिनामा सप्लाई चेन म्यानेजमेण्ट बिशयमा इकोनोमी मेजर लिएर ब्याचलर्स ग्रेयाजुएट बन्ने तरखरमा रहेकी ऐश्वर्या विश्वबिद्यालयमा स्थापित 'रट्गर्स युनिभर्सिटी बिजिनेस फर युथ' को संस्थापक प्रेसिडेण्ट (२०१२-१४) हुन् । जसको माध्यमबाट उनले उक्त विश्वबिद्यालयका बिद्यार्थीहरुको संलग्नता ७०० प्रतिशतले बृद्धी गर्न सफल भएकी थिईन् ।



कोकाकोला स्कलरशिप, विमन बोण्ड क्लब, एशिया प्याशिफिक आईल्यण्डर स्कलर्शिप, एपिआईसिएस स्कलर्शिपा जस्ता छात्रबृति प्राप्त गर्न सफल युवा बिद्यार्थी शर्माले बिद्यार्थी छँदै एमाजोन (Amazon) मा सप्लाई चेन अपरेसन लिडरशिप इन्टर्न, मोटोरोला सोलुसन्समा बिजिनेस एनालाईसिस र इमार्केटरमा काम गरिन् भने हाल बिश्व प्रसिद्ध कस्मेटिक कम्पनी लोरेल (L’Oreal) मा कन्सुमर प्रडक्ट डेभलेप्मेण्ट कोअपको रुपमा कार्यरत छिन् । उनले आफ्नो ग्रेयाजुएसन संगै फोर्बस पत्रिकाअनुसार बिश्वकै मोस्ट भ्यालुएबल टेक्नोलोजी ब्राण्ड कम्पनी 'एसेन्चुयर' मा कन्सल्टेण्टको रुपमा काम गर्नेछिन् ।

Rutgers University's 250 for 250 Student: Aishwarya Sharma. Photo courtesy: Aishwarya's instagram page

ऐश्वर्याले आउँदो स्पृङमा रट्गर्स विश्वबिद्यालयमा आयोजना हुने वोमन इन बिजिनेस सम्मेलनमा को-चेयरको रुपमा भाग लिँदैछिन् ।

आउँदो साल ग्रेयाजुएट भए पछि नयाँ जीवनको नयाँ च्याप्टर शुरु गर्नु लागेकोमा आफू अति नै 'एक्साईटेड' भएको युएसनेपालअनलाईनसंगको कुराकानीमा बताईन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Aishwarya Sharma. Photo courtesy: Aishwarya's instagram page

Aishwarya with her parents Prakash Sharma, Karuna Sharma and youger sister. Photo courtesy: Karuna Sharma

Aishwarya with famed grandmother prominent Nepalese actress Basundhara Bhusal. Photo courtesy: Aishwarya's facebook page

Aishwarya and her classmates on their ship for the Semester at Sea Program in May, 2015. Photo courtesy: Aishwarya Sharma

Read her profile:

-Profile of AISHWARYA SHARMA

http://www.usnepalonline.com/aishwarya-sharma/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.