Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 13 February 2012 01:52
Article Index
न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न
More photos of speakers from Lakhan Memorial in New York 2012
All Pages

Exclusive; 2 videos: 23 photos: न्यू योर्क- जहाँनिया राणा शासनको बिरोध गर्दा १३५ बर्ष अघी झुन्ड्याई मारिइनु भएका नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस न्यू योर्कबासी नेपालीहरुले मनाएकाछन्।


 

Nepal's 1st martyr Lakhan Thapa Magar's 135th memorial observed in New York on February 12, 2012. Photos: eEyeCam.com

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) र मगर संघ अमेरिकाको संयुक्त आयोजनामा आइतबार न्यू योर्क शहरको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्ट हलमा आयोजना गरिएको उक्त स्‍मृति सभामा नेपालीहरुले शहीद थापाको तस्बिरमा परम्परागत खादा चढाएर भावपूर्ण श्रद्दा सूमन अर्पण गरे भने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।



सभामा न्यू योर्कमा कृयाशिल नेपाली संघ संस्थाहरुका अगुवाहरुले शहीद लखन थापा मगरको बलिदानीको चर्चा गर्दै उनलाई प्रथम शाहीद घोषणा गर्न नेपाल सरकारले ढिलाई गरेकोमा दुखेसो पोख्दै शहीदहरुको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने धारणा ब्यक्त गरे।

प्रजातन्त्रको पुनर्बहालीपछि बनेका बिभिन्न सरकारले ११ हजारभन्दा बेशीलाई शहीद घोषणा गरेको प्रसंगको चर्चा गर्दै शहीद बनाउने नाममा नक्कली शहीदहरुलाई पनि शहीदहरुको सुचिमा राखिएकोप्रति आक्रोश ब्यक्त गर्दै बक्ताहरुले सरकारले त्यसो गरेर सच्चा शहीदहरुको अपमान गरेको बताए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट भाग-१:

Nepal's 1st martyr Lakhan Thapa Magar 135th memorial, New York, Feb 12, 2012, Part-I




स्मरण रहोस्, माओवादी नेत्रित्वको सरकारको पालामा माओवादी जनयुद्धको दौरान मारिएका ७ हजार ६ सय ६४ जनालाई शहीद घोषणा गरिएको थियो भने माधवकुमार नेपालको नेत्रित्वमा गठित माओवादी इतरको सरकारले माओवादी र राज्यद्वारा मारिएका पहिलो किस्तामा २ हजार र थप १ हजार ६ सय २६ जनालाई शहीद घोषणा गरेको थियो।

Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) president and NRN USA general secretary Shiva K. Rai at the memorial. Photos: eEyeCam.com

उक्त स्‍मृति सभा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का महासचिब शिवकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो।

सभामा फिप्नाका उपाध्यक्ष बिनोद पोमोले स्वागत मन्तब्य राखेका थिए भने युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा मगरले शहीद लखन थापा मगरबारे प्रकाश पारेका थिए।

FIPNA immediate past president Karma G. Sherpa. Photos: eEyeCam.com

सभामा फिप्नाका भूतपूर्व अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, अमेरिका नेपाल फ्रेन्डशिप सोसाइटीका भुतपुर्ब अध्यक्ष डा. तारा निरौला, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) युएसए कि संस्थापक बिष्णुमाया परियार, न्यु योर्क कला मंचका अध्यक्ष रामराज छेत्री, किरात याक्थुंग चुम्लुङ युएसएका कार्यबाहक अध्यक्ष देवेन्द्र सम्बाहाम्फे, शेर्पा किदुग युएसएका अध्यक्ष छोंग्बा शेर्पा, काँग्रेसका युबा नेता तथा सिन्धु युएसए सेवा समाजका अध्यक्ष बंशलाल तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरत लामा, किरात राई सोसाइटी अफ अमेरिका (KRSA) का बोर्ड चेयर मणि बाङ्देल, फिप्नाका महासचिब दिपेश लिम्बु, एनआरएन इजरायलका भू.पु. महासचिव बी.आर. लामा, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी राना मगर, एनआरएन अमेरिकाको कोषाध्यक्ष तथा एसोसियसन अफ नेपालीज तराइयन इन अमेरिका (ANTA) का अध्यक्ष डा. विनोद शाह, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष सिता खरेल र नेपाली कांग्रेसका युवा नेता मुनिन्द्र नेम्बाङले सम्बोधन गरेका थिए। कवि बुद्ध चेम्जोंगले शहीद थापाकोबारेमा लेखिएको कविता वाचन गरेका थिए।



हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट भाग-२:

Nepal's 1st martyr Lakhan Thapa Magar 135th memorial, New York, Feb 12, 2012, Part-II



अतिथी बक्ताहरुले प्रथम शहीद लखन थापाको स्‍मृति सभा न्यू योर्कका सबै नेपाली संघ संस्थाहरुले मिलेर संयुक्तरुपमा मनाउनु पर्ने आग्रह गरेका थिए।

उता कार्यक्रमका सभापति तथा एनआरएन अमेरिका (NRN USA) का महासचिब शिवकुमार राईले अर्को बर्षदेखी एनआरएन अमेरिकाले आयोजना गर्दा सबै संघ संस्थाहरुको मनसाय पुरा हुने सुझाए।

कार्यक्रमको सन्चालन मगर संघ अमेरिकाका सचिव मानबहादुर राना मगरले गरेका थिए।

शहीद लखद थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । उनलाई बिसं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासनको बिरुद्ध सशस्त्र बिद्रोह गरेको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा झुन्ड्याइ मारिएको थियो। शहीद थापाबारे बिस्त्रित जानकारीकोलागि यो लेख पढ्नुहोस्>>
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

--न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस

-न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न



America-Nepal Friendship Society former president Dr. Tara Niraula. Photos: eEyeCam.com



Empower Dalit Women of Nepal (EDWON) USA founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com



FIPNA VP Binod Pomo. Photos: eEyeCam.com



FIPNA general secretary Dipesh Limbu. Photos: eEyeCam.com



Magar Association USA Inc. Joint secretary Manbahadur Rana Magar. Photos: eEyeCam.com


The participants paying tribute to martyrs of Nepal. Photos: eEyeCam.com

More photos of speakers from Lakhan Memorial in New York 2012
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.