Inside

All Time Top 50 News

न्यू योर्कमा मार्च १ र २ तारिख हुने 'पहिलो नेपाली महिला साहित्य सम्मेलन' मा २५ स्रस्टालाई सम्मानित गरिने, साहित्य संगोस्ठी र कवि सम्मेलन हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 28 February 2014 17:13

Special: 1 photo: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको आयोजनामा मार्च १ र २ तारिख अमेरिकाको न्यू योर्क शहरमा हुने 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' मा २५ स्रस्टालाई सम्मानित गरिने भएको छ भने साहित्य संगोस्ठी, कवि सम्मेलन, साँस्कृतिक कार्यक्रम र पुस्तक मेला गरिने भएको छ।

INLS's First International Nepali Women Literary Convention will be held at Chian Federation Hall, 44-01, 44th St., Broadway, Astoria, NY 11103 between march 1 & 2, 2014.

पहिलो दिन: मार्च १ तारिख

सम्मेलनको पहिलो दिन उद्घाटन समारोह, स्रस्टाहरुको सम्मान र नेपाली साहित्य सम्बन्धी ३ कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ। न्यू योर्कको अस्टोरियास्थित चियानफेडेरेसन हलमा हुने उक्त पहिलो दिनको कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म हुने छ भने दोश्रो दिनको कार्यक्रम दिउँसो १ बजेदेखि मध्यरातसम्म चल्ने छ।

स्रस्टाहरुको सम्मान

पहिलो दिन अनेसासले नेपाल र प्रबासका बिभिन्न नेपाली नारी स्रस्टाहरुलाई सम्मान गर्ने भएको छ।

अनेसास विशेष सम्मानबाट सम्मानित हुनेहरुमा अंगुरबाबा जोशी (नेपाल), उन्नती बोहरा 'शीला' (नेपाल), गायत्री श्रेष्ठ (चितवन, नेपाल), डा. गार्गी शर्मा (नेपाल), गीता केशरी (नेपाल), माया ठकुरी (नेपाल), लीला लुईंटेल (नेपाल) विन्दिया सुब्बा (दार्जिलिङ, भारत), सावित्री मल्ल (नेपाल) र हिरण्यकुमारी पाठक (नेपाल) छन्।

सोहि अवसरमा अनेसास डायस्पोरा स्रष्टा सम्मानबाट कमला सरूप (न्यू जर्सी, अमेरिका), गंगा लिगल (टेक्सास, अमेरिका), ज्योती पौडेल (न्यू योर्क, अमेरिका), नीलम कार्की निहारिका (नर्थ क्यारोलिना, अमेरिका), पुनम काफ्ले (न्यू योर्क, अमेरिका), प्रगती राई (कोरिया), भारती गौतम (बोस्टन, अमेरिका), लारा (बेलायत), शशी थापा सुब्बा (बेलायत), सपना गौतम (क्यानडा) र सीता पाण्डे (भर्जिनिया, अमेरिका) लाई सम्मान गरिनेछ।

सो सम्मान अध्यक्ष गीता खत्री, वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव पदम विश्वकर्मा रहेको अवाड कमिटीले गरेको सिफारिसको आधारमा २०७० फागुन १२ गते बसेको अनेसास कार्यसमितिको बैठकले गरेको हो ।

नारी साहित्य सम्बन्धी कार्यपत्रको प्रस्तुती

पहिलो दिन नेपालबाट आएका समालोचक डा. साबित्री मल्ल, लीला लुइटेल र उन्नती बोहोरा 'शीला' द्वारा नेपाली नारी साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ भने त्यसउपर छलफल चलाईनेछ।

दोश्रो दिन: मार्च २ तारिख

स्रस्टाहरुको सम्मान

दोश्रो दिन नेपालबाट आएका स्रस्टाहरुको सम्मान गरिने छ। यसरी सम्मानित स्रस्टाहरुमा नाटककार अशेश मल्ल, वरिस्ठ संगीतकार शम्भुजित बास्कोटा, साहित्यकार एबं उध्योगी बसन्त चौधरी, नाटककार कृष्ण सहयात्री र मिरा राणा (भर्जिनिया, अमेरिका) छन्।

कवि सम्मेलन

नेपाली कविहरुको कविता वाचन कार्यक्रम सम्मेलनको दोश्रो दिन राखिएको छ। कवि सम्मेलनका संयोजक बोस्टन निवासइसी साहित्यकार एबं पत्रकार गोबर्धन पूजाकाअनुसार झन्डै ५० जना कविहरुले गोस्ठीमा आ-आफ्नो रचना बाचन गर्नेछन्।
उनले सबै कविहरुले समयसीमाभित्र कविता पाठ गर्नकोलागि कविले आफ्नो नाम र कविताको शिर्शक र कविता बाचनबाहेक भूमिका बाँड्न नपाईने नियम बनाईएको युएस नेपाल अनलाइनलाई जानकारी गराए।

साँस्कृतिक साँझ

सम्मलेनको मैझारोकोरुपमा बसन्त डान्स सेन्टर, न्यू योर्कका कोरियोग्राफर बिजयमान नकर्मीद्वारा निर्देशित न्रित्यहरुको प्रस्तुती रहने छ।

अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री र सम्मेलन आयोजक समितिकी संयोजक बन्दना कोईरालाले सम्मेलनको उद्धेश्यबारे प्रकाश पार्दै उक्त दुई दिने सम्मेलनमा पहिलो दिन नेपाल र नेपाल बाहिर प्रवासमा रहेका नेपाली महिला हस्ताक्ष्यरहरु र तिनका काब्य रचनाबारे कार्यपत्र प्रस्तुती र तिनउपर छलफल कार्यक्रम राखिएको र दोश्रो दिन ब्रिहद कवि गोस्ठी र बाल कविता प्रतियोगिता राखिएको जानकारी गराए ।

दोश्रो दिन बिबिध सांस्कृतिक कार्यक्रमबाट गोस्ठीको मैझारो गर्ने मेसो मिलाइएको पनि संयोजक कोईरालाले युएस नेपाल अनलाइनलाई जानकारी गराईन्।

संयोजक कोईरालाले सम्मेलनको उद्धेश्यबारे थप प्रकाश पार्दै भनिन्- "देश र बिदेशमा रहेका महिला साहित्यकारहरुको समस्यालाई सम्बोधन गर्ने, उत्प्रेरणा दिने र चुनौतीहरुलाई सहजकर्ताको भूमिका निभाउने सम्मेलनको उद्देश्य रहेको छ।" उनले अगाडि थपिन्- "आमा नै बालबालिकाको पहिलो पाठशाला हो। आउँदो पुस्तालाई नेपाली भाषा र संस्क्रितीको हस्तान्तरण गर्ने चेतना फैलाउन पनि नेपाल बाहिर यो पहिलो अन्तरराश्ट्रिय महिला साहित्य सम्मेलन गर्न लागिएको हो।"

प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनकालागि ५१ सदस्यीय मूल समारोह गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा यही मार्च १ र २, २०१४ मा न्यू योर्कमा हुने सम्मेलन भव्यरुपमा सम्पन्न गर्नकालागि केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह गठन गरिएको छ । उक्त समितिमा शारदा खाती, गंगा लिगल, आचार्य प्रभा, भगवती बस्नेत, मिना शाक्य, सावित्री श्रेष्ठ, जोत्सना राना, संचिता शर्मा, राधा बस्नेत, हरिमाया भेटवाल, डा. बिष्णुमाया परियार, बिष्णु थापा, साबु गदाल कार्की, कमला ओली, उषा शेरचन, बुना दाहाल, सिता खरेल, कविता पौडेल, डा. अर्चना कट्टेल, भारती सिलवाल गिरी, दीप्स शाह, मनु लोहरुंग राई, दीपा पुन राई, रेणु सुबेदी, रेणु सापकोटा, शान्ता घिमिरे, पेम्बा शेर्पा, पबिता परिवार, कमला सरुप, निलम कार्की निहारिका, राधा पौडेल, उषा शर्मा, सपनाश्री आदि रहेकाछन्।

यसैगरि, अनेसास न्यू योर्क च्याप्टरकी महासचिव बन्दना कोइरालाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसमा विकास बिष्ट सदस्य सचिब रहेका छन् भने सदस्यहरुमा राधेश्याम लेकाली, पदम बिश्वकर्मा, नारायण अधिकारी पूनम काफ्ले, ज्योती पौडेल, धनिराम सापकोटा, गोबर्धन पूजा, राम खत्री, मिठु थापा, गीता पन्थ र बुद्ध चेमजोंग रहेकाछन्।

सम्मेलन भब्यरुपमा सम्पन्न गर्न एक सल्लाहकार समिति गठन पनि गरिएको छ । उक्त समितिमा होमनाथ सुबेदी, गीता खत्री, डा. खगेन्द्र लुइटेल, डा. बानीरा गिरी, डा. ज्ञानु पाण्डे, इन्दिरा प्रसाईं, गीता केशरी, डा. सरोज कोइराला, उन्नती शीला बोहोरा रहेकाछन्।

यसबीच, उक्त सम्मेलन सफल पार्न सम्मेलन आयोजक समिती र बिभिन्न उपसमितीहरुको निर्माण गरिएको जानकारी दिईएको छ, जसअनुसार ति उपसमिती र संयोजकहरु निम्नानुसार रहेकाछन्-

मुख्य संयोजक: बन्दना कोइीराला, 347-393-8442
आर्थिक संयोजक: सुनिता शर्मा
अतिथी सत्कार संयोजक: परिता राजभण्डारी
कवि गोस्ठी संयोजक: गोबर्धन पूजा
साँस्कृतिक संयोजक: बिजयमान नकर्मी
प्रकाशन संयोजक: गीता खत्री
हल ब्याबस्थापन संयोजक: शान्ता घिमिरे
पोशाक/भेषभूषा संयोजक: मैया दाहाल

सदस्यहरु:

बिकास बिष्ट, सदस्य सचिब, न्यू योर्क, 347-885-8215
राधेश्याम लेकाली, बरिस्ठ उपाध्यक्ष, नेपाल
पदम विश्वकर्मा, महासचिब, कोलोराडो, 720-628-6313
गीता पन्थ, न्यू योर्क, 347-248-4258
पुनम काफ्ले, न्यू जर्सी, 917-558-4946
धनीराम सापकोटा, न्यू जर्सी, 201-779-6394
मिठ्ठु थापा, न्यू योर्क, 917-378-9049
ज्योति पौडेल, न्यू योर्क, 212-689-6288
बुद्ध चेम्जोङ, न्यू योर्क, 646-496-5722
राम खत्री, न्यू योर्क
गोबर्धन पूजा, बोस्टोन, 508-840-5874
नारायण अधिकारी, भर्जिनिया, 703-618-6715

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/inls/

-अनेसासले न्यू योर्कमा 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' मार्च १ र २ तारिख आयोजना गर्ने

अमेरिकामा अनेसासद्वारा 'तेश्रो अन्तरराश्ट्रिय नेपाली साहित्य सम्मेलन' सम्पन्न, २ सय कवि, साहित्यकारहरुको जमघट, ब्यक्तित्वहरु सम्मानित
More photos of Chil Poetry Competition 2013
Grand Poetry Festival Photos 2013
Opening ceremony Photos 2013
Award ceremony photos 2013
All Pages

--अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकाको वासिङ्गटन डिसीमा 'तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुँदै

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

-बेलायतको रेडिंगमा २०० औं भानुभक्त जयन्ती समारोह सम्पन्न

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.