Inside

All Time Top 50 News

न्यू योर्कमा स्व. ओलम्पियन खेलाडी चित्रबहादुर गुरुङ स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 13 December 2010 23:56

Updated December 23, 2010: Donors' List: Exclusive: 1 video 15 photos; न्यू योर्क- ओलम्पियन खेलाडी स्व. चित्रबहादुर गुरुङको सम्झनामा न्यू योर्कमा US Nepal Sports & Culture Development Inc को आयोजनामा स्‍मृति सभा सम्पन्न भएको छ। स्व. गुरुङको गत नोबेम्बर २१ मा अमेरिकि राज्य भर्जिनियास्थित आफ्नै अपार्ट्मेन्टमा एक्लै बसेकै बेला निधन भएको थियो।


Late Chitrabahadur Gurung memorial event in New York on December 12, 2010. Photos: eEyeCam.com

स्‍मृति सभामा उक्त संस्थाका अध्यक्ष तथा नेपालका ख्यातिप्राप्त खेल प्रशिक्षक थानेश्वर राइले बिशेष गरी न्यू योर्कमा रहेका नेपाली खेलाडीहरुबाट उठाइएको दुई हजार तीन सय त्रिसठ्ठी (USD $2,363.00) अमेरिकि डलर स्व. गुरुङकि श्रीमती रितामाया (लामा) गुरुङ र छोरा अजय गुरुङलाई प्रदान गर्नु भयो।


Late Gurung's son Ajaya Gurung and wife Ritamaya (Lama) Gurung in New York memorial event. Photos: eEyeCam.com

सभाको शुरुमा उपस्थित अमेरिकि नेपालीहरुले स्व. गुरुङको तस्बिरमा श्रद्दान्जलीस्वरुप पुष्प गुच्छा र परम्परागत खादा अर्पण गरेका थिए।

उक्त स्‍मृति सभामा डा. तारा निरौला, बंशलाल तामाङ र प्रदिप थापा मगरले आ-आफ्नो शोक मन्तब्य ब्यक्त गर्दै नेपाली खेलाडीहरुको समयमै सम्मान र उचित प्रोत्साहन हुनु पर्ने कुरामा जोड दिनु भएको थियो भने स्व. गरुङप्रति श्रद्दान्जली अर्पण र परिवारजनमा समबेदना ब्यक्त गर्नु भएको थियो।



सभामा संस्थाका कोशध्यक्ष केशब लामाले सङ्कलित रकमको विवरण पेश गर्नु भएको थियो भने सचिब छेमाङ दोर्जे लामाले सभाको सन्चालन गर्नु भएको थियो। सभामा संस्थाका उपाध्यक्ष नरबहादुर दाहाल, महासचिब सन्तबाबु थोकर, अन्य पदाधिकारी र सदस्यहरुका अलावा न्यू योर्कका नेपालीहरुको उपस्थिती रहेको थियो।

स्व गुरुङको सहयोगार्थ चन्दा दिने चन्दादाताहरुको नामावली यसै समाचारको अन्तमा पछि अपडेट गरिनेछ।

युएस नेपाल अनलाइनले स्व. गुरुङ स्‍मृति सभाबारे तयार पारेको बिशेष भिडियो हेर्नुहोस्:



यस अघी स्व. गुरुङको दाह संस्कार श्रीमती रितामाया र छोरा अजय नेपालबाट गत डिसेम्बर २ मा अमेरिका आएपछि डिसेम्बर ४ तारिख भर्जियामा  गरिएको थियो।

स्व गुरुङको खेल र सैन्य जीवन

स्व. गुरुङ नेपालका राष्ट्रिय पौडी खेलाडी हुन्। उनी नेपाली सेनाको राज दल गणमा १७ बर्षसम्म कार्यरत थिए भने सन् २००४ मा अमेरिका आउनु पूर्व जमदार पदमा कार्यरत थिए।

उनी सन् २००४ को अक्टोबर ७ देखी ११ मा अमेरिकि राज्य इण्डियानामा सम्पन्न सातौं अन्तरराष्ट्रिय पौडी खेल प्रतियोगितामा भाग लिन अमेरिका आएका बखत  ग्रिन कार्ड लिएर अमेरिकामै बसोबास शुरु गरेका थिए।

सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा सम्पन्न समर ओलम्पिक खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पुरुषतर्फको ५० मिटर फ्री स्टाइल पौडी खेलमा भाग लिएर १९९ देशका खेलाडीहरुमा ६९ औं स्थान हासिल गर्न सफल भएका थिए। उनले राउन्ड एकमा २७.०२ सेकेन्डमा उक्त दुरी पार गरेर आफ्नो समुहमा दोश्रो हुन सफल भएका थिए भने उनले कायम गरेको यो रेकर्ड नेपाली खेलाडिले अझै सम्मन् तोड्न सकेका छैनन्।

पारिवारिक जीवन

उनकी श्रीमती, दुई छोराहरु अजय (२०) र राज (७ बर्ष) तथा २ छोरीहरु अन्जु (१७) र अनिशा (१४) छन्। हाल उनका परिवार काठमाडौंको लाजिम्पाटमा बसोबास गर्दछन् । उनको पुर्खौली घर चाँही चितवनको कुम्बोज्-२ बहिरियामा हो।

एउटै खेलाडीलाई ५ हजार डलरसम्म पुरस्क्रित गर्ने घोषणा

US Nepal Sports & Culture Development Inc का अध्यक्ष थानेश्वर राइले स्‍मृति सभामा चिनको ग्वाङ्झाउ शहरमा बक्सिङ खेलमा रजत (तेश्रो) पदक बिजेता दिपक महर्जनलाई एक हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गर्नु भयो।


US Nepal Sports & Culture Development Inc President Thaneshwar Rai. Photos: eEyeCam.com

उक्त अबसरमा उहाँले ओलम्पिक खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गर्नु भयो भने एशियन खेलमा प्रथम, दोश्रो र तेश्रो हुने नेपाली खेलाडीलाई क्रमश: ३ हजार, २ हजार र १ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गर्नु भयो ।

उहाँले अमेरिकामा रहेका झन्डै ३०० नेपाली खेलाडीहरुद्वारा संस्थाको यो उद्देश्यमा होस्टेमा हैसे हुने विश्वाश ब्यक्त गर्नु भयो। US Nepal Sports & Culture Development Inc सन् २००९ मा स्थापना भएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



Dr. Tara Niraula. Photos: eEyeCam.com





Bangshalal Tamang.



Chhemang Dorje Lama. Photos: eEyeCam.com



Jaydev Lama


Keshav Lama.

Ajaya Gurung and Ritamaya (Lama) Gurung.


Indra Tamang with Ritamaya Gurung & Chhemang Dorje Lama. Photos: eEyeCam.com




Late Chitrabahadur Gurung. Photos: eEyeCam.com

 

NAME

Amount


Amritlal Shrestha

$     51.00


Asu Raj Shrestha (Wushu)

$     51.00


Anandu Lama (Karate)

$     51.00


Amrit Lama

$     21.00


Ang Chhiring Shepa(Everest Times)

$     21.00


Bijay Dongol(Boxing)

$     51.00


Banshala Tamang

$     51.00


Bhojraj Thokar

$     51.00


B R Lama

$     21.00


Binod Tamang

$     21.00


Chhemang Lama (Wushu)

$     51.00


Chetan Subba (Karate)

$     51.00


Dhanraj Ghising (Karate)

$     51.00


D.B Gurung (Taekwondo)

$     51.00


Indra Tamang

$     51.00


Jayadev Tamang (Karate)

$     51.00


Jeet Bahadur Rana (Wushu)

$     55.00


Janak Subedi (Karate)

$     51.00


Khursid Khan (Athletic)

$     51.00


Kesav Lama (Moktan) (Karate)

$     51.00


Lama Accounting (Namgel Lama)

$   100.00


Lal Tamang (Pakhrin)

$     51.00


Mohan Waiba (Taekwando)

$     51.00


Makendra Bdr. Singh (Karate)

$     61.00


Mohan Bista(Karate)

$     51.00


Manik Lama

$     51.00


New Nepalese Football Club

$   350.00


Nima Sherpa (Karate)

$     60.00


Nar Bahadur Dahal (Athletic)

$     51.00


Prem Tamang (Karate)

$     51.00


Parkhi Rai (Karate)

$     51.00


Prakash Tuladhar (Boxing)

$     51.00


Pradeep Thapa (USNepalOnline.com)

$     21.00


Rumba Saloon

$     55.00


Raja Tuladhar (Swimming)

$     36.00


Sambar Gole (Karate)

$     51.00


Shanta Thokar (Karate)

$     51.00


Sonam Tamang (Wushu)

$     51.00


Sanjeev Shrestha(Judo)

$     71.00


Sanjay Thapa

$     51.00


Sapna Waiba

$     31.00


Somendra Ranjit

$     21.00


Thaneswore Rai (Karate)

$     51.00


Tundu Sherpa (Karate)

$     21.00


Tamang Society Of America

$   300.00


Total

$2,694.00


Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.