Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली खेलाडीहरुको भिडन्त अप्रिल १६ मा हुँदै, हेर्ने होइन त कसरी, को को भिड्दै छन्? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 12 April 2011 08:25

डेढ दर्जन नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुने
Exclusive: 1 video promo & 5 photos:
न्यू योर्क- अमेरिकामा रहेका झन्डै ५ सय नेपाली खेलाडीहरुको साझा संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्क" (US Nepal Sports & Culture Development Inc) द्वारा अमेरिकामा रहेका र नेपालका नेपाली खेलाडीहरुको बिकास र प्रोत्साहनकालागि स्थापना गरेको बिभिन्न महत्वाकाँक्षी पुरस्कार र अनुदानकालागि सहयोगार्थ न्यू योर्क शहरमा यही १६ अप्रिलमा आयोजना गर्न लागिएको  "शुभकामना साँझ-२०६८" को पूर्व सन्ध्यामा नेपालमा करातेका संस्थापक तथा ब्ल्याक बेल्ट छैठौं डान प्राप्त थानेश्वर राइ, चौथो डान सन्त थोकर र दुर्गाबहादुर गुरुङ, तेश्रो डान सम्बर गोले, मास्टर छेमाङ दोर्जे लामा र प्रथम डान केशब लामालगायत खेलाडीहरुले युएस नेपाल अनलाइनका पाठकहरुकोलागि बिशेष प्रोमो भिडन्त प्रदर्शन गरेका छन्। हेर्ने होइन?


Fighting for a good cause: 6th Dan (Shito Ryu Karate) Thaneshwar Rai also known as "Father of Karate in Nepal" and Asian/SAF Games silver & gold medalist 3rd Dan (Shito Ryu Karate) Sambarbahadur Gole Tamang preparing for April 16th live demonstration in New York. Photos: eEyeCam.com


हेर्नुहोस् युएस नेपाल अनलाइनका पाठकहरुकोलागि तयार पारिएको बिशेष प्रोमो कराते खेल भिडन्त प्रदर्शन
A promo video of Martial Arts demonstrations by Nepali Sportsmen in New York for April 16, 2011 Fundraising Event



नेपाली नयाँ बर्षको अबसर पारेर आयोजना गर्न लागिएको उक्त "खेलकूद तथा शुभकामना साँझ-२०६८" न्यू योर्क शहरको अस्टोरियास्थित चियान फे डेरेसन हलमा अप्रिल १६ तारिख शनिबार बेलुकी ७ बजे हुन लागेको हो।

उक्त साँझमा माथि उल्लेखित खेलाडीहरुका अलावा ओलम्पिक खेलमा रजत (bronze medal) पदक बिजेता एक मात्र नेपाली खेलाडी बिधान लामालगायत अरु एक दर्जन खेलाडीहरुले मार्शल आर्ट्स बिधाका सितोरियो कराते, सोतो कान कराते, सिन्जिन कराते, क्युकोसिन कराते, तेक्वान्डो, उसु, कुम्फुलगायतका खेलहरुको बिभिन्न काता कलाहरुको प्रदर्शन र भिडन्तहरु प्रदर्शन गर्नेछन्।


Treasurer & 1st Dan (Sinzin Karate) Kesav Lama Tamang. Photos: eEyeCam.com


उक्त साँझमा नेपालमा कराते खेललाई पहिलो पटक भित्रयाउने "फादर अफ नेपालीज कराते" को नामबाट सुपरिचित तथा साँझको आयोजक संस्था US Nepal Sports & Culture Development Inc का प्रेसिडेन्ट थानेश्वर राइ आफै भिडन्तमा उत्रने अन्तिम तयारी गर्दै हुनुहुन्छ।

किन खेलाडीहरु भिडन्तको मैदानमा उत्रदैछन्?

नेपालका यि चर्चित खेलाडीहरु नेपालमा मात्र होइन बिदेशमासमेत सुपरिचित छन् तर सरकारी उदासिनताका कारण नेपालमा खेलाडीहरुको भबिश्य अझै धराप मै छ। खेलकूदको बिकासले फड्को मार्न नसकेको मात्र होइन अझ उधो गति लिएको अवस्था छ। नेपालमा खेलकूदलाई प्रोसाहन गर्न, आइआपद परेका खेलाडीहरुलाई सहयोग गर्न र उत्कृष्ट खेलाडीहरुलाई सम्मान मात्र होइन गतिलो नगद पुरस्कारद्वारा पुरस्क्रित गर्ने उद्देश्य यि खेलाडीहरुले लिएकाछन्।

Executive members of US Nepal Sports & Culture Development Inc (L to R): General Secretary & 4th Dan (Soto Kan Karate) Santababu Thokar Tamang; Executive member & 4th Dan (Taekwondo) Durgabahadur Gurung, President & 6th Dan (Shito Ryu Karate) Thaneshwar Rai; Treasurer & 1st Dan (Sinzin Karate) Kesav Lama Tamang; 2nd VP & 3rd Dan (Shito Ryu Karate) Sambarbahadur Gole Tamang and Secretary & Master (Ushu) Chhemang Dorje Lama Tamang. Photos: eEyeCam.com

स्पोर्टस इङ्कका प्रेसिडेन्ट राइले युएस नेपाल अनलाइनसंगको बिशेष वार्तामा भन्नुभयो- "हाम्रो संस्थाले नेपालका खेलाडीहरुलाई हौसेला बढाउने उद्धेश्यले ओलम्पिक खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गरेका छौं भने एशियन खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ३ हजार, २ हजार र १ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गरेका छौं।"

उसो त उक्त संस्थाले चिनको ग्वाङ्झाउ शहरमा सन् २०१० को नोबेम्बर १२ देखी २७ बिच आयोजित १६ औं एशियन बक्सिङ खेलमा ८१ केजी तौल समूहमा रजत (तेश्रो) पदक बिजेता दिपक महर्जनलाई एक हजार अमेरिकि डलर प्रदान गरिसकेको छ भने संस्थाले सन् २००९ मा दुइटै म्रिगौला काम नलाग्ने अवस्थामा पुगेर सिकिस्त बिरामी पुग्नु भएकि नेपाल कि ताइक्वान्डो खेलाडी मन्जु तुलाधर श्रेष्ठको उपचारकोलागि एक हजार अमेरिकि डलर उपलब्ध गराएको छ।

साथै संस्थाले ओलम्पियन खेलाडी स्व. चित्रबहादुर गुरुङको गत नोबेम्बर २१ मा अमेरिकि राज्य भर्जिनियास्थित आफ्नै अपार्ट्मेन्टमा एक्लै बसेकै बेला भएको निधनपछि स्‍मृति सभाको आयोजना गरी बिशेष गरी न्यू योर्कमा रहेका नेपाली खेलाडीहरुबाट उठाइएको दुई हजार तीन सय त्रिसठ्ठी अमेरिकि डलर स्व. गुरुङकि श्रीमती रितामाया (लामा) गुरुङ र छोरा अजय गुरुङलाई प्रदान गरेको छ।

International Martial Arts Association founder & chief instructor 4th Dan Sensei Santababu Thokar Tamang with his students at his dojo (training school) in Jackson Heights, Queens, NY (www.imakarate.org). Photos: eEyeCam.com

डेढ दर्जन नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुने

यसैबिच, उक्त शुभकामना साँझमा खेलाडीहरुको यो स्तुत्य अभियानलाई होस्टेमा हैसे गर्दै न्यू योर्कमा रहेका नेपाली कलाकारहरुको जम्बो समूहले आ-आफ्नो कला प्रस्तुती गर्ने भएको छ।

कलाकारहरु नायिका गौरी मल्ल, रतन सुबेदी, सुमन बुढा मगर, राम श्रेष्ठ, नरबहादुर दाहाल, रोशन गुरुङ, राजेश थापा मगर, तिलक श्रेष्ठ, राजेन्द्र राइ, पबिता बाग्चन्द परियार, शैलेश श्रेष्ठ, बिजयमान नकर्मी, धरमबीर लामा, गोम्बा शेर्पा पूजा राइ, बसन्ती राइ, सुजन गुरुङलगायत  हुनुहुन्छ।



अब हेर्ने होइन त पहिले कहिल्यै देख्ने अबसर नमिलेको यि ख्यातिप्राप्त खेलाडीहरुको भिडन्त र कलाकारहरुको सुमधुर प्रस्तुती ? उक्त साँझमा रमाउँदै गर्दा थाहै नपाई नेपालका खेलाडीहरुलाई प्रोत्साहन गर्ने अभियानमा सहभागी हुने अबसर गुम्ला है ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read related news:

-न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा नेपाली खेलाडीहरुको संस्थाद्वारा खेलकुद परिषदका पूर्व कोशाध्यक्ष प्रेम कुवरको स्वागत

-न्यू योर्कमा नेपाली खेलाडीहरुको साझा संस्था स्थापना

More sports related news, go to:

http://usnepalonline.com/sports/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.