Inside

All Time Top 50 News

न्यू योर्कमा दोश्रो वार्षिक लेडिज नाइट सम्पन्न, क्याट वाकदेखि इलेफेन्ट वाक ! PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 03 July 2012 02:30
Article Index
न्यू योर्कमा दोश्रो वार्षिक लेडिज नाइट सम्पन्न, क्याट वाकदेखि इलेफेन्ट वाक !
More photos of 2nd Annual Ladies Nite 2012
All Pages

Special: 44 photos: न्यू योर्क- "न्यू योर्क-न्यू जर्सी नेपाली महिला समूह" द्वारा दोश्रो वार्षिक लेडिज नाइट भब्यतापूर्वक सम्पन्न भएको छ।


The 2nd Annual Nepalese Ladies Summer Nite was held in New York on June 30, 2012. Photo: Punam Rana Magar Malla

न्यू योर्कमा बढ्दै गएको गर्मीलाई चुनैती दिदै जुन ३० तारिख शनिबार उड्साइड न्यू योर्कस्थित सगरमाथा रेस्टुरेन्टमा महिलाहरुलाई मात्र निम्ता र प्रबेश दिइएको उक्त कार्यक्रममा भेला भएका नेपाली महिलाहरुले म्युजिकल चेयर, फेसन शो, एकाङ्की नाटक र ओपेन आवोरअन्तर्गत कविता, गीत र न्रित्य प्रस्तुत गरेका थिए।

The 2nd Annual Nepalese Ladies Summer Nite on June 30, 2012. Photo: Punam Rana Magar Malla

म्युजिकल चेयरअन्तर्गत सुमित्रा राई प्रथम भईन् भने कुन्ती थापा दोश्रो र ओमि अमात्य तेश्रो भईन्।

उता शारदा क्षेत्रीको लेखन्, निर्देशन र अभिनयमा नम्रता प्रधानसंग मिलेर मन्चन गरिएको नाटक "स्विट सिक्सटिन (Sweet Sixteen)" मा नेपाली किशोरी बनेकी शारदाले अमेरिकन बोइफ्रेन्ड बनेकी नम्रतासंग गरेको रसरंगले धेरैलाई हँसाएको थियो।

नम्रताले भनेको "तिमी त अली मोटी भइछौ नि !" भनेको जवाफमा शारदाले लाडिदै भनेकी थिईन्- ("नो डार्लिङ, आइ वाज सेबेन्टिन लास्ट इयर, नाउ आइ एम सिक्सटिन फर यू" (हैन प्रिय, म गएको बर्ष १७ बर्ष कि थिएं, यो बर्ष तिम्रैलागि १६ बर्षकि भएकी छु।)

Fashion Show at The 2nd Annual Nepalese Ladies Summer Nite in New York on June 30, 2012. Photo: Punam Rana Magar Malla

यसपाली यि महिला आयोजकहरुले डिजेको काम पनि आफैले सम्हालेका थिए। भारती राई र कुन्ता रावत पहिलो पटक डिजे बनेका थिए । पछिलतिर बस्ने दिदिबहिनीहरुले चाँही सिकारु डिजेले साउण्ड मिलाउन नसक्दा सुन्न गाह्रो भएको सिकायत गरेका थिए तर आफ्नै महिला संगीहरुले डिजे गरेकोले गर्दा माफि दिए।

Ladies DJ Bharati Rai and Kunta Rawat. Photo: Lakshin Lama.

अर्कोतिर, ३ बर्षदेखि ५३ बर्षसम्मका बालिका र महिलाहरुले फेसन सो गरेका थिए। आयोजकमध्येकि नर्बदा छेत्रीले उक्त फेसन सोमा क्याट वाक (बिरालो हिडाइ) देखि काउ वाक (गाई हिडाइ) र इलेफेन्ट वाक (हात्ती हिडाइ) सम्म गरेको जानकारी गराइन्।

तर उनले आफू रक्सी नखाएपनि रक्सी खाने दिदिबहिनीहरुकोलागि पहिलो पटक रक्सी बाड्ने बारटेन्डर बनेको बताउँदै गाई र हात्ती हिडाइ कस्तो थियो देख्न नपाएको गुनासो पोखिन्।

The organizers L to R: Sunita Hamal, Narbada Chhetri, Punam Rana Magar Malla, Lakshin Lama, Renu Shapkota, Sandhya Gurung Pradhan and Angelina Rana Magar Malla. Photo courtesy: Lakshin

युएस नेपाल अनलाइनकि आजीवन सदस्य लक्षिन लामा र पुनम राना मगर मल्लले सुटुक्क पठाएको फोटोहरु आफै बोल्छ कि उनीहरुले जे हिडाइ गरेर फेसन शो गरेपनि नेपालमा महिला मात्रले गरिने रत्यौलीको अर्को रुपको यो कार्यक्रमबाट दिदिबहिनीहरुले भरपुर मजा लुटेका थिए।

From left the organizing committee member Janesh Gurung leading the cat walk aka cow walk aka elephant walk at the ladies nite. Photo: Punam Rana Magar Malla

यही समूहको आयोजनामा बिना औपचारिक संस्था पनि बिगत दुई बर्ष देखि तीज चाड कार्यक्रममा हरेक बर्ष ४/५ सय नेपाली दिदिबहिनीहरुलाई एक ठाउँमा भेला पार्दै रमाइलो गर्दै आएको छ। (हेर्नुहोस्-१, हेर्नुहोस्-२)

उसो त आयोजक मध्येका केही महिलाहरुको एक महिला संस्था थियो तर त्यसमा 'पोलिटिक्स' मा "राजनीति" घुसेपछि बरु उल्टै उनीहरु आफैले उक्त संस्थालाई बैठकबाटै निर्णय गरी बिधिबत बिघटन गरेका थिए।

लेडिज नाइट कार्यक्रमको आयोजकहरुमा उक्त बिघटित महिला संस्था 'नेपाली वोमेन वेल्फेर अर्गनाइजेसन' कि पूर्व अध्यक्ष रेणु शर्मा सापकोटा, 'अधिकार' संस्थाकि एड्भोकेसी डाइरेक्टर नर्बदा छेत्री, सुनिता हमाल, जनेश गुरुङ, सन्ध्या गुरुङ प्रधान, कुन्ता रावत, शासिकला लामा, ब्रिन्दा राई, प्रभा अधिकारी, पेमा शेर्पा, पुनम राना मगर मल्ल, नम्रता प्रधान, भारती राई र शारदा छेत्री रहेका थिए।

-Prathaa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it . Also contributed by Lakshin Lama and Narbada Chhetri for this news story.

Read related news:

-न्यू योर्कमा रमाइलो 'नेपाली लेडिज नाइट' सम्पन्न

-पहिलो लेडिज नाइट: न्यू योर्कमा नेपाली महिलाहरुको रत्यौली "लेडिज नाइट" को रमझम हेर्ने होइन?

-न्यू योर्क तीज महोत्सबमा नेपाली दिदि-बहिनीहरुको लर्को, ५ जना नेपाली महिलाहरु सम्मानित

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

The organizing committee member Renu Sapkota (right) speaking at the event. Photos: Lakshin Lama.

The organizing committee member Narbada Chhetri (center) speaking at the event. Photos: Lakshin Lama.

The organizing committee members Bharati Rai, Janesh Gurung, Punam Rana Magar Malla and Sandhya Gurung Pradhan. Photos: Lakshin Lama.



Photos: Lakshin Lama.





Photos: Lakshin Lama.





Photos: Lakshin Lama.



Sharada Kshetry, Kriti Thapa Roka Magar. Photos: Lakshin Lama.


Brinda Rai and Lalita Thapa. Photos: Lakshin Lama.

Santa Ghimire, Lalita and Thapa and...Photos: Lakshin Lama.

Mridula Koirala and Renu Sapkota. Photos: Lakshin Lama.

Prinyaka Thapa Magar at the ladies Nite. Photos: Lakshin Lama.

More photos of 2nd Annual Ladies Nite 2012
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.