Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 18 April 2011 22:42
Article Index
न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित
Photos of fights and sportsmen
Photos of openning ceremony of Sports & Shubhakamana Nite 2011
Photos of performers (artists)
All Pages

बक्सिङ खेलाडी तथा हाँस्य कलाकार रतन सुबेदीको "को छ तगडा" प्यारोडी गिति एल्बमको बिमोचन
Exclusive: 1 video promo &  52 photos:
न्यू योर्क- अमेरिकामा बसोबास गर्ने झन्डै ५ सय नेपाली खेलाडीहरुको साझा संस्था "युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ्लप्मेन्ट इङ्क" (US Nepal Sports & Culture Development Inc) द्वारा आयोजित "शुभकामना साँझ-२०६८" मा खेलाडीहरुको भिडन्त हेर्न र साँस्कृतिक साँझको मजा लुट्न न्यू योर्कबासीहरु ओइरिए। उता आयोजक खेलाडीहरु भने कार्यक्रम हेर्न अमेरिकि नेपालीहरु ताँती लागेको देखेर दङ्ग देखिन्थे। हेर्ने होइन त सम्भबत: न्यू योर्कको सबैभन्दा चर्चित र उत्साहित कार्यक्रमको भिडियो र फोटोहरुको झाँकी?



Members of US Nepal Sports & Culture Development Inc during the opening ceremony of Sports & Subhakamana Nite in New York on April 16, 2011. Photos: eEyeCam.com. Fights and demo photography by our contributing photographer Ashok Pant (347-208-2798)


शनिबार बेलुकी उक्त कार्यक्रमको उदघाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले दीप प्रज्वलन गरी गर्नु भएको थियो। कार्यक्रमको शुभारम्भ नेपालको राष्ट्र गानबाट गरिएको थियो।


Ambassador Gyanchandra Acharya inaugurating the event by lighting the candle. Photos: eEyeCam.com.

खेलाडीहरुको प्रोत्साहनकालागि पुरस्कारहरुको सहयोगार्थ शुभकामना साँझको आयोजना

उक्त कार्यक्रम अमेरिकामा रहेका र नेपालका नेपाली खेलाडीहरुको बिकास र प्रोत्साहनकालागि संस्थाद्वारा स्थापना गरेको बिभिन्न महत्वाकाँक्षी पुरस्कारको सहयोगार्थ आयोजना गरिएको हो।

स्पोर्टस इङ्कले नेपालका खेलाडीहरुलाई हौसेला बढाउने उद्धेश्यले ओलम्पिक खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार अमेरिकि डलर प्रदान गर्ने, एशियन खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ३ हजार, २ हजार र १ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गरेको छ।

खेल क्षेत्रका ११ जना नेपाली खेलाडीहरु सम्मानित

उक्त साँझमा स्पोर्टस इङ्कले नेपालकोलागि खेल प्रतियोगितामा अन्तररास्ट्रिय खेलमा ख्यातीप्राप्त हाल अमेरिका र क्यानाडामा बसोबास गर्ने ११ जना खेलाडीहरुलाई सम्मान गर्‍यो।

संस्थाद्वारा सम्मानित खेलाडिहरुमा सन् १९८८ मा सिउल, कोरियामा सम्पन्न ओलम्पिक खेल प्रतियोगितामा ते-क्वान्-डो खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता बिधान लामा, सन् १९९८ मा बैङ्कक, थाइल्यान्डमा सम्पन्न १३ औं एसियन खेल प्रतियोगितामा करातेमा खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता सम्बरबहादुर गोले, सन् १९९८ मा काठमाडौंमा सम्पन्न ८ औं साउथ एसियन खेल प्रतियोगितामा करातेमा खेलमा प्रथम स्वर्ण (गोल्ड) पदक बिजेता सुरेन्द्र श्रेष्ठ, सन् १९९८ मा काठमाडौंमा सम्पन्न ८ औं साउथ एसियन खेल प्रतियोगितामा करातेमा खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता मकेन्द्रबहादुर सिंह, सन् १९८६ मा सिउल, कोरियामा सम्पन्न १० औं एसियन खेल प्रतियोगितामा बक्सिङ खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता मनोज श्रेष्ठ, सन् १९८६ मा सिउल, कोरियामा सम्पन्न १० औं एसियन खेल प्रतियोगितामा बक्सिङ खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता सुशिल पोख्रेल हुन्।


Tae-Kwondo player Bidhan Lama, Bronze Medal winner at Olympics Games in Seoul, Korea in 1988 being honored by Ambassador Acharya in New York.Photos: eEyeCam.com.


सम्मानित अन्य खेलाडीहरुमा सन् १९९८ मा काठमाडौंमा सम्पन्न ८ औं साउथ एशियन खेल प्रतियोगितामा ते-क्वान्डो खेलमा प्रथम स्वर्ण (गोल्ड) पदक बिजेता बन्दना श्रेष्ठ, सन् १९९८ मा काठमाडौंमा सम्पन्न ८ औं साउथ एशियन खेल प्रतियोगितामा ते-क्वान्डो खेलमा दोश्रो (सिल्भर) पदक बिजेता पद्मा गुरुङ, सन् १९९८ मा काठमाडौंमा सम्पन्न १० औं एसियन खेल प्रतियोगितामा उसु खेलमा प्रथम स्वर्ण (गोल्ड) पदक बिजेता बिना लामा, सन् १९९८ मा काठमाडौंमा सम्पन्न ८ औं साउथ एशियन खेल प्रतियोगितामा ते-क्वान्डो खेलमा प्रथम स्वर्ण (गोल्ड) पदक बिजेता राजकुमार राई, तेश्रो, पाँचौं, छैठौं र आठौं साउथ एशियन खेल प्रतियोगितामा एथ्लेटिक्स खेलमा तेश्रो (ब्रोन्ज) पदक बिजेता खुर्सिद अहमद खाँ हुन्।

यि खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत आचार्यलेले सम्मान पदक र परम्परागत खादा पहिर्याएर अभिनन्दन गर्नुभएको थियो।


The Honorees at the event in New York. Photos: eEyeCam.com.


विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा र विश्व किर्तिमानी रोहित तिमल्सिना सम्मानित

उक्त कार्यक्रममा सम्मानित हुने अतिथी किर्तिमानीहरुमा विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा (पढ्नुहोस्) र गत जनवरी १४, १५ र १६ तारिख न्यू योर्क शहरको टाइम्स स्क्वारमा ३३ घण्टासम्म लगातार हात मिलाएर विश्व रेकर्ड कायम गरेका रोहित तिमल्सिनालाई पनि सम्मानित गरिएको थियो। रोहितले यस अघि गिनिज बुक अफ ओर्ल्ड रेकर्ड (Guinness Book of World Records) मा ३ पटक विश्व किर्तिमान कायम गरि सक्नुभएको छ। (पढ्नुहोस्)

साथै, कार्यक्रम प्रायोजकहरुलाई आयोजकहरुले दिल खोलेर सम्मान गरे।

कार्यक्रममा स्पोर्टस इङ्कका महासचिब सन्तबाबु थोकरले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने समारोहलाई प्रमुख अतिथी महामहिम राजदूत आचार्य र स्पोर्टस् इङ्कका अध्यक्ष थानेश्वर राईले सम्बोधन गर्नुभएको थियो।

उद्घाटन समारोहको सन्चालन कलाकार शैलेश श्रेष्ठले गर्नुभएको थियो।

बक्सिङ खेलाडी तथा हाँस्य कलाकार रतन सुबेदीको "को छ तगडा ?" प्यारोडी गिति एल्बमको बिमोचन

यसैबिच, स्पोर्टस इङ्कका अध्यक्ष थानेश्वर राईले पूर्व बक्सिङ खेलाडी तथा चर्चित प्यारोडी गायककोरुपमा स्थापित रतन सुबेदीको "को छ तगडा" प्यारोडी गिति एल्बमको बिमोचन गर्नुभएको थियो।


President of US Nepal Sports & Culture Development Inc, Thaneshwar Rai releasing music album  of former boxer and parody singer Ratan Subedi. Photos: eEyeCam.com.

बिमोचन पश्चात साँस्कृतिक साँझमा रतन सुबेदीले आफ्नो बहुचर्चित प्यारोडी गीत 'आलु बोडी', 'कुखुरी काँ' गीतमा क्यारिकेचर र आफ्नो बिमोचित नयाँ एल्बमबाट 'झ्याप' र 'को छ तगडा' बोलका रसिला प्यारोडी गीतहरु गाएर दर्शकहरुलाई पेट मिचिमिची हँसाउन सफल भए।

पुरस्कार स्थापनार्थ खेलाडिहरु बिच भिडन्तको आयोजना

उक्त साँझमा १८ जना खेलाडीहरुले मार्शल आर्ट्स बिधाका सितोरियो कराते, सोतो कान कराते, सिन्जिन कराते, क्युकोसिन कराते, तेक्वान्डो, उसु, कुम्फुलगायतका खेलहरुको बिभिन्न काता कलाहरुको प्रदर्शन र भिडन्तहरु प्रदर्शन गरेका थिए।


Black belt 6th dan and also known as father of Karate sports in Nepal, Thaneshwar Rai performing his skill at the event. Fights and demo photography by our contributing photographer Ashok Pant (347-208-2798)

उक्त साँझमा संस्थाका अध्यक्ष तथा नेपालमा करातेका संस्थापक तथा ब्ल्याक बेल्ट छैठौं डान प्राप्त थानेश्वर राइ स्वयम् भिडन्तको मैदानमा उत्रेर आफ्नो सितोरियो कराते खेल कला प्रदर्शन गरेका थिए। (युएस नेपाल अनलाइनले उहाँसंग लिएको बिशेष वार्ता पढ्नुहोस्)


Friendly fight for a good cause: Black belt 6th dan Thaneshwar Rai and 3rd dan Shambarbahadur Gole Tamang. Fights and demo photography by our contributing photographer Ashok Pant (347-208-2798)

अझ उनले सन् १९९८ को एसियाड खेलमा सितोरियो करातेमा रजत (तेश्रो) पदक प्राप्त खेलाडी तथा ब्ल्याक बेल्ट तेश्रो डान सम्बर गोले तामाङलाई प्रतिरक्षात्मक मैत्री खेल भिडन्तमा प्रतिस्पर्धा गर्दै ढालेको द्रिश्य रोमान्चक बनेको थियो। गोले संस्थाका दोश्रो उपाध्यक्ष पनि हुन्।

Stunt or sport? Nepalese Sportsmen performing their skill. Fights and demo photography by our contributing photographer Ashok Pant (347-208-2798)

त्यसैगरी, आ-आफ्नो खेल कला प्रदर्शन र मैत्री खेल भिडन्त प्रस्तुत गर्ने अन्य खेलाडीहरुमा क्युकोसिन कराते खेलतर्फ प्रथम डान केशब लामा, जयदेब लामा, ते-क्वान्डो खेलतर्फ ओलम्पिक खेलमा रजत (bronze medal) पदक बिजेता एक मात्र नेपाली खेलाडी बिधान लामा, चौथो डान दुर्गाबहादुर गुरुङ, मोहन वाइबा, पद्मा गुरुङ, बन्दना श्रेष्ठ र बिमा राइ, उसु खेलतर्फ मास्टर छेमाङ दोर्जे लामा, सोनाम लामा र बिना लामा, सोतो कान कराते खेलतर्फ चौथो डान सेन्सेइ सन्तबाबु थोकर, धनराज घिसिङ, पर्खि राइ, दीपल राइ, सिशिर थोकर र समिर थोकर थिए।


Wushu Master Chhemang Dorje Lama Tamang performing his skill at the event. He is also the Secretary of US Nepal Sports & Culture Development Inc. Fights and demo photography by our contributing photographer Ashok Pant (347-208-2798)

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Nepalese Sports Live Demo & Cultural Nite in New York, April 16, 2011





Artists performing Nepalese traditional folk dance. Photos: eEyeCam.com.


दुई दर्जन नेपाली कलाकारहरुको बेजोड प्रस्तुती

उक्त शुभकामना साँझमा खेलाडीहरुको यो स्तुत्य अभियानलाई होस्टेमा हैसे गर्दै न्यू योर्कमा रहेका दुई दर्जन नेपाली कलाकारहरुले आ-आफ्नो कला प्रस्तुती गरे।

कलाकारहरु नायिका गौरी मल्ल, यम बराल, सुमन बुढा मगर, नरबहादुर दाहाल, रोशन गुरुङ, गम्बु शेर्पा, तिलक श्रेष्ठ, राजेन्द्र राइ, पबिता बाग्चन्द परियार, श्रीजना लामा र फुरी शेर्पाले सुमधुर गीतहरु प्रस्तुत गर्नुभएको थियो।


Famous Nepalese actress-turn-singer Gauri Malla singer a song. Photos: eEyeCam.com.


अझ चर्चित लोक गायक सुमन बुढा मगरको लोक गीतमा दर्शकहरु कम्मर मर्काएर नाँच्न कुनै हिच्किचाहट मानेनन्।


Folk singer Suman Budha Magar entertaining the guests. Photos: eEyeCam.com.

न्रित्यद्वारा दर्शकहरुलाई मनोरन्जन दिलाउने कलाकारहरुमा धरमवीर लामा, बसन्ती राइ, यशोदा खालिङ राइ, सुजन गुरुङ, सुनिता गुरुङ, शेरप शेर्पा, छिमी शेर्पा, जेनी तामाङ, रबिना लामा, रश्मी लामा, अमिर गुरुङ, प्रसान राइ, सबिता देवान, बिन्दु राइ, प्रोबिन गुरुङ, साचिको महर्जन, जेनिशा कर्माचार्य र सुरज गुरुङ थिए ।

न्यू योर्कमा न्रित्य पाठशाला खोलेका नेपालका चर्चित न्रित्य निर्देशक बिजय नकर्मीले अधिकाँश न्रित्यहरुको निर्देशन र कोरियोग्राफी गर्नुभएको थियो।

गायक राजेश थापा मगर र निमा लामाको रोचक सन्चालन रहेको शुभकामना साँझ एक अबिस्मरणीय साँझ बन्यो।

स्पोर्टस इङ्कद्वारा खेलाडीहरु र उनीहरुको परिवारलाई सहयोग प्रदान

उक्त संस्थाले यस अघी चिनको ग्वाङ्झाउ शहरमा सन् २०१० को नोबेम्बर १२ देखी २७ बिच आयोजित १६ औं एशियन बक्सिङ खेलमा ८१ केजी तौल समूहमा रजत (तेश्रो) पदक बिजेता दिपक महर्जनलाई एक हजार अमेरिकि डलर प्रदान गरिसकेको छ भने संस्थाले सन् २००९ मा दुइटै म्रिगौला काम नलाग्ने अवस्थामा पुगेर सिकिस्त बिरामी पुग्नु भएकि नेपाल कि ताइक्वान्डो खेलाडी मन्जु तुलाधर श्रेष्ठको उपचारकोलागि एक हजार अमेरिकि डलर उपलब्ध गराएको छ। अर्का खेलाडी धनीराम चौधरीलाई ५ सय अमेरिकि डलर प्रदान गरेको छ।

संस्थाले ओलम्पियन खेलाडी स्व. चित्रबहादुर गुरुङको गत नोबेम्बर २१ मा अमेरिकि राज्य भर्जिनियास्थित आफ्नै अपार्ट्मेन्टमा एक्लै बसेकै बेला भएको निधनपछि स्‍मृति सभाको आयोजना गरी बिशेष गरी न्यू योर्कमा रहेका नेपाली खेलाडीहरुबाट उठाइएको दुई हजार तीन सय त्रिसठ्ठी अमेरिकि डलर स्व. गुरुङकि श्रीमती रितामाया (लामा) गुरुङ र छोरा अजय गुरुङलाई प्रदान गरेको छ।

स्पोर्टस इङ्क सन् २००९ को अक्टोबरमा न्यू योर्क राज्यमा दर्ता भएको मुनाफारहित (not-for-profit) संस्था हो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Singers Yam Baral and Srijana Lama. Photos: eEyeCam.com.


VP US Nepal Sports & Culture Development Inc. and singer Narbahadur Dahal.Photos: eEyeCam.com.


 

Co-sponsors of the event being honored. Photos: eEyeCam.com.


 

न्यू योर्कमा नेपालका खेलाडीहरुको भिडन्त यस्तो थियो, खेल क्षेत्रका ११ जना सम्मानित
Photos of fights and sportsmen
Photos of openning ceremony of Sports & Shubhakamana Nite 2011
Photos of performers (artists)
All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.