Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुग युएसएद्वारा २१४० औं छुमो डुल्लो ग्याल्पो लोसार-२०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 752
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Tuesday, 26 February 2013 11:06

Special: 11 photos: न्यू योर्क- हरेक बर्ष झै यस बर्ष पनि बौद्दमार्गीहरुको महान चाड २१४० औं छुमो डुल्लो ग्याल्पो लोसारको शुभअवसरमा शेर्पा किदुग अमेरिकाद्वारा लोसार साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।


 

The 2140th Sherpa Lhosar celebrated in New York by United Sherpa Association USA (Sherpa Kyidug) in New York on February 23, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)

फेब्रुवरी २३ शनिबार न्यू योर्क शहरको म्यान्हट्टनस्थित आर्मेनियन चर्चमा आयोजना गरिएको उक्त लोसार साँस्कृतिक साँझमा बौद्द परम्पराअनुसार बिहान साङ् सेर्किम पूजा गरी शुभारम्भ गरिएको थियो भने दिउँसो शेर्पा बिद्यार्थीहरुको सामुहिक संगठन NSSP (Network of Sherpa Student and Professional) द्वारा बिद्यार्थीहरु माझ हाजिरी जबाब, चेस र चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो

लोसार उद्घाटन समारोह

नेपाल र अमेरिकाको राष्ट्रिय गानहरुसंगै शुभाराम्भ गरिएको लोसार उद्घाटन कार्यक्रममा शेर्पा लोसार साँस्कृतिक कार्यक्रमका संयोजक गेल्मु शेर्पाद्वारा स्वागत मतब्य ब्यक्त गरिएको थियो।

Chhongba Sherpa, outgoing president of United Sherpa Association USA (Sherpa Kyidug) at Lhosar Nite in New York on February 23, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)

किदुगको अध्यक्ष छोङ्बा शेर्पाको सभापतित्वमा आयोजित दोस्रो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकोलागि नेपाल नियोगका स्थायी कार्यवाहक प्रतिनिधि सेवा लम्साल अधिकारी हुनुहुन्थ्यो।

बिशिस्ट अतिथीहरुमा न्यू योर्क सिटीका कोमट्रोलर जोन सि लिउ, संयुक्त राष्ट्रसंघकालागि भुटानका स्थाई प्रतिनिधि तथा राजदुत टाशी लाटु वाङ्चुक र शेर्पा किदुगका प्रमुख लामा स्यारे टुल्कुको उपस्थिती रहेको थियो।

त्यसैगरी, अन्य आमन्त्रित अतिथीहरुमा बौद्द विद्वान डा. युला शेर्पा, साँस्कृतिक केन्द्रका संयोजक छोङ्बा लामा, शेर्पा किदुगका भुपु अध्यक्षहरु एबम बर्तमान सल्लाहकार हरु कर्मा गेल्जेन शेर्पा, सोनाम गेल्जेन शेर्पा, लोप्सङ ठिन्ले शेर्पा र छेवाङ शेर्पा लामा, आङ दावा शेर्पा, निर्वाचन समितिका संयोजक काजी शेर्पा, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपध्यक्ष बिनोद पोमो लिम्बु, फिप्ना महासचिब दिपेश लिम्बु, सिन्धु वेलफेर सोसाइटिका अध्यक्ष बंशलाल तामाङ, अधिकारकी कार्यकारी निर्देशक लुना रञ्जित, नेपाल अमेरिका पत्रकार महासंघका अध्यक्ष तथा एभरेष्ट टाईम्सका संम्पदाक आङछिरिङ शेर्पालगायत न्यू योर्कस्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती थियो।



किदुगका कोषाध्यक्ष नुकु डोल्मा शेर्पाले किदुगको दुई बर्षको आर्थिक गतीबिधीका प्रतिबेदन र महासचिब दावा जाङ्बु शेर्पाले किदुगका दुई बर्षको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। शेर्पा किदुग संरक्षक समितिकका संयोजक छोङ्बा लामा शेर्पाले शेर्पा साँस्कृतिक केन्द्र (गुम्बा) को गतिबिधीको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। किद्गका अध्यक्ष छोङ्बा शेर्पाले धन्यवाद मन्तब्य र महासचिब दावा जाङ्बु शेर्पाले कार्यक्रम संचलान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथी अधिकारीले शुभकामना मन्तव्य राख्दै नेपालभन्दा टाढा प्रदेशमा आएर पनि शेर्पाहरुले आफ्नो मौलिक धर्म र संस्कृतिको संरक्षण र सम्बर्दन गर्नुकासाथै विश्वमा नेपाल र नेपाली चिनाउनलाई शेर्पा जातिले गरेको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो। उहाँले शेर्पा किदुगले न्यू योर्कमा समग्र नेपालीहरुको हितमा काम गरेकोमा पनि प्रशसा गर्नु भयो।

संयुक्त राष्ट्रसंघकालागि भुटानका स्थायी प्रतिनिधि टाशी लाटु वाङचुकले अपार संस्कृतिका धनी शेर्पाहरुसँग आफू परिचित भएको उल्लेख गर्दै न्यू योर्कमा शेर्पा किदुगले गरेको रचनात्मक कृयाकलापको प्रंशसा गर्नु भएको थियो।

Chhongba Sherpa, outgoing president of United Sherpa Association USA (Sherpa Kyidug) receiving commentation from New York City Comptroller John C Liu at Sherpa Lhosar Nite in New York on February 23, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)

न्यू योर्क शहर कोम्ट्रोलर कार्यालयकोतर्फबाट किदुगलाई प्रसंशा पत्र प्रदान

उता न्यू योर्क सिटीका कम्ट्रोलर जोन सि लिउले आप्रबशीहरुलेनै अमेरिकाको निर्माण गरेको उल्लेख गर्दै न्यू योर्कमा शेर्पा किदुगले गरेको कार्यहरुको प्रशांस गर्नु भएको थियो। कम्ट्रोलर लिउले कोम्ट्रोलर कार्यालयकोतर्फबाट प्रसंशा पत्र (commendation letter) किदुगलाई प्रदान गरेका थिए।

शेर्पा किदुगद्वारा पाँच जना ब्यक्तित्वलाई सम्मान

कार्यक्रममा शेर्पा किदुगलाई महत्वपूर्णरुपमा सहयोग गर्ने पाँच जना महानुभाबलाई प्रसंशा पत्रसहित सम्मान गरिएको छ। सम्मनित हुनेहरुमा फुरनिमा शेर्पा, जाङ्बु शेर्पा, जिकु लामा, आङ गेल्जेन शेर्पा र छोङ्बा लामा हुनुहुन्छ्। सोही कार्यक्रममा यस बर्षका ल्हप्सो आयोजक समितिका सदस्यहरुलाई पनि खादा लगाइ सम्मान गरियो। यस बर्षका ल्हप्सो अयोजकहरुबाट सम्पूर्ण खर्च कटाइ बाँकी रहेको $१०००७ (दश हजार सात डलर) नगद किदुगलाई हस्तान्तरण गरिएको छ।



लोसार साँस्कृतिक साँझ

२१४० औं लोसार पर्वको अबसरमा आयोजित बिबिध साँस्कृतिक कार्यकममा बाल कलाकारहरुद्वारा प्रार्थना र स्याब्रु न्रित्य प्रस्तुत गरिएको थियो भने कलाकार देन्डी शेर्पा र पासाङ छिरिङ शेर्पाकोको समुहले शेर्पाहरुको परम्परगत स्यब्रु नित्र्य र गीत प्रस्तुत गरेका थिए।

गायक कर्मा शेर्पाको बेजोड प्रस्तुतीसंगै बालकलाकारहरुको आकर्षक प्रस्तुती रहेको उक्त कार्यक्रमको संचालन देचेन शेर्पा र मिङमार छिरिङ शेर्पाले गरेका थिए। अन्त्यमा स्यब्रु निर्त्य र डि जे कार्यक्रमसहित यस बर्षको लोसार सांस्कृतिक कार्यक्रमको समपान गरेको थियो।

किदुगको नयाँ कार्य समिती (२०१३-२०१५) को चयन

यसैबिच, किदुगको निर्वाचन समितीद्वारा दुई बर्ष कार्यकाल २०१३-२०१५ कोलागि नयाँ कार्य समितीको चयन गरिएको घोषणा गरियो। नयाँ कार्य समितिमा आङ गेल्जेन शेर्पा, दावा जाङ्बु शेर्पा, साङ्गे शेर्पा, रिन्जी शेर्पा, आङ फुर्ब शेर्पा, आङ देन्डी शेर्पा, तेन्डी शेर्पा, भयो कान्छा शेर्पा, छिरिङ शेर्पा, दोर्जी शेर्पा, ल्हतेन लामा, फुर्ब शेर्पा र फुपु शेर्पा चुनिएकाछन्। पदाधिकारीहरुको चयन कार्यसमितीको अर्को बैठकले गर्नेछ।

-Lhakpa Gelu Sherpa in New York

Note: ल्हाक्पा गेलु शेर्पा, युनाइटेड शेर्पा एशोसियसन युएसएका पूर्व महासचिब हुन्।

Read related news:

-http://usnepalonline.com/sherpa/

-न्यू योर्कको बाल्देनमा शेर्पाहरुद्वारा ल्हप्सो पुजा २०१३ भब्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न

-न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान

-न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति

-अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

-न्यू योर्कको चौंथो डान्स परेडमा नेपाली शेर्पाहरुको सहभागिता

-न्यू योर्कमा शेर्पाहरुको जागरण गोस्ठी "Awareness Matters" सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा हाइटीको लागि राहत प्रदान

 

Dawa Janbu Sherpa, general secretary, United Sherpa Association USA (Sherpa Kyidug) at Lhosar Nite in New York on February 23, 2013. Photos: Ang Kami Sherpa (PhotoHera.com)






Photos: Ang Kami Sherpa (PhotoHera.com)



Photos: Ang Kami Sherpa (PhotoHera.com)

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.