८ औं एनआरएनए विश्व सम्मेलनमा यस कारण नजाने भएँ Print
Share
User Rating: / 0
PoorBest 
Sunday, 08 October 2017 13:42

Exclusive: सन् २०११ मा काठमाण्डौंमा आयोजित ५ औं एनआरएनए विश्व सम्मेलनदेखि म हरेक दुई वर्षमा डाकिने एनआरएनए विश्व सम्मेलनहरूमा डेलिगेटको रूपमा भाग लिंदै आएकोछु। सन् २०१० को जनवरीमा एनआरएन अमेरिका आफ्नो नाममा बिना बैसाखी उभिन सक्ने भएपछि हरेक पटकको एनआरएनए विश्व सम्मेलनमा भाग लिनु मेरा लागि हज जानु, चारधामको तीर्थाटन गर्नु सरह रिचुवल र निक्कै चाँसोको विषय बन्दै आएको छ। हरेक विश्व सम्मेलनमा हुने नवीनतम बिचारहरूके मन्थन, उम्मेदवारहरूको रस्साकस्सी र ७४ देशबाट सहभागी हुने हजारभन्दा बढी प्रतिनिधिहरू र पर्यवेक्षकहरूलाई भेट्न पाउनु र अनुभवको आदानप्रदान गर्ने अवसरलाई मैले वन्स् ईन लाईफ टाईमकै क्षण मान्दै आएकोछु। तर हरेक पटकको सम्मेलनका बेला मान्छेहरूले प्याच्च भन्ने गरेको ‘तपाई त पत्रकार र डेलिगेट पनि, फलानोले टिकट काटी दियो होला नि !” जस्ता ब्यंग्यातमक सोधाईले म संधै मर्माहत हुने गरेकोछु। हरेक पटक आफ्नै खर्च (क्रेडिट कार्ड घोंटेर) जाँदा पनि भन्नेहरूले भन्न कहिल्यै छाडेनन्।

 


हुन त, तत्कालिन मेरी साथी (हाल श्रीमति) डा. विष्णुमाया परियार सन् २०११ मा आईसीसि महासचिवमा उम्मेदवार हुँदा अमेरिकाबाटै गएका एक महानुभावले “बैनी जी, सुन्धारा होटेलमा ४० डिलिगेट छन् ४ हजार डलर दिनुस् उनीहरूको डेलिगेट शुल्क तिरी दिए भोट तिम्रो हुनेछ” भनेर बार्गेनिंग गर्ने दुस्साहस गरेको सुन्ने कान मेरै हुन्। विष्णुले “डेलिगेट शुल्क तिरीतिरी मलाई भोट चाहिंदैन, मसंग यस्तो कुरा नगर्नुस्” भनेको सुन्ने पनि मै हूँ। बिना प्यानल लडेकी उनलाई नेपालको राजनैतिक दलबाट निर्देशित प्रतिद्वन्द्वीले हराए पछि उनले उबेलै एनआरएनमा समय खेर फाल्नु भनेको वाहियात हो भन्ने बुझेकी हुन् तर शेष घले आईसीसि अध्यक्ष बनेपछि अध्यक्ष घलेले कन्भिन्स गरेपछि उनी आईसीसि वुमन ईम्पावरमेण्ट टाक्स फोर्सको चेयर बन्न राजी भएकीथिईन्। यतिखेर अध्यक्ष घलेले दुई कार्यकालमा एनआरएनएलाई राजनीति मुक्त गर्न, पारदर्शी र संस्थागत गर्न थालेको प्रयास अध्यक्ष घलेको टर्म सकिंदानसकिदै भताभुंग हुने सम्भावना बढेर गएकोछ। अध्यक्ष घलेको विश्वासपात्र र उत्तराधिकारी भनेर चिनिएका आईसीसि उपाध्यक्ष भवन भट्टले क्याम्प बदलेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकाछन् भने अध्यक्ष घले समूहले अध्यक्ष घलेकै श्रीमति जमुना घलेलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने टुंगोमा पुगेको समाचार बाहिर आएको छ। यस पटक अकल्पनीय राजनैतिक समीकरण, चलखेल र जोडघटाउ हुने पक्का छ। तर एउटा कुरा चैं पक्का छ- आईसिसी निर्वाचनमा डेलिगेटहरूले आफ्नो आईडी देखाएर र फिजिकल्ली आफै उपस्थित भएर मात्र मत हाल्न पाईन्छ। गुटगत, पार्टीगत र रबरस्ट्याम्प बन्ने हो अनि आफ्नो ईमान र जमान बेज्नेनै हो भने त कस्को के लाग्छ र !

म चैं यस पटक फेरी २-४ हजार डलरको क्रेडिट कार्ड घोंटेर नजाने टुंगोमा पुगेकोछु। र, यो निर्णय मैले २६ वर्षको पव्लिक लाईफमा गरेको सबैभन्दा सही साबित हुनेछ भन्ने कुरामा म सत प्रतिसत ढुक्क छु।

गत साल मेरो गृह राज्य अमेरिकाको न्यू जर्सीमा भएको एनआरएनको नवौं रिजनल कन्फेरेन्समा सम्मेलन कन्भेनरले “पत्रकारहरूले खाईदिएकोले डिलिगेट र पाहुनाहरूलाई भात पुगेन” भनेर पत्रकारहरू र पत्रकारिता पेशाकै हुर्मत लिने प्रयास गरेपछि मैले “एनआरएनएको भातकाण्ड” भनेर समाचारनै लेख्न बाध्य भएको थिएँ। हो, मैले एक पटक आयोजककै अनुरोधमा “भात” खाएको चैं थिएँ तर सम्मेलनमा आएका एक दर्जनभन्दा बढी पाहुनालाई घरमै निम्याएर सत्कार गरेका थियौं। नेपालमा मात्र हैन अमेरिकामा समेत नेपाली पत्रकार र पत्रकारिता पेशाको मानमर्दन गर्ने र हुर्मत लिने कार्यले मेरो २६ वर्षको पत्रकारिता पेशाको दौरान कहिल्यै मिलोमतो गरी एक पैसा पनि नखाएको / नलिएको यो बबुरो मर्माहत हुनु र “अर्कैले टिकट काटीदिएको” भन्ने आरोप झेल्नुभन्दा विश्व सम्मेलनमा नजाँदा नै मेरो पत्रकारिता पेशा दाग लाग्नबाट अलिकति भए पनि बँच्ने मेरो ठम्याई छ। आगे यहाँहरूकै मर्जी !

-प्रदीप परियार थापा मगर
१.सदस्य, एनआरएनए आईसिसी भाषा तथा साहित्य प्रबर्धन उपसमिति २०१५-२०१७
२.सदस्य, एनआरएनए अमेरिका सदस्यता प्रमाणिकरण समिति २०१४
३.सल्लाहकार, एनआरएनए अमेरिका २००९-२०१०
प्रधान सम्पादक
युएसनेपालअनलाईन
न्यू जर्सी, अमेरिका

Read related news at:

-http://www.usnepalonline.com/nrn/

-http://www.usnepalonline.com/nrnusa/

-www.nrnelection.com

Comments

Please login to post comments or replies.