Inside

All Time Top 50 News

न्यू योर्कमा उपचार गर्दैछिन् नायिका मनिषा कोइराला PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 07 December 2012 11:30

Exclusive: 7 photos: न्यू योर्क- भारतीय चलचित्रकि एक समयकि चर्चित नायिका तथा नेपालका पूर्व प्रधानमन्त्री बिपि कोइरालाकि नातिनी मनिषा कोइराला यतिखेर न्यू योर्क शहरमा उपचारकोक्रममाछिन्। मनिषाकि न्यू योर्कस्थित नातेदार म्रिदुला कोइरालाकाअनुसार यही आउँदो सोमबार डिसेम्बर १० तारिख नायिका कोइरालाको न्यू योर्क म्यान्हट्टन शहरस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टर अस्पतालमा पाठेघरमा देखिएको क्यान्सर रोगको अप्रेसन हुने भएको छ।

 

Enjoyed a great day . hanging out in a good weather ....long walk in Manhattan ..movie, food & drink .. Now tired.. — June 12, 2012. from Mridula Koirala's facebook photo

नायिका कोइराला गत आईतवार डिसेम्बर २ तारिख न्यू योर्क आइ पुगेकी हुन्। उनको यस अघी भारतको मुम्बईस्थित जसलोक अस्पतालमा उपचार भएको थियो। उक्त अस्पतालबाट डिस्चार्ज भएपछि उनी थप उपचारकोलागि न्यू योर्क आएकी हुन्। उनकोसाथमा उनका पिता प्रकाश कोइराला, आमा सुस्मा कोइराला र भाई सिद्दार्थ कोइरालापनि साथै आएकाछन्।

Actress Manisha Koirala with her parents Sushma Koirala and Prakash Koirala. Photo courtesy: www.manishakoirala.net

सन् १९८६ देखि न्यू योर्क शहरमा बस्दै आएकी मनिषाकि नातेदार तथा नेपाली काँग्रेस उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाले युएस नेपाल अनलाइनसंगको कुराकानीमा पाठेघरमा क्यान्सर जस्तो जोखिम पूर्ण रोग लागेको भएपनि नायिका मनिषामा उच्च मनोबल (High moral) रहेको उल्लेख गरिन्। उनले बुधवार न्यू योर्कको सेन्ट्रल पार्कमा मनिषासंग घुम्न गएको, बेलुकी सेकेन्ड एभेन्युको चाइनिज रेस्टुरेन्टमा डिनर खान गएको र बेलुकी सन् १९४४ को अङ्ग्रेजी चलचित्र The Pearl of Death संगै बसेर हेरेको बताइन्।

नेत्री कोइरालाका अनुसार नायिका कोइरालाले न्यू योर्कको फिप्थ एभेन्यु, ५८ स्ट्रिटस्थित अप्स्केल फेसन स्टोर Bergdorf Goodman मा सपिङ पनि गरेकिछिन्।

Actress Manisha Koirala at Osho Tapoban in Kathmandu. Photo posted by Swami Anand Arun at his facebook profile page.

नायिका कोइरालाले बुधवार डिसेम्बर ५ तारिख आफ्नो फेसबुक स्टाटसमा आफन्त, मित्रहरु र फ्यानहरुलाई सम्बोधन गर्दै सबैको माया र प्रार्थनाकोलागि आभार ब्यक्त गर्दै दुखित नहुन अनुरोध गरेकिछिन्। उनले भनेकिछिन्- "कृपया दुखित नहुनुहोस्, म ठीक छु र ठीक हुनेछु जेजस्तो परिणाम आएपनि। म आभारी छु कि मैले मेरो यो जीवनबाट जति पनि उपहारहरु पाएं। तपाईंहरुको माया र प्रार्थना जस्तै, जीवनको हरेक स्वरुपसंग रमाऔं। फेरी पनि धन्यवाद तपाईंहरुको प्रार्थनाकोलागि। मायाकासाथ एम"

"Dear friends I m writing this as a request..pl no sadness, I hv told my closest friends n fam too..this is part of life.. I m fine n will be fine no matter th out come.. I m in gratitude with all the gifts I hv received from this life..like your love n prayers..lets celebrate life in all forms..thank you again for ur prayers...love m"

Actress Manisha Koirala. Photo courtesy: http://ultimatebollywooddivas.blogspot.com

उनले सोही दिन पोस्ट गरेको अघिल्लो फेसबुक पोस्टमा उल्लेख गरेकिछिन्- "यो जान्नु (रोग बारे) एक आश्चर्यपूर्ण धक्का थियो तर जीवन संधै आस्चर्यले भरिपूर्ण त हुन्छ, आखिर अगाडि बढ्नै पर्छ र सामना गर्नै पर्दछ। आत्मसम्मान र आत्मबिश्वासकासाथ जे परिणाम आउँछ, कृपया चिन्ता नमान्नुस्, मैले अन्त्यन्त राम्रो जिन्दगी बिताउन पाएको छु, जे हुनु छ राम्रो नै हुने छ।"

"Dear friends thank you for all your wishes.. I m in good place n in good hands..with all your love n prayers I m sure I ll recover..it was shocking to know but then life is full of surprises..one must deal with it n move on with faith n dignity..what ever is th out come its for best..I know that..so pl don't worry..I have had a beautiful life so far n I know, what ever will happen will all be good..thank you from bottom of my heart for your prayers..love m koirala"

Actress Manisha Koirala. Photo posted at her facebook profile page.

उनले नेपाली, हिन्दी, तमिल, तेलुगु र मलायलम गरी ७८ चलचित्रमा अभिनय गरेकिछिन्।

उनको पहिलो नेपाली चलचित्र "फेरी भेटौंला" (१९८९) हो र पछिल्लो नेपाली चलचित्र "धर्मा" (२०१०) हो।

उनको पहिलो हिन्दी चलचित्र "सौदागर" (१९९१) हो भने उनले फर्स्ट लब लेटर (१९९१), यलगार (१९९२), इन्सानीयत के देब्ता (१९९३), अनमोल (१९९३), धनवान (१९९३), १९४२: ए लभ स्टोरी (१९९४), यु हि कभी (१९९४), सङ्दिल सनम (१९९४), क्रिमिनल (१९९४), अकेले हम, अकेले तुम (१९९५), अनोखा अन्दाज (१९९५), मिलन (१९९५), गूड्डु (१९९५), राम शस्त्र (१९९५), अग्नी साक्षी (१९९६), दुस्मनी (१९९६), माझ्धार (१९९६), सनम (१९९७), लोहा (१९९७), दिल के झरोखे मे (१९९७), गुप्त: द हिडन ट्रुथ (१९९७), खामोशी: द म्युजिकल (१९९६), दिल से (१९९८), युग पुरुष: ए म्यान हु कम्स जस्ट ओन्स इन अ वे (१९९८), सलाखें (१९९८), अचानक (१९९८), महाराजा (१९९८), कच्चेछे धागे (१९९९), लाल बादशाह (१९९९), लावारीस (१९९९), जै हिन्द (१९९९), कार्तुस (१९९९), मन (१९९९), हिन्दूस्तान कि कसम (१९९९), च्याम्पियन (२०००), खौफ (२०००), बाघी (२०००), राजा को रानी से प्यार हो गया (२०००), ग्रहण (२००१), छुपा रुस्तम: ए म्युजिकल थ्रिलर (२००१), लज्जा (२००१), मोक्ष (२००१), कम्पनी (२००२), जानी दुस्मन: एक अनोखी कहानी (२००२), एक छोटी सि लब स्टोरी (२००२), क्यालकत्ता मेल (२००३), मार्केट (२००३), पैसा वसुल (२००४), मुम्बई एक्सप्रेस (२००५), ताज महल: एन इटर्नल लब स्टोरी (२००५), तुम- ए डेन्जरर्स अब्सेसन (२००५), चाहत- एक नशा (२००५), दर्बाजा बन्द रखो (२००६), अन्जाने- द अननोन (२००६), अन्वर (२००७), तुल्सी (२००८), शिर्फ: लाइभ लूक्स ग्रिनर ओन द आदर साइड (२००८), मेहेबुवा (२००८), एक सेकेन्ड...जो जिन्दगी बदल्दे (२०१०), मप्पिलाई (२०११), आइ एम (२०११), भूत रिटर्न्स (२०१२) र दो पैसे कि धूप, चार आने कि बारीस (२०१२) मा अभिनय गरेकिछिन्। (श्रोत: http://en.wikipedia.org/wiki/Manisha_Koirala)

Actress Manisha Koirala. Photo courtesy: www.bollywoodbilli.com

नायिका कोइरालाले तामिल चलचित्रहरु "बम्बे" (१९९५), "इन्डियन" (१९९६), "मुधलबन" (१९९९), "आलाबन्धन" (२००१), "बाबा" (२००२) र "मुम्बई एक्सप्रेस" (२००५) मा अभिनय गरेकिछिन्। उनले बेङ्गाली चल्चित्र "इस्केप फ्रम तालिबान" (२००४) र "खेल" (२००८) र मलायलम चलचित्र "इलेक्ट्रा" (२०१०) र "इदाभापाथी" (२०१२) मा अभिनय गरेकिछिन्। उनले अभिनय गरेको तेलुगु चलचित्र "क्रिमिनल" (१९९४) र "नगरम" (२००८) हो।

नायिका कोइरालाले 'फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्ड' ५ पटक जितेकिछिन्- सन् १९९५ (१९४२: ए लभ स्टोरी), १९९६ (अकेले हम, अकेले तुम र बम्बे), १९९७ (खामोशी: द म्युजिकल) र १९९९ (दिल से) मा। उनले 'फिल्मफेयर क्रीटिक अवार्ड' सन् १९९७ (बम्बे) र २००३ (कम्पनी) कोलागि पाएकिछिन्।

नायिका कोइरालाको जन्म सन् १९७० को अगस्ट १६ तारिख काठमाडौंमा भएको हो। नायिका कोइरालाको सन् २०१० मा सम्राट ढकालसंग बिहे भएको हो। उनी संयुक्त राष्ट्र संघ जनसंख्या कोशको एक मात्र नेपाली सद्भावनादूत (UNFPA Goodwill Ambassador)  पनि हुन्। उनलाई युएनएफपिएद्वारा सन् १९९९ मा सद्भावनादूतमा नियुक्त गरिएको हो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.