Inside

All Time Top 50 News

न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili'   
Monday, 03 March 2008 22:03

न्यू योर्क: 10 photos: -लाङ्घाली एस्सोसिएन अफ यु.एस.ए.ले हिजो पहिलो पल्ट अमेरिकामा रहेका मगरहरुको बिशेष उपस्थितिमा न्यू योर्कको सन्नि साईडमा नेपालका प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस मनाएको छ। शहीद थापालाई बिसं १९३३ को फागुन २ गते उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोट, काउलेमा जहानिया राणा शासकहरुले राणा शासनको बिरोध गरेको आरोपमा झुण्‍ड्‍याइ मारेका थिए ।


Narbahadur Budha Magar welcoming guests at the Magar Diwas and Nepal's First Martyr Lakhan Thapa Magar Memorial event in Queens, New York, USA on March 2, 2008. Photo: Nagendra Ingnam

प्रथम शहिद थापाको तस्बिरमा परम्परागत खादा चढाएर शुरु गरिएको कार्यक्रममा भु. पु. पर्यटन सहायक मन्त्रि स्व. नारायणसिं पुनमगरको भर्खरै निधन भएको दुखद घडिमा वहाँको परिवारमा समबेदना प्रकट गर्दै मृतात्माको चीर शान्तिको कामनामा मौनधारण पनि गरियो ।


Pradeep Thapa Magar speaking at the event. Photo: Moktan Digital

महासचिव लबकुमार बुढामगरले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै प्रथम शहिद थापा स्‍मृति दिवस फागुन २ गते र मगर दिबस फागुन १५ गते अलग अलग दिवस भये पनि अमेरिकाको ब्यस्त जिबन शैलीलाई ध्यानमा राखी यि दुई महत्वपूर्ण दिनहरुलाई अमेरिकामा एकै दिन मनाउन थालिएको जानकारी दिनु भयो । उहाले बजेट र स्थानको अभाबको कारणले गर्दा यस पाली मगर बन्धुहरुको बिचमा दिवस मनाइएको तर आगामी बर्षहरुमा अन्‍य नेपाली र अमेरिकि मित्रहरुलाई निम्त्याइने पनि बताउनुभयो ।

सँस्थाका महासचिव लबकुमार बुढामगरको सँचालन र नरबहादुर बुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार तथा नेपाल आदिवासी जनजाति महासँघका पूर्ब सचिव प्रदिप थापा मगरले शहिद लखन थापाको वारेमा प्रकाश पार्दै "लखन थापालाई सरकारले केही बर्ष अघी मात्र शहीदको मान्यता दिएको तर प्रथम शहीद घोषणा गर्न अझै हिच्किचाएकोमा बिडम्‍बना हो" भन्नु भयो ।

त्यसै गरी, उहाले मगर दिवस मनाउने चलन नेपालमा मगर सँघको प्रथम महाधिबेसन गरीएको दिनलाई साँकेतिक रुपमा मनाउँदै आईएको जानकारी गराउनु हुँदै यसको निरन्तरताको लागि ब्यस्तताको कारण सामुहिक रुपमा मनाउन नसकेपनि परिवारीक रुपमै भएपनि मनाउँदै जाने परम्परा बसाउनु पर्ने आग्रह गर्नुभयो ।

- Nagendra Ingnam 'Atharaili' in New York


Some of the participants at the event.


Photos: Nagendra Ingnam


Margaret Carne-Thapa, MSW from Jersey City, NJ paying her homage to Lakhan Thapa. Photos:Moktan Digital


Rajesh Thapa Magar of Langhali Association USA paying homage to Lakhan Thapa.


Labkumar Budha Magar, General Secretary, Langhali Association USA paying homage to Lakhan Thapa.


Lyricist Anita Thapa Magar offering khada to the image of Lakhan Thapa.


Shyam Budha Magar offering khada to Lakhan Thapa. Photos: Moktan Digital


Sambhu Moktan of Moktan Digital in a light moment after offering a sacred khada to First Martyr Lakhan Thapa.

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.