Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 11 February 2013 15:33

Updated: Exclusive: 15 photos: न्यू योर्क- नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा न्यू योर्क शहरमा सम्पन्न भएको छ।


Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari paying tribute to Nepal's first martyr Lakhan Thapa Magar at the 136th Memorial day of martyr Thapa in New York which is hosted by Federation of Indigenous People of Nepal in America (FIPNA) on February 10, 2013. Photos: eEyeCam.com

फेब्रुवरी १० तारिख आईतवार न्यू योर्क शहरको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्ट हलमा आयोजना गरिएको उक्त स्‍मृति सभामा उपस्थित नेपालीहरुले प्रथम शहीद थापाको तस्बिरमा परम्परागत खादा चढाएर भावपूर्ण श्रद्दा सूमन अर्पण गरे भने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

नेपालका प्रथम शहीद कहलिएका लखन थापा मगरलाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १३६ बर्ष अघी बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो।


Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com). Download large size image for poser print

न्यू योर्कमा आयोजित सभामा आयोजक र अतिथी बक्ताहरुले शहीद लखन थापा मगरको बलिदानीको चर्चा गर्दै उनलाई नेपाल सरकारले प्रथम शहीद घोषणा गर्न माग गरे।

उक्त स्‍मृति सभा फिप्नाका कार्यबाहक अध्यक्ष बिनोद पोमोको सभापतित्वमा सम्पन्न भएको थियो भने फिप्ना कोशाध्यक्ष टिकाराम गुरुङले स्वागत मन्तब्य राखेका थिए। फिप्ना बोर्ड सदस्य भोजराज थोकरले शहीद लखन थापा मगरबारे प्रकाश पारेका थिए।



फिप्नाका महासचिब दिपेश लिम्बुद्वारा चुस्त सन्चालित उक्त सभामा प्रमुख अतिथीकोरुपमा उपस्थित संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीलाई महासंघकोतर्फबाट शहीद लखन थापा मगरलाई नेपालका प्रथम शहीद घोषणा गर्न माग गर्दै एक ज्ञापन पत्र हस्तान्तरण गरियो। प्रमुख अतिथी अधिकारीले महासंघको ज्ञापन पत्र बुझ्दै मागलाई सम्बन्धित निकाय र नेपालका प्रधानमन्त्रीको कार्यालयमा तुरन्तै स्क्यान गरी ईमेलद्वारा पठाइने जानकारी गराइन्।

Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari receiving memorandum from Federation of Indigenous People of Nepal in America (FIPNA) on February 10, 2013. Photos: eEyeCam.com

सभामा प्रमुख अतिथी अधिकारी, एसोसियसन अफ नेपालीज इन तराइयन (एन्टा) उपाध्यक्ष सतेन्द्र शाह, अधिकारकि बोर्ड चेयर डा. सुसान हाङ्गेन, नेपाली कांग्रेसका युवा नेता मुनिन्द्र नेम्बाङ र अमेरिका नेपाल फ्रेन्डशिप सोसाइटीका भुतपुर्ब अध्यक्ष डा. तारा निरौलाले सम्बोधन गरेका थिए।

बक्ताहरुले शहीद बनाउने नाममा नक्कली शहीदहरुलाई पनि शहीदहरुको सुचिमा समाबेश गरी लखन थापा जस्ता सच्चा शहीदहरुको अपमान गरेको बताएका थिए।

The participants at the 136th Memorial day of Nepal's first martyr Lakhan Thapa Magar in New York. Photos: eEyeCam.com

स्मरण रहोस्, माओवादी नेत्रित्वको सरकारको पालामा माओवादी जनयुद्धको दौरान मारिएका ७ हजार ६ सय ६४ जनालाई शहीद घोषणा गरिएको थियो भने माधवकुमार नेपालको नेत्रित्वमा गठित माओवादी इतरको सरकारले माओवादी र राज्यद्वारा मारिएका पहिलो किस्तामा २ हजार र थप १ हजार ६ सय २६ जनालाई शहीद घोषणा गरेको थियो।

शहीद लखद थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । उनलाई बिसं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासनको बिरुद्ध सशस्त्र बिद्रोह गरेको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा झुन्ड्याइ मारिएको थियो। शहीद थापाबारे बिस्त्रित जानकारीकोलागि यो लेख पढ्नुहोस्: यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद>>

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

--न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न

--न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न



Tikaram Gurung. Photos: eEyeCam.com

Bhojraj Thokar.

Satendra Shah. Photos: eEyeCam.com

Dr. Susan Hangen.

Munindra Nembang. Photos: eEyeCam.com

Dr. Tara Niraula.




Charge d' Affairs Sewa Lamsal Adhikari. Photos: eEyeCam.com

Dipesh Limbu.

Binod Pomo. Photos: eEyeCam.com

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.