Inside

All Time Top 50 News

न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 20 October 2014 16:46
Article Index
न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न
More photos of Laxmi Jayanti 2014
All Pages

Special: 25 photos: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरको आयोजनामा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं लक्ष्मी जयन्ती समारोह तथा दीपावली साँझ सम्पन्न गरिएको छ।


 

105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

अक्टोबर १९ तारिख न्यू योर्कको ज्याक्सन हाइट्सस्थित चौतारी रेस्टुरेन्टमा आयोजना गरिएको उक्त समारोहमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रशाद देबकोटाको तस्बिरमा पुष्प गुच्छाद्वारा श्रद्दा सूमन चढाईयो ।

105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

महाकवि देबकोटाको जन्म काठमाण्डौंको धोबिधारामा दीपावली (तिहार) को तेश्रो दिन लक्ष्मी पूजामा सन् १९०९ को नोबेम्बर १२ मा भएको थियो भने उनको निधन सन् १९५९ को सेप्टेम्बर १४ मा भएको हो ।

६ वटा महाकाब्य र १६ वटा खण्ड काब्य, कविता संग्रह्, निबन्ध संग्रह र उपन्यासका लेखक देबकोटाको प्रसिद्ध खण्डकाब्य 'मुनामदन' को यो टुक्रा सुपरिचित छ:

"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन"


उनको 'यात्री' कविताको यो पंङ्तिपनि बहुचर्चित छ:

"कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो"

Padam Prasad Devkota, son of Mahakabi Laxmi Prasad Devkota at Laxmi jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

नेपाली स्थाई नियोगका द्वीतीय सचिब शत्रुधन पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा बिशिस्ट अथितिकोरुपमा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदी, अनेसास केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, देवकोटा अनुसंन्धान केन्द्रका अध्यक्ष तथा महाकवि देवकोटाका सुपुत्र पदमप्रसाद देवकोटा, भानु दुई सतबार्सिकी मूल समारोह समिती अमेरिका अध्यक्ष तथा अनेसासका निबर्तमान अध्यक्ष गिता खत्रीको उपस्थिती रहेको थियो । समारोहमा अनेसास केन्द्रिय सल्लाहकार कमला प्रसाई, अनेसास केन्द्रिय उपाध्यक्ष राम खत्री, अनेसास केन्द्रिय महासचिब गोबर्धन पूजा, अनेसास केन्द्रिय कोशाध्यक्ष गिता पन्थ, अनेसास न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष ज्योती पौडेलको उपस्थिती रहेको थियो ।

Chief Guest Shatrudhan Pokhrel at 105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

उक्त समारोहमा पन्चकन्याबाट नेपाली राष्ट्रगान प्रस्तुत गरिएको थियो भने अनेसास न्यू योर्क च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेस्ठले स्वागत मतब्य ब्यक्त गरेका थिए । उपस्थित सबैलाई दीपावलीको टिका लगाइएको थियो ।

गायक तिलक श्रेस्ठले महाकवि देवकोटाको गीत "कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो" गाएर समारोहको साहित्यिक सांगितिक शुरुवात गरेका थिए भने सहदेव पौडेलको निर्देशन तथा लेखनमा तयार पारियको नाटक "म पनि नेपाली बोल्ने" को मन्चन गरिएको थियो । नाटकमा नदिया लिबाङ, कृष्टल थापा, बिभुषा बिष्ट, मलिभा राजभन्डारी र श्रेणी श्रेष्ठले अभिनय गरेका थिए ।

लोक गायक बिमल डाँगीले लोकगीत गाएर पाहुना साहित्यकारहरुलाई खुब नचाए भने गायकहरु सोम आधिकारी, शकुन्तला ज्ञवाली, शान्ता घिमिरे, पद्मीदेवी खत्रीका गीतहरुले सांगितिक माहोलको सिर्जना गरेको थियो ।

महाकवि महाकवि लक्ष्मीप्रशाद देबकोटाको ब्यक्तिवबारे महाकवि देवकोटाका सुपुत्रपदमप्रसाद देवकोटा, होमनाथ सुबेदी, गिता खत्री, कमला प्रसाई र पदम बिश्वकर्माले प्रकाश पारेका थिए ।

अनेसास न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष ज्योती पौडेलले आफ्नो गिती खन्ड काब्य 'आमा' को चर्चा गर्दै उक्त पुस्तक बिक्री रकम सम्पुर्ण न्यूयोर्क च्याप्टरलाई उपलब्ध गराउने घोशना गरेकी थिईन् ।

105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

समारोहमा सहित्यकार उत्तम भौकाजीको "मन मोहिनी" गिती एल्बमको बिमोचन गरिएको थियो ।

105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

कविता प्रतियोगिता

समारोहमा बयस्क र बाल कविता प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताका निर्णायकहरुमा गोबर्धन पूजा, मणि बाङ्देल र ज्योती पौडेल थिए।

प्रतियोगी कविहरुमा वयस्कतर्फ शकुन्तला ज्ञवाली प्रथम भईन् भने सुजता चापागाई दोश्रो र शान्ता अधिकारी घिमिरे तेश्रो भए । अरुण अनुरागीले सान्त्वना पुरस्कार प्राप्त गरे । बालकतर्फ रिसिभा वस्ती प्रथम र प्रज्वल पान्डे दोस्रो भए ।

Poetry Competition winners: Shakuntala Gyawali, Sujata Chapagai, Santa Adhikari Ghimire and Rishibha Basti. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

कविता प्रतियोगितामा बिजेताहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कारको प्रायोजन राजेन्द्र श्रेस्ठ, ज्योती पौडेल, बिश्व शाह, आङ छिरिङ्ग शेर्पा, नम्रता बाराल, कमला पाण्डेलगायतले आर्थिक सहयोग गरेका थिए ।

प्रतियोगी कविता वाचन गर्नेहरुमा कल्पना सुबेदी, कुन्ती थापा, नबराज खड्का, अनु शाह, मिलन शाही थिए ।

अप्रतियोगी कविता वाचन गर्नेहरुमा पुनडरी अर्याल, नबराज दाहाल, बिजया सिम्खडा, दीपा राई पुन मगर, ममता कर्माचार्य, मणी बाङदेल, प्रभा आचार्य, उत्तम भौकाजी, दामोदर घिमिरे, कल्याण गौतम, ज्योती पौडेल, प्रकाश चापागाई, भोला आचार्य र सोम अधिकारी थिए ।

भानुभक्त स्वर्ण पदक वितरण

अमेरिकामा आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकी समारोहको आयोजना गर्ने कार्यमा संलग्न नेपाली साहित्यकारहरु तथा नेपाली भाषासाहित्यको विकास र विस्तार कार्यमा संलग्न नौ जना नेपालीहरूलाई नेपाल सरकारबाट प्रदान गरिएको भानुभक्त स्वर्ण पदक वितरण गरिएको थियो ।

105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

स्वर्ण पदकद्वारा सम्मानितहरुमा गीता खत्री, होमनाथ सुवेदी, विकास विष्ट, गोवर्धन पूजा, कुन्ति थापा, प्रदीप थापा मगर, दीपा राई पुन मगर, रमा सिंह र राम खत्री थिए । उक्त भानुभक्त स्वर्ण पदक आदिकवि भानुभक्त आचार्य दुइशतवार्षिकी समारोह समिति अमेरिकाकि अध्यक्ष गीता खत्री र सो सम्बन्धी प्रशस्तिपत्र नेपाली स्थाई नियोगका द्वीतीय सचिब एबं प्रमुख अतिथी शत्रुधन पोखरेलले सम्मानित ब्यक्तित्वहरुलाई प्रदान गरेका थिए ।

नेपाल सरकारले स्वदेश तथा विदेशमा नेपाली भाषा साहित्यका पहिचानका प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकी मनाउन गीता खत्री (अमेरिका) लाई मूल समारोह समितिको सदस्यमा मनोनयन गरेको थियो । संयुक्त राज्य अमेरिकामा गीता खत्रीकै अध्यक्षमा निम्न व्यक्तिहरू संलग्न आदिकवि भानुभक्त आचार्य दुई शतवार्षिकी समारोह समितिको गठन भएको थियो: उपाध्यक्ष: होमनाथ सुवेदी तथा निलम कार्की निहारिका, कोषाध्यक्ष: विकास विष्ट, सदस्य सचिव: गोर्वधन पूजा, सदस्यहरू: कुन्ति थापा, पदम विश्वकर्मा, प्रदीप थापा मगर, गीता पन्थ, प्रकाश नेपाल, डा. विध्याराज सुवेदी, महेश्वर पन्त, दीपा राई पुन मग र विमला निरौला थिए ।

INLS New York Chapter President Bikash Bista at 105th Mahakabi Laxmi Prasad Devkota jayanti and Deepawali celebration in New York on October 19, 2014. Photos courtesy: Govardhan Pooja, Prabha Acharya, Homnath Subedi

समारोहका सभापति एबं अनेसास न्यू योर्क च्याप्टर अध्यक्ष बिस्टले च्याप्टरकोतर्फबाट देवकोटा अनुसंन्धान केन्द्रलाई अनुदान स्वरुप प्रदान गरिएको ३०० डलरको चेक देवकोटा अनुसंन्धान केन्द्रका अध्यक्ष पदमप्रसाद देवकोटालाई हस्तान्तरण गरेका थिए । समारोहको सन्चालन बन्दना कोइराला, सुनिता शर्मा र शकुन ज्ञवालीले गरेका थिए ।

न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न
More photos of Laxmi Jayanti 2014
All Pages
Page 1 of 2

Read related news:

-http://www.usnepalonline.com/inls/

न्यू योर्कमा अनेसासद्वारा 'प्रथम नेपाली महिला साहित्य सम्मेलन' सम्पन्न, ३० स्रस्टाहरु सम्मानित, ५१ कविहरुका रचना पाठ, १० बूँदे घोषणा पत्र जारी
Photos of 51 Poets at the INLS 1st Nepali Women Literary convention 2014
Photos of Speakers at the INLS 1st Nepali Women Literary convention 2014
Photos of INLS Awards Distribution Ceremony at the convention, 2014
Photos from INLS 1st Nepali Women Literary Convention, New York, 2014
All Pages

-न्यू योर्कमा मार्च १ र २ तारिख हुने 'पहिलो नेपाली महिला साहित्य सम्मेलन' मा २५ स्रस्टालाई सम्मानित गरिने, साहित्य संगोस्ठी र कवि सम्मेलन हुँदै

-अनेसासले न्यू योर्कमा 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' मार्च १ र २ तारिख आयोजना गर्ने

अमेरिकामा अनेसासद्वारा 'तेश्रो अन्तरराश्ट्रिय नेपाली साहित्य सम्मेलन' सम्पन्न, २ सय कवि, साहित्यकारहरुको जमघट, ब्यक्तित्वहरु सम्मानित
More photos of Chil Poetry Competition 2013
Grand Poetry Festival Photos 2013
Opening ceremony Photos 2013
Award ceremony photos 2013
All Pages

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न
More photos of Laxmi Jayanti 2014
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.