Inside

All Time Top 50 News

न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 27 October 2013 21:20
Article Index
न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न
More photos of 104th Laxmi Jayanti New York 2013
All Pages

अनेसास न्यू योर्क च्याप्टरको अध्यक्षमा बिकास बिष्ट निर्बाचित, च्याप्टरको पदहस्तान्तरण
समाजसेवी अर्जुनप्रशाद मैनाली र मोहिनी सैंजु सम्मानित
Special: 47 photos:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रशाद देबकोटाको १०४ औं जन्म दिवस बिबिध कार्यक्रमहरुकासाथ सम्पन्न गरिएको छ।


INLS NY Chapter celebrated 104th Laxmi Jayanti in New York on October 26, 2013. Photos: eEyeCam.com

अक्टोबर २७ तारिख शनिबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित उक्त जयन्ती समारोहमा प्रमुख अथिती मिनिष्टर काउन्सिलर घनश्याम लम्सालले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए।

सो समारोहमा समाजसेवी अर्जुनप्रशाद मैनाली र न्यू योर्क च्याप्टर पूर्व कोशाध्यक्ष मोहिनी सैंजुलाई सम्मान गरियो।

INLS NY Chapter honored social activist Arjun P. Mainali and Mohini Sainju at 104th Laxmi Jayanti in New York on October 26, 2013. Photos: eEyeCam.com

समारोहमा बिशिष्ठ अतिथीकोरुपमा अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री र अतिथीमा न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष ज्योती पौडेल उपस्थित थिए।

न्यू योर्क च्याप्टर अध्यक्ष पूनम काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण च्याप्टर उपाध्यक्ष सीता खरेलले गरेकी थिईन् भने समारोहमा सामूहिक नेपाली राष्ट्र गान गाईएको थियो। अनेसास पूर्व केन्द्रिय सचिब अनन्त गोपाल रिसालले महाकवि देवकोटाको जीवनीबारे जानकारी गराएका थिए।

समारोहमा कोलोराडो राज्यबाट न्यू योर्कमा बसाईसराई गरेर आएका अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभा र उनका पति केशब आचार्यलाई पञ्चकन्याद्वारा खादा ओढाएर स्वागत गरिएको थियो।

INLS NY Chapter welcoming INLS Colorado president Acharya Prabha at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

समारोहमा प्रमुख अथिती मिनिष्टर काउन्सिलर घनश्याम लम्साल, अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री, न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष ज्योती पौडेल र अध्यक्ष पूनम काफ्लेले सम्बोधन गरेका थिए।

उद्घाटन सत्रको सन्चालन कवि मणी बाङ्देलले गरेका थिए।

बाल र बयस्क कविता प्रतियोगिता

समारोहको दोश्रो सत्रमा बाल र बयस्क कविता प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताका निर्णायकहरुमा प्राज्ञ हरीबहादुर थापा, आचार्य प्रभा र कवि मणी बाङ्देल थिए।

प्रतियोगी कविहरुमा वयस्कतर्फ शकुन्तला ज्ञवाली, देबेन्द्र सम्बाहाम्फे, रामचन्द्र थापा र बन्दना कोईराला थिए। जसमध्ये शकुन्तला ज्ञवाली प्रथम भईन् भने बन्दना कोईराला दोश्रो र रामचन्द्र थापा तेश्रो भएका थिए।

The adult poetry competition winners with the Chief Guest Minister of Counselor Ghanshyam Lamsal  at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

त्यसैगरी, बाल कविता प्रतियोगितातर्फ ॠषिवा बस्ती, बिभूशा बिष्ट, रायन श्रेष्ठ र प्रज्ञा सापकोटा थिए। जसमध्ये प्रज्ञा सापकोटा प्रथम भईन् भने रायन श्रेष्ठ दोश्रो र बिभूशा बिष्ट तेश्रो भएका थिए।

The children poetry competition winners with the Chief Guest Minister of Counselor Ghanshyam Lamsal  at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

अप्रतियोगी वयस्क कविहरुमा ज्योति पौडेल, आचार्य प्रभा (गजल), प्राज्ञ हरीबहादुर थापा, अनुपमा सापकोटा, कमला प्रसाई, निरज शाक्य, केशब आचार्य (गजल), गीता खत्री, मनु लोहोरुङ राई, शहदेव पौडेल, अनन्त गोपाल रिसाल र सुनिता शर्मा थिए।

समारोहमा गीत प्रस्तुत गर्नेहरुमा पबिता परियार, शकुन्तला ज्ञवाली, सुदर्शन कोइेराला र बिकास बिष्ट थिए।

समारोहमा अनेसास न्यू योर्क च्याप्टरको मुखपत्र "प्रतिध्वनी" को बिमोचन गरिएको थियो भने उक्त पत्रिकाबारे धनीराम सापकोटाले प्रकाश पारेका थिए।

Panch Kanya releasing Pratidhwani magazine at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

अनेसास न्यू योर्क च्याप्टरको पदहस्तान्तरण

अनेसास न्यू योर्क च्याप्टरको नबनिर्बाचित कार्य समितीमा अध्यक्ष बिकास बिष्ट, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिब बन्दना कोइराला, कोशाध्यक्ष सुनिता शर्मा, सदस्यहरुमा मणी बाङ्ग्देल, शकुन्तला ज्ञवाली र बुद्ध चेम्जोङ निर्बाचित भएकाछन्।

The newly elected INLS NY Chapter executive members at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

समारोहको अन्ततिर आउँदै गरेको तिहार पर्वको अबसरमा देउसी-भैलो खेलिएको थियो।

Deusi-Bhailo by INLS NY Chapter at 104th Laxmi Jayanti in New York. Photos: eEyeCam.com

पाहुनाहरुलाई गीता खत्रीद्वारा पकाइएको सेलरोटी र हिमालयन याक रेस्टुरेन्टको नेपाली खाजा र डिनर खुवाईएको थियो।

कार्यक्रमको संचालन रेडियोकर्मी शहदेव पौडेलले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न
More photos of 104th Laxmi Jayanti New York 2013
All Pages
Page 1 of 2
Read related news:

-http://www.usnepalonline.com/inls/

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

--न्यू योर्कका दुई नेपाली महिला साहित्यकारहरुद्वारा 'अनेसास' को केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

-न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान

-न्यू योर्कमा १०१ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा स्‍मृति दिवसमा कविता प्रतियोगिता र दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न




The 104th Laxmi Jayanti celebration in New York on October 26, 2013. Photos: eEyeCam.com


The 104th Laxmi Jayanti celebration in New York on October 26, 2013. Photos: eEyeCam.com

न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न
More photos of 104th Laxmi Jayanti New York 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.