Inside

All Time Top 50 News

न्यू योर्कमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न, बुद्ध जन्म दिवसलाई 'नेपाल डे' कोरुपमा मान्यता दिन माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manbahadur Rana Magar   
Monday, 27 May 2013 13:25

Special: 14 photos: न्यू योर्क- न्यू योर्कमा नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा २५५७ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ। उक्त अबसरमा महासंघले नेपाल सरकारसंग बुद्ध जन्म दिवसलाई 'नेपाल डे' कोरुपमा मान्यता दिन माग गरेको छ।


The 2527th Buddha Jayanti was celebrated in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar

मेई २६ आईतबार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको बुद्ध जयन्ती समारोहमा महासंघका कार्यबाहक अध्यक्ष बिनोद पोमोले संयुक्त राष्ट्रसंघकालागि नेपाली स्थायी नियोग न्यू योर्कका प्रतिनिधि घनश्याम लम्साललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै उक्त माग गरिएको हो।

FIPNA acting president Binod Pomo handing over memorandum to Nepal Government representative Ghanashyam Lamsal at the 2527th Buddha Jayanti celebration in New York. Photos: Man B Rana Magar

उक्त बुद्ध जयन्ती समारोहमा बुद्ध पुजा र बन्दना लामा गुरु घेसे टाशी दोर्जेले गरेका थिए भने न्यू योर्कका झन्डै डेढ सय नेपालीहरुले बुद्धको प्रतिमूर्तिमा परम्परागत खादा फल फूल तथा भेटि चढाई दर्शन गरेका थिए।

शान्तिका अग्रदूत महामानव गौतम बुद्ध (सिद्धार्थ गौतम) को जन्म ईशा पूर्व २५२७ बर्षअघि जेष्ठ महिनाको पुर्णिमाका दिन नेपालको कपिलबस्तु, लुम्बिनीमा भएको थियो। यो बर्षको पुर्णिमा जेष्ठ ११ गते (मेई २५ तारिख) दिन परेको थियो।

समारोहमा लामा गुरु घेसेले यो दिन महामानव गौतम बुद्धको जन्म दिनमात्र नभएर ज्ञान प्राप्त गरेको दिन र संसार छाडेर जानु भएको दिन पनि एकै दिन भएकोले बौद्ध धर्मावलम्बीहरुकोलागि बुद्ध जयन्ती अत्यन्तै महत्वपूर्ण रहने प्रबचनको क्रममा जानकारी गराए । उनले गौतम बुद्धको ध्यान लिएर हामी सबैले आफ्नो मन र परिवार शान्त भए मात्र विश्व शान्ति हुन सक्ने बताए।

Devotees worshiping Buddha at the 2527th Buddha Jayanti celebration in New York on May 26, 2013. Photos: Man B Rana Magar

'बुद्ध जन्म दिवस' लाई 'नेपाल डे' (नेपाल दिवस) कोरुपमा मान्यता दिन माग

महामानव गौतम बुद्ध एशियाको तारा तथा विश्व शान्तिकै अग्रदुतकोरुपमा संयुक्त राष्ट्र संघ तथा विश्वले मनन गरि सकेको अवस्थामा विश्वभरि बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले 'बुद्ध जन्म दिवस' लाई 'नेपाल डे' (नेपाल दिवस) कोरुपमा मनाउन समारोहमा महासंघका कार्यबाहक अध्यक्ष बिनोद पोमोले संयुक्त राष्ट्रसंघकालागि नेपाली स्थायी नियोग न्यू योर्कका प्रतिनिधि घनश्याम लम्साललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै माग गरे।

बिशेष अतिथिकोरुपमा उपस्थित नेपाली स्थायी नियोग न्यू योर्कका प्रतिनिधि लम्सालले ज्ञापनपत्र ढिलो नगरी सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाउदै नेपाल सरकारकोतर्फबाट पनि गत शुक्रबार बेलुका अठार देशका प्रतिनिधिहरुसंग बुद्ध जयन्ति मनाएको जानकारी गराए ।

Nepalese American at the 2527th Buddha Jayanti celebration in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar

समारोहमा लुम्बिनी बिकाश कोषका पूर्व सचिब आङ्ग दावा शेर्पाले गौतम बुद्ध तथा लुम्बिनीको महत्व, बुद्ध नेपालमा जन्मिएको सम्बन्धि ईतिहासिक तथा पुरातात्विक आधारहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै बंशलाल तामाङ, कानुनिबिद रमेश श्रेष्ठ, पूर्व अधिवक्ता दुर्गा सुब्बा, कृष्ण पोख्रेल, संगिनी राना मगर र नर्बदा क्षेत्रीलगायतले आ-आफ्नो मन्तब्य राखेका थिए भने बुद्ध भगवान सम्बन्धि काबिता बुद्ध चेम्जोङ्गले बाचन गरेका थिए ।

महासंघका कार्यबाहक अध्यक्ष बिनोद पोमोको अध्यक्षतामा सम्पन्न भएको समारोहमा कार्यक्रम ब्यबस्थापन संयोजक भोजराज थोकरले स्वागत मन्तब्य राखेका थिए भने महासचिब दिपेश लिम्बुले कार्यक्रम संचालन गरेका थिए ।

समारोह को अन्त्यमा पूर्ण साकाहारी भोजन र प्रशाद ग्रहण गराईएको थियो ।

-Man B Rana Magar in New York



The 2527th Buddha Jayanti celebration in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar





The 2527th Buddha Jayanti celebration in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar







The 2527th Buddha Jayanti celebration in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar




The 2527th Buddha Jayanti celebration in New York by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) on May 26, 2013. Photos: Man B Rana Magar

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.