Inside

All Time Top 50 News

न्यू योर्कमा १४९ औं मोती जयन्ती सम्पन्न, साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कृतिको लोकार्पण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 25 August 2014 15:28

Special: 10 photos: न्यू योर्क- अन्तररास्ट्रीय नेपाली समाज (अनेसास) न्यू योर्क च्याप्टर र रिज्वूड नेपाली समाजको संयुक्त आयोजनामा १४९ औं कवि मोतिराम भट्ट जन्म जयन्ती समारोह सम्पन्न गरिएको छ । उक्त अवसरमा साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कविता, गीत, गजल र मुक्तक कृति संग्रहको लोकार्पण गरिएको छ ।

 

The 149th Moti Jayanti celebration hosted by INLS and Ridgewood Nepalese Society in Ridgewood in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

अगस्ट २४ तारिख रिज्वूड नेपाली समाजको मन्दिर, रिज्वूड शहरमा आयोजित उक्त समारोहमा आमन्तृत अतिथी र उपस्थित साहित्यकारहरुले साहित्यकार मोतिराम भट्टको तस्बिरमा पुष्प गुच्छा अर्पण गरेर उनको स्मरण गरेका थिए ।

अतिथी बक्ताहरुले बहुमुखी प्रतिभाका धनी कवि मोतीराम भट्ट (१९२३-१९५३) को साहित्यिक योगदानबारे चर्चा गरेका थिए । रेडियो सन्चारकर्मी सहदेब पौडेलले मोतिराम भट्टको जिवनी र कार्यबारे प्रकास पारेका थिए भने प्रमुख अतिथी नेपाल मिसनका बाणिज्यदूत डिल्ली आचार्य र बिशिस्ट अतिथी महाकवि लक्ष्मीप्रशाद देबकोटाका सुपुत्र प्राध्यापक पदमप्रशाद देबकोटाले साहित्यकार भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदानको सराहना गरेका थिए ।

The special guest Padam Prasad Devkota speaking at the 149th Moti Jayanti celebration in Ridgewood in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते, शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रकारूपमा जन्मेका थिए । यिनैले भानुभक्त आचार्यलाई सर्वप्रथम आदरस्वरूप आदिकविको नामबाट सम्बोधन शुरु गरेका थिए । साहित्यकार भट्टलाई पहिलो नेपाली समालोचक, पहिलो गजलकार र नेपाली साहित्यको माध्यमिक कालका निर्माता र पथपर्दशक मानिन्छ ।

The participants at the 149th Moti Jayanti celebration in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कृतिको लोकार्पण

उक्त अवसरमा नेपाल घर लम्जुङ जिल्लाकि हाल न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो रचना कृति 'प्रवासी मन' को लोकार्पण गरियो । उक्त कृतिको लोकार्पण संयुक्तरुपमा प्रमुख अतिथी नेपाल मिसनका बाणिज्यदूत डिल्ली आचार्य, बिशिस्ट अतिथी द्वय महाकवि लक्ष्मीप्रशाद देबकोटाका सुपुत्र प्राध्यापक पदमप्रशाद देबकोटा, अनेसासकि निबर्तमान केन्द्रिय अध्यक्ष गिता खत्री र मोती जयन्ती समारोहकि संयोजक पुष्पा अधिकारीले गरेका थिए । उक्त रचना कृतिबारे युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप थापा मगरले सम्बोधन गरेका थिए ।

Poet Santa Adhikari Ghimire's book "Pravasi Man" released at the 149th Moti Jayanti celebration hosted by INLS and Ridgewood Nepalese Society in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

सो अवसरमा अनेसास न्यू योर्क च्याप्टर र मोती जयन्ती समारोहद्वारा कृतिकार अधिकारी घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मोती जयन्ती समारोहकि संयोजक पुष्पा अधिकारीको सभापतित्वमा अयोजित उक्त समारोहमा रिज्वूड नेपाली समाजका सदस्य भुवनेश्वर अधिकारीले स्वागत मन्तब्य राखेका थिए । उक्त समारोहमा रिज्वूड नेपाली सोसाइटीका सचिब सहकूल खत्री र धनीराम सापकोटाले आ-आफ्नो मन्तब्य राखेका थिए । लेखक बिष्णु सिंह बैजुले गिता खत्रीद्वारा लिखित नियात्रा संग्रह 'झोखाङदेखि मजाटलसम्म' बारे समिक्षा गरेका थिए ।

INLS NY Chapter President Bikash Bista handing over cash donation of $1,216 for Sunkoshi flood victims to Councilor Dilli Acharya. Photos: Pratha Magar for USNepalOnline

उक्त अवसरमा साहित्यकारहरुले आ-आफ्नो कविता वाचन गरेका थिए । कविता वाचन गर्ने साहित्यकारहरुमा बिद्या बिमल बाराल्, गिता खत्री, गिता पन्थ्, पुष्पअपा अधिकारि, शकुन ज्ञवाली, बिष्णु सिंह बैजु, बिज्या सिंखडा, सुनिता शर्माअ, कमला प्रसाई, बन्दना कोईराला, अमर अधिकारी थिए भने गायन प्रस्तुत गर्नेहरुमा सोम अधिकारी, कुन्ती थापा, शान्ता अधिकारी र बिकास बिस्ट थिए ।

उक्त समारोहमा अनेसास न्यू योर्क च्याप्टरका अध्यक्ष बिकास बिस्टले सुनकोशी बाढी पिडितकोलागि संकलित रकम १ हजार २१६ डलर प्रमुख अतिथी नेपाल मिसनका बाणिज्यदूत डिल्ली आचार्यलाई हस्तान्तरण गरेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


The 149th Moti Jayanti celebration hosted by INLS and Ridgewood Nepalese Society in Ridgewood in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline





The 149th Moti Jayanti celebration hosted by INLS and Ridgewood Nepalese Society in Ridgewood in Ridgewood, New York on August 24, 2014. Photos: Pratha Magar for USNepalOnline

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.