Inside

All Time Top 50 News

न्यू योर्कको चर्चित सामाजिक संस्था 'अधिकार' को नयाँ कार्यकारी निर्देशकमा पवित्रा बेन्जामिन नियुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 26 January 2017 20:31

Exclusive: 3 photos: न्यू योर्क - न्यू योर्कका नेपाली समुदायमा बिभिन्न सामुदायिक कार्यक्रमहरुद्वारा हजारौं नेपाली आप्रवासीहरुलाई सुबिधा पुर्‍याउँदै आएको अधिकार संस्थाको 'अधिकार' को नयाँ कार्यकारी निर्देशकमा पवित्रा बेन्जामिनलाई नियुक्त गरिएको छ । संस्थाकि संस्थापक सदस्य एबं कार्यकारी निर्देशक लुना रन्जितले स्वअवकास लिएपछि नेतृत्व खोजी गर्ने टिमले गरेको सिफारिसलाई अनुमोदन गर्दै 'अधिकार' बोर्डले बेन्जामिनलाई नियुक्त गरेको हो । नव नियुक्त कार्यकारी निर्देशक बेन्जामिन एम्नेस्टी ईण्टरनेशनलको पूर्व फिल्ड डाईरेक्टर र ईन्टरिम क्याम्पेन म्यानेजर हुन् भने अधिकारमा सन् २०१० देखि बोर्ड सदस्यको रुपमा कृयाशील थिईन् । 'अधिकार' ले बिगत ११ वर्शमा आप्रवासीहरुको हक अधिकारको लागि लड्दै आएको छ भने हरेक बर्ष झन्डै एक हजार नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ । सन् २००५ मा शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको 'अधिकार' को हालको वार्षिक बजेट झण्डै एक मिलियन अमेरिकि डलरको रहेको छ ।

Adhikaar's newly appointed Executive Director Pabitra Benjamin. Photo courtesy: Benjamin's facebook profile

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

गत वर्श सेप्टेम्ब र २८ तारिख 'अधिकार' ले गरेको उल्लेखनिय कामको कदर स्वरुप न्यू योर्क शहरका मेयर ब्लाजियोद्वारा 'अधिकार' कि संस्थापक लुना रन्जितको सम्मानमा सेप्टेम्वर २८ लाई "लुना रन्जित डे" दिवस घोषणा गरिएको छ । त्यसैगरी, सन् २०१२ मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।

Adhikaar's newly appointed Executive Director Pabitra Benjamin with outgoing Executive Director and co-founder of Adhikaar, Luna Ranjita. Photo courtesy: Luna Ranjit's facebook profile

अधिकारले सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ। यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा उर्वशी कौल, रिना गुरुङ, रिन्चेन शेर्पा, शिक्षा खटिवडा र शिर्ले लिन छन्। अधिकारकि डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री हुन् भने अन्य स्टाफहरुमा मीनु गोर्खाली सिंह, अलिया सभर्वाल, अनुपा गेवाली, माया गुरुङ, मेघा लामा, नम्रता प्रधान, पबित्रा दाश सन्ध्या गुरुङ प्रधान र छिरिङ लामा छन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

अधिकार द्वारा जारी प्रेस बिज्ञप्ती पढ्नुहोस:

आदरणीय दिदीबहिनी, दाजुभाई तथा शुभचिन्तक ज्यूहरु,

हाम्रो अथक प्रयास र मेहनत पश्चात अधिकारको नयाँ कार्यकारी निर्देशकको पदमा पवीत्रा बेन्जामिन ज्यूलाई नियुक्त गर्ने सौभाग्य पाएकोमा हामी अत्यन्तै गौरवान्वित भएको महसूस गरिरहेका छौं।

उहाँले यो संस्थालाई सन् २०१० देखि २०१५ सम्म यथासक्य सहयोग गर्नु भएको हो र सन् २०१५ देखि उहाँ अधिकारको कार्यकारिणी सदस्य रहनु भयो। अहिले आएर अधिकारको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्न र यो संस्थालाई हाँक्न स्वीकार गर्नु भएकोमा पनि सम्पूर्ण अधिकार परिवार गौरवान्वित भएको छ। उहाँसंग रहेको राजनीतिक विश्लेषण र सवल नेतृत्वको सीप एवं क्षमताबाट ‘अधिकार’ निश्चय नै सम्पूर्ण रुपले लाभान्वीत हुने विश्वास हामी सबैले गरेका छौं।

उहाँको जीवन सामुदायिक विकासका गतिविधिसँग सम्पूर्ण रुपले आवद्ध रहेको छ। श्रमिक वर्गका बीच हुर्केको उहाँको जीवन सामुदायिक कार्यमा कहिले नेपाल र कहिले अमेरिकामा सक्रिय रहदैं आएको छ। उहाँले आफ्नो किशोरावस्थामा, विस्कन्सिनको म्याडिसनबाट सामुदायिक गतिविधि आरम्भ गर्नु भएको हो र आफ्नो कलेजको विद्यार्थी जीवनमा पनि यसलाई निरन्तरता दिनु भयो। उहाँमा समुदायलाई संगठित गर्ने अतुलनीय संगठन क्षमता मात्र नभएर आर्थिक व्यवस्थापनको पनि गहीरो खुवी रहेको छ। उदाहरणका लागि, उहाँले मल्टीकल्चरल स्टूडेण्ट सेन्टरलाई संगठित गरी चन्दा संकलन गर्ने, कोष निर्माण गर्ने र ५ लाख देखि १० लाख डलर सम्मको बजेट निर्माण गर्नु भएको छ। त्यस बेला देखि उहाँले अन्य आयोजनाहरुका ठूला बजेट निर्माण र कार्यन्वयन समेत गर्नु भएको छ।

विगत दुई दशक देखि पवीत्राजीले विभिन्न जात जाति, वर्ण, वर्ग र लिंग प्रतिको विभेद मेटाउने र अन्तर समन्वय कायम गर्ने दिसामा गर्नु भएको संघर्ष अनि यस कार्यमा उहाँलाई प्राप्त सफल अनुभवले अधिकारको महान् अभियानमा निश्चय नै थप उर्जा प्राप्त हुनेछ। जुन समयमा जुन किसिमको नेतृत्व अधिकारलाई खाँचो छ पवीत्राजीको पद बाहाली एकदमै ठीक समयमा भएको हामीले महसूस गरेका छौं।

पवीत्राजीले अहिले सम्मको आफ्नो सक्रिय जीवनमा संगठन गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ। सव भन्दा पछिल्लो समय, उहाँ एमनेष्टी इण्टरनेशनल यू.एस.ए.मा फिल्ड डाइरेक्टर (Field Director of Amnesty International USA) रहनु भयो र बन्दूकीय हिंशा (Gun violence) तथा आपराधिक न्याय (Criminal justice) सम्वन्धी अन्तरिम अभियान व्यवस्थापकको रुपमा कार्य गर्नु भयो। यसदेखि बाहेक उहाँले जनस्तरमा सञ्जाल फैलिएका संस्थाहरु, जस्तै नेशनल क्वीर एशियन प्यासिफिक आइल्याण्डर एलाएन्स (National Queer Asian Pacific Islander Alliance), दी राएट्स वर्किङ्ग ग्रुप (the Rights Working Group), एशियन एण्ड प्यासिफिक आइल्याण्डर अमेरिकन भोट एण्ड फेयर विस्कन्सिन/ एक्सन WI एडुकेशन फण्ड (Asian and Pacific Islander American Vote and Fair Wisconsin/Action WI Education Fund) आदिमा नेतृत्वदायी ओहदामा रहेर आफ्नो कार्यकुशलताको परिचय दिइसक्नु भएको छ।

पवीत्राजीको नेतृत्व ‘अधिकार’ले यस्तो समयमा पाएको छ जब ‘अधिकार’ले एउटा आकार लिइसकेको छ यसको व्यवस्थापन र सञ्चालनले एउटा गति पक्डिसकेको छ। अहिले भन्दा ११ बर्ष अघि लुना रञ्जित र अरु तीनजना स्वयमसेवीहरु द्धारा सञ्चालित सानो संगठनको रुपमा उदाएको यो संस्था ‘अधिकार’का  सह संस्थापक तथा प्रथम कार्यकारी निर्देशक लुना रञ्जितको नेतृत्वमा क्रमशः झांगिदै गएको हो। यो संस्था नेपाली भाषी आप्रवाशी एवं यहां काम गर्ने समूदायको सामाजिक हक, अधिकार र न्याय कायम गराउने दिशामा एउटा गतिलो मञ्च बनेको छ। अहिले न्यूयोर्क, क्वीन्सको उडसाइडमा हाम्रो कार्यलय छ र ११ जना कर्मचारी सहित हजारौं सदस्य रहेको एउटा वृहद् संस्थाको रुपमा निम्न आय भएका श्रमिक, मजदूर जस्ता नव समूदायको हक अधिकार स्थापित गराउन सक्रिय संस्थाको रुप लिई सकेको छ। आगामी दिनहरुमा हाम्रा योजना तथा कार्यक्रम र चुनौतिहरुलाई सशक्त एवं प्रभावकारी रुपमा अगाडि बढाउन पवीत्राजीको नेतृत्व अत्यन्त सक्षम रहने कुरामा हामी विश्वस्त छौ। उहाँ यो संस्थाको लागि कुनै नयाँ व्यक्तित्व हुनुहुन्न। हाम्रो आन्दोलन र हाम्रो अभियान अझ वढी एकतावद्ध तथा कटिवद्धता रहनेछ र हामी सबै यस अभियानमा उहाँको साथमा हातेमालो गर्ने वचनवद्धता व्यक्त गर्दछौं। पवीत्राजीले आफ्नो कार्यभार यही सन् २०१७ को मार्च महिनामा आरम्भ गर्नु हुनेछ।

यो संस्था ‘अधिकार’तपाई हाम्रै निम्ति हो र हामी सबैका लागि सर्वोपरि छ। यहांहरुकै साथ र सहयोगले हामी यहांसम्म आइपुगेका छौं। यहांहरुबाट आर्थिक लगायत अन्य सहयोग, समर्थन र सहकार्य आगामी दिनहरुमा पनि कायम रहनेछ भन्ने हामीले आशा एवं विश्वास लिएकाछौं । अधिकारका संगठन तथा सामाजिक वकालत निर्देशक नर्बदा क्षेत्री ज्यू खुशी व्यक्त गर्दै भन्नुहुन्छःअधिकारको नयाँ कार्यकारी निर्देशक पदमा पवीत्रा बेन्जामिन बहिनीलाई हार्दिक स्वागत गर्न चाहन्छु। हामी नेपाली भाषी सीमान्तकृत भित्रका वर्गमा पर्छौँ। त्यसैले हाम्रो नेपाली समुदायलाई अर्को तहमा परिवर्तन र पहिचान दिलाई सामाजिक न्यायको क्षेत्रमा रहेको उहाँको सक्रिय अनुभव र सशक्त नेतृत्वले अधिकारलाई अझ थप उचाँई दिलाउन मद्धत पुग्नेछ। उहाँसंग सिक्न र अझ नेतृत्व विकास गर्ने अवसर पाउँदा हामी सबैलाई खुशी र गर्वको अनुभूति भएको छ।

अन्तमा, नयाँ कार्यकारी निर्देशक पवीत्रा बेञ्जामिनलाई तपाईहामी सबैले स्वागत र सहयोग गरौं भनी सबैसंग हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद!

एकतावद्ध,
उर्वशी कौल
अध्यक्ष, सञ्चालक समिति
‘अधिकार’

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-Adhikaar Appoints Its next Executive Director, Pabitra Benjamin

-An emotional farewell to Adhikaar's co-founder Luna Ranjit who gave the voice to many voiceless

-न्यू योर्क शहरका मेयर ब्लाजियोद्वारा 'अधिकार' कि संस्थापक लुना रन्जितको सम्मानमा सेप्टेम्वर २८ लाई "लुना रन्जित डे" दिवस घोषणा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.