Inside

All Time Top 50 News

न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 08 December 2013 13:48
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित
More photos of 6th Anniversary of USNepalOnline 2013
All Pages

Guest of Honor सम्मानबाट प्रोफेसर डा. विलियम एफ फिसर, श्री पराजुली, गीता खत्री, बसन्ती राई, डान्स थिएटर अफ नेपाल, हामी नेपाली समूह, न्यू योर्क-न्यू जर्सी नेपाली महिला समूह, हेभन्ली पाथ युएसए र श्रीजनाका यात्राहरु सम्मानित
Youth Recognition Award बाट सलिना श्रेष्ठ सम्मानित

Updated: Exclusive: 88 photos:
न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले  आफ्नो छैठौं वार्षिकोत्सब भब्यतापूर्वक मनाएको छ।  उक्त समारोहमा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) बाट प्रोफेसर डा. विलियम एफ फिसर, श्री पराजुली, गीता खत्री, बसन्ती राई, डान्स थिएटर अफ नेपाल, हामी नेपाली समूह, न्यू योर्क-न्यू जर्सी नेपाली महिला समूह, हेभन्ली पाथ युएसए र श्रीजनाका यात्राहरुलाई सम्मानित गरिएको छ भने Youth Recognition Award बाट सलिना श्रेष्ठलाई सम्मानित गरिएको छ।


The Guests of Honor 2013 & Youth Recognition Award 2013 honorees with the organizers at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com).

युएस नेपाल अनलाइन सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु भएको हो। यसले छैठौं बर्ष पार गरी सातौं बर्षमा प्रबेश गरेको छ।

डिसेम्बर ७ तारिख शनिबार न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित ओम शक्ती मन्दिरमा आयोजित उक्त कार्यक्रममा बिशिस्ट अतिथी विश्व साईकल यात्री फुर्तेम्बा शेर्पाले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरे।

युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका अतिथी सम्पादक बिजय थापाले गरेका थिए भने सम्मानित ब्यक्तित्वहरु र संस्थाहरुको परिचय प्रधान सम्पादक प्रदिप थापा मगरले दिएका थिए।

'अतिथी सत्कार सम्मान' (Guest of Honor) 2013 द्वारा सम्मानित ब्यक्तित्व र संस्थाहरु


The Guests of Honor 2013 & Youth Recognition Award 2013 honorees: Prof. Dr. William Fisher, Dean of Graduate Studies, Department of International Development, Community, and Environment, Clark University, MA, USA; Shree Parajuli, Immediate past president, Ridgewood Nepalese, New York; Gita Khatri, president, International Nepali Literary Society (INLS), Central Committee, New York; Basanti Rai, artist, performed 400 stage shows, New York;  Shalina Shrestha, 11 year old, winner of National American Miss New York Pre-Teen Talent 2013; Hami Nepali, Emergency Funding  Group, New York; Srijanaka Yatraharu, Informal Nepalese Literary Group, New York; Heavenly Path USA, New York, for helping orphanage care in Nepal; Dance Theater of Nepal, Promoting Nepalese culture for the last 16 years; NY-NJ Nepali Women Group, for promoting Nepalese culture & recognizing women leadership. Photos: Ashok Pant (NepalPhotoNews.com).

सम्मानित ब्यक्तित्वहरुमा अमेरिकि नागरिक प्रोफेसर डा. विलियम एफ फिसर सन् १९८७ मा नेपालको थकाली जातिको संस्क्रितीमा पिएचडि गरेका खरर नेपाली बोल्ने विद्वान हुन् भने उनी मासाचुसेट्स राज्यस्थित क्लाक विश्व बिद्यालयका डिन हुन्। उनले नेपालीमै आफ्नो पुरा मन्तब्य ब्यक्त गरेका थिए। उनलाई क्लार्क विश्वबिद्यालयबाट मास्टर्स गरेकी उनकै विद्यार्थी डा. बिष्णुमाया परियारले नेपाली ढाका टोपी पहिर्‍याएर स्वागत गरेकी थिईन्।


Prof. Dr. William  F. Fisher receiving USNepalOnline's 'Guest of Honor' award from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

सम्मानित ब्यक्तित्व श्री पराजुली न्यू योर्कको रिज्वूड नेपालीज सोसाइटीका निबर्तमान अध्यक्ष हुन् । उनको नेत्रित्वमा रिज्वूडमा नेपाली सामूदायिक भवन र दुर्गा मन्दिर निर्माण गर्न ५ लाख डलरको जग्गा खरिद गर्न सोसाइटी सफल भएको छ।


Shree Parajuli receiving USNepalOnline's 'Guest of Honor' award from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

त्यस्तै, सम्मानित ब्यक्तिव गीता खत्री अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समिती कि पहिलो महिला अध्यक्ष हुन्। उनी दुई कविता गिती संग्रह र दुई वटा गिती एल्बमकि लेखिका पनि हुन्।

Gita Khatri receiving USNepalOnline's 'Guest of Honor' award from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

उता सम्मानित ब्यक्तित्व बसन्ती राई सन् १९९८ देखि अमेरिकि समाजमा ४०० भन्दा बढी लाइभ स्टेज लोक न्रित्य प्रस्तुत गरेर नेपाली संस्क्रितीलाई चिनाउन सफल कलाकार हुन्।


Basanti Devi Rai receiving USNepalOnline's 'Guest of Honor' award from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

'गेस्ट अफ अनर' सम्मानबाट सम्मानित संस्थाहरुमा 'डान्स थिएटर अफ नेपाल' न्यू योर्कमा बिगत १६ बर्षदेखि नेपाली संस्क्रितीलाई प्रचार गर्ने संस्था हो। उक्त संस्थाका संस्थापकहरुमा अमेरिकि नागरिक सेरी ओना र नेपाली नागरिक संगितकार एबं न्रित्य निर्देशक राज कपूर हुन्।


Sherry Onna and Raj Kapoor of Dance Theater of Nepal receiving USNepalOnline's 'Guest of Honor' award from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

अर्को सम्मानित संस्था 'न्यू योर्क न्यू जर्सी नेपाली महिला समूह' ले बिगत ६ बर्षदेखि न्यू योर्कमा नेपाली महिलाहरुको चाड तीजका अबसरमा नेपाली दिदिबहिनीहरुलाई भेला पार्दै, नेपाली संस्क्रितीलाई प्रबर्धन गर्दै र सकृया महिला अगुवाहरुलाई सम्मान गर्दै आएको छ।

त्यस्तै, सम्मानित संस्था 'हामी नेपाली' समूह न्यू योर्कका समाजसेवी भावना भएका नेपालीहरुले नेपालीहरुलाई आपदबिपद पर्दा सहयोग गर्न बनाएको संस्था हो। यसले बिभिन्न समयमा आपदमा परेका नेपालीहरुकालागि आर्थिक सहयोग प्रदान गर्दै र आर्थिक संकलन गर्दै आएको छ।

उता सम्मानित संस्था 'हेवन्ली पाथ युएसए' ले नेपालमा अनाथ बालबािलकाहरूकालािग न्यू सोर्कमा प्रयोग गरिसकिएको क्यान बोटल संकलन गरी बेचेर उठेको अढाई लाख रूपैंया नेपाल पठाई सकेको छ ।

त्यसैगरी, सम्मानित संस्था 'श्रीजनाका यात्राहरु' न्यू योर्कमा सन् २००८ देखि निरन्तर हरेक महिनाको पहिलो आईतवार साहित्यिक रचना बाचन कार्यक्रम सन्चालन गर्दै आएको नेपाली साहित्यकारहरुको समूह हो। यसले हालसम्म ४५ औं साहित्यिक श्रिङ्गखलाको आयोजना गरिसकेको छ।

'Youth Recognition Award' 2013 द्वारा सम्मानित ब्यक्तित्व

Shalina Shrestha receiving USNepalOnline's 'Youth Recognition Award' from World Tour Cyclist Furtemba Sherpa at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

'युथ रिकग्निसन अवार्ड' पुरस्कारद्वारा सम्मानित सलिना श्रेष्ठ प्रतिभाशाली कलाकार हुन्। उनले यसै बर्ष सन् २०१३ मा गीत र न्रित्यमा १०७ जना अमेरिकि बालिकाहरुलाई उछिन्दै ''नेसनल अमेरिकन मिस प्रि-टिन न्यू योर्क ट्यालेन्ट' टाइटल जित्न सफल बाल कलाकार हुन्।

The guests and organizers at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

'Guest of Honor' and 'Youth recognition Award' 2009, 2010, 2011  2012 द्वारा सम्मानित ब्यक्तित्व र संस्थाहरु

युएस नेपाल अनलाइनले आफ्नो वार्षिकोत्सबमा समाजमा योगदान पुर्‍याएका ब्यक्तित्व र संस्थाहरुलाई सम्मान गर्न थालेको सन् २००९ मा सम्पन्न दोश्रो वार्षिक उत्सब समारोहदेखि हो। हालसम्म सम्मानित ब्यक्तित्वहरु निम्नानुसार छन्-


The Guests of Honorees 2012: (1) Eva Kasell, co-founder & president, Empower Dalit Women of Nepal (EDWON), Boston, MA; (2) Thaneswor Rai, father of Karate in Nepal & immediate past president US Nepal Sports & Cultural Development Inc., New York; (3) Chhongba Sherpa, president, United Sherpa Association, New York; (3) Dendi Sherpa, folk singer, musician, New York; (5) Indra B Tamang, first Nepali Photographer in, New York; (6) Mridula Koirala, producer of first Nepali American movie “Ista Mitra” (1998). Photos; eEyecam.com, honorees fb profile page

Youth Recognition Award 2012 honorees: (1) Sonesh Gurung, Sports Star Kid, MVP (Baseball), New York; (2) Rohit Timalsina, Multiple Guinness World Records Holder, New York; (3)  Sukharaj Rai, Multi-media, Graphic Designer, DigiPlus Inc., New York; (4) Wakasha Bantawa, secretary, Kirat Rai Society of America (KRSA), singer, performer, New York.Photos; eEyecam.com, honorees fb profile page

The Guests of Honor 2011 honorees: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file

The Guests of Honor 2010 honorees: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Dr. Bishnu Maya Pariyar and the Guests of Honor 2009 honoree: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com

अतिथी बक्ताहरुद्वारा सम्बोधन

उक्त समारोहमा बिभिन्न अतिथी बक्ताहरुले सम्बोधन गरेका थिए । बक्ताहरुले युएस नेपाल अनलाइनलाई छैंठौं बर्ष पार गरी सातौं बर्षमा प्रबेश गरेकोमा बधाई दिदै आ-आफ्नो मन्तब्य राखेका थिए।

अतिथी बक्ताहरुमा त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रशाद लुइटेल, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियार, सेतो धरती उपान्यासकालागि मदन पुरस्कार बिजेता लेखक अमर न्यौपाने, लक्ष्मी प्रतिस्ठानका संस्थापक बिष्णु गौतम, अनेसास नेपाल च्याप्टरका सचिब तथा ज्योति साहित्य प्रतिस्ठानका अध्यक्ष मणी राज सिंह, लोक गीतमा पिएचडि गरेका डा. कुशुमाकर न्यौपाने, ३७ बर्षसम्म नेपालमा माद्यमिक बिद्यालयका प्रधानाध्यापक रहेका शिक्षक देबिप्रशाद भट्टराई, अमेरिका नेपाल सोसाइटीकि उपाध्यक्ष, लेखिका तथा खेलाडी ब्यक्तित्व सिता पाण्डे र विश्व सन्देश साप्ताहिक, न्यू योर्कका प्रधान सम्पादक बिजय पौडेल थिए।

कार्यक्रमको सन्चालन कलाकार शैलेश श्रेष्ठ, प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राई र प्रियाङ्का थापा मगरले रोचक र सफलतापूर्वक गरेका थिए।

नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान कार्यक्रम

अमेरिकामै एक मात्र मुनाफारहित (501 (c)3 non-for-profit) नेपाली अमेरिकन संचार (मिडिया) कोरुपमा बिगत ५ बर्षदेखी निरन्तर सामूदायीक समाचारमा बिशेष दखल र लोकप्रियता कमाएको युएस नेपाल अनलाइनलाई चीरकालसम्म जिबित राख्न आफ्नो संरक्षकत्व प्रदान गर्ने नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान गरेको छ। हालसम्म ५३ आजीवन सदस्यहरु बनेकाछन्, तल हेर्नुहोस्।

The new Life Members at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

उक्त समारोहमा न्यू योर्ककि कलाकार बिनिता पौड्याललाई मानार्थ आजीवन सदस्यता प्रदान गरियो। उनी फोक्सोको रोगबाट मृत्‍युसंग जुध्दै नयाँ जीवनको प्रतिक्षामा संघर्शरत छिन्।

Honorary Life Member Binita Poudyal speaking at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

समारोहमा गायक कलाकारहरु नरबहादुर र पबिता परियारले आ-आफ्नो समधुर गीत गाएका थिए भने बाल कलाकार सलिना श्रेष्ठले आफूले मिस ट्यालेन्ट जित्दा आएको टेलर सिफ्टको 'लब स्टोरी' गीत र 'हेरेकोहेरेकै' बोलको गीत प्रस्तुत गरेकी थिईन्। उता बाल कलाकारहरु आयुशा श्रेष्ठ ( बर्ष ६), जारा प्रसाई ( बर्ष ५) र सिम्रन अधिकारी ( बर्ष ५) ले खुब मीठो न्रित्य प्रस्तुत गरेर पाहुनाहरुलाई लठ्ठ पारे।

Shalina Shrestha. Photos: Ashok Pant (NepalPhotoNews.com).

Ayusha Shrestha. Photos: Ashok Pant (NepalPhotoNews.com).

Zara Prasai. Photos: Ashok Pant (NepalPhotoNews.com).

Simran Adhikari. Photos: Ashok Pant (NepalPhotoNews.com).

Pabita Pariyar.

 

Narbahadur Dahal. Photos: Ashok Pant (NepalPhotoNews.com).

समारोहमा नेपाल फोटो न्यूज डट कमका अशोक पन्तले बिशेष फोटोग्राफी गरेका थिए भने फोटोहेर डट कमका आङकामी शेर्पा, मानबहादुर राना मगरले फोटोग्राफी गरेका थिए। स्वयमसेवीकोरुपमा सुजु गुरुङ, उशा श्रेष्ठ, अस्मिता घिमिरे, दामु शेर्पा र अनुप घिमिरे खटेका थिए।

दिदी-बहिनीहरुको सौजन्यमा सेल रोटी र अचारको स्वाद

युएस नेपाल अनलाइनका आजीवन सदस्य दिदी-बहिनीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको 'होममेड' सेल रोटी, आलुदम, पुलाउ, अचार र अन्य परिकारहरु उपस्थित पाहुनाहरुलाई खुवाइएको थियो। खाजा प्रायोजन गीता खत्री, चन्द्रकुमारी तमु, सिता परियार, पेम्बा डोमा शेर्पा, बिष्णुमाया परियार, शान्ता िघमिरे र रमा पुन मगरले गरेका थिए।

युएस नेपाल अनलाइन (www.usnepalonline.com) विश्व भरका १ सय १० भन्दा बढी मुलुकबाट दिनहुँ हेरिन्छ। सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन अहिलेसम्म झन्डै २५ करोड (250 million) भन्दा बेशी पटक हेरिसकिएको छ। यो समाचार साइट दिनहुँ झन्डै डेढ लाख पटक हेरिन्छ।

युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्) र सन् २०१२ मा पाँचौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

Our anniversary update: http://usnepalonline.com/anniversary/

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित
More photos of 6th Anniversary of USNepalOnline 2013
All Pages
Page 1 of 2

Dawa Sherpa Hyolmo. Photos: Ashok Pant (NepalPhotoNews.com).


Bijay Thapa. Photos: Ashok Pant (NepalPhotoNews.com).







Devi P. Bhattarai. Photos: Ashok Pant (NepalPhotoNews.com).





Actress Binita Poudyal. Photos: Ashok Pant (NepalPhotoNews.com).



World Tour Cyclist Furtemba Sherpa and EDWON's founder Dr. Bishnu Maya Pariyar. Photos: Ashok Pant (NepalPhotoNews.com).



Heavenly Path USA Group. Photos: Ashok Pant (NepalPhotoNews.com).



USNepalOnline.com's Editor-in-Chief Pradeep Thapa Magar. Photos: Ashok Pant (NepalPhotoNews.com).



Dance Theater of Nepal Group. Photos: Ashok Pant (NepalPhotoNews.com).



Prof. Dr. William F. Fisher. Photos: Ashok Pant (NepalPhotoNews.com).




NY-NJ Nepali Women Group members Narbada Chhetri and Renu Sapkota. Photos: Ashok Pant (NepalPhotoNews.com).

न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित
More photos of 6th Anniversary of USNepalOnline 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.