Inside

All Time Top 50 News

एनआरएनए संघद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न: काठमाण्डौं उपत्यकामा ३ करोड रुख हुनुपर्ने तर उपत्यकामा ५० लाख मात्र रुख PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 30 July 2017 15:18

काठमाण्डौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्षदेखि काठमाण्डौंस्थित चोभार डाँडामा वृक्षारोपण कार्य गर्दै आएको छ । कार्यक्रमलाई निरन्तरता दिदै संघको एशिया प्रशान्त क्षेत्र र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहले जुलाई २९ तारिख संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

Tree Plantation by NRNA Asia Pacific in Kirtipur, Kathmandu on July 29, 2017. Photo courtesy: Kiran Bikram Thapa

माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले कार्यक्रमको उद्घाटन गर्दै आयोजकहरुलाई यस्तो पुनित कार्यमा आमन्त्रण गरेकोमा आभार व्यक्त गरेका थिए । मन्त्री केसीले "एक मानवले सरल रुपमा श्वास फेर्न करीव ८ वटा जति रुख हुनु पर्ने, काठमाण्डौं उपत्यकामा करिव ३ करोड रुख हुनुपर्ने तर उपत्यकामा ५० लाख मात्र रुख भएको" उल्लेख गर्दै त्यो संख्या यहाँका वासिन्दालाई प्रयाप्त नभएको र त्यस कारण वातावरणमा असर परेको बताए ।

कार्यक्रमका किर्तीपूर नगरपालिकाका मेयर रमेश महर्जनले चौभार क्षेत्रमा रहेका सम्पदाहरुको संरक्षण गरी आयमूलक पर्यकटकीय क्षेत्रको रुपमा विकास गरिने बारे आफ्नो धारणा राख्दै यस कार्यमा स्थानीय समुदाय र युवाहरुलाई परिचालन गरिने बताए । उपमेयर सरस्वति खड्काले अब बन्ने वन ऐनमा स्थानीय सरकारलाई वनको क्षेत्रमा ५ प्रतिशत मात्र अधिकार दिइने व्यवस्था हुन लागेको हुँदा सरोकारवाला सबै मिलेर स्थानीय वनमा स्थानीय सरकारको पूर्ण स्वामित्व हुनुपर्नेमा नेपाल सरकारसंग माग गर्न आग्रह गरिन् ।


Tree Plantation by NRNA Asia Pacific in Kirtipur, Kathmandu on July 29, 2017. Photo courtesy: Sanu Babu Thapa

वार्ड नम्वर ६ चोभारका वडा अध्यक्ष न्युच्छे महर्जनले किर्तीपूरमा रहेका वन उपभोक्ता समितिहरुसंग समन्वय गरी त्यहाँ रहेका क्षेत्रमा योगदान गर्ने र यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्दो मदत गर्ने बताए ।

नेपाल स्थित जापानी दूतावासका महामहिम राजदूतका प्रतिनिधि ताकासी नाकाताले जापान सरकारले नेपालको पर्यावरण क्षेत्रको विकासमा अहिले र भविष्यमा पनि सहयोग पुर्याउने बताए ।

Tree Plantation by NRNA Asia Pacific in Kirtipur, Kathmandu on July 29, 2017. Photo courtesy: Sanu Babu Thapa

गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका संयोजक किरण विक्रम थापाले केही वर्ष यता संघको एशिया प्रशान्त क्षेत्रले वार्षिक रुपमा स्थानीय सरोकारवालाहरुको सहयोगमा बृक्षारोपण कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिंदै वातावरण सफा राख्न यस्ता कार्यक्रमहरु नियमित रुपमा हुनु पर्ने र वन क्षेत्रको सम्बर्द्धन र प्रबर्दन स्थानीय सरोकारवालाहरुको सक्रियतामा हुनु पर्ने विचार व्यक्त गरे । संयोजक थापाले देशमा स्वरोजगारको श्रृजना गरी युवाहरुलाई पर्यटन क्षेत्रमा परिचालन गर्नपर्ने बताए ।

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक, आदिनाथ विद्यालयका प्रिन्सिपल र अन्य विशिष्ट पाहुनाहरुले बृक्षारोपण र पर्यावरणबारे आ-आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा आदिनाथ सामूदायिक वन उपभोक्ता समूहका अध्यक्षले आफ्नो समूहको बारेमा जानकारी दिदै सहभागीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन सोही समितिका उपाध्यक्षले गरेका थिए ।

समारोहमा संघको एशिया प्रशान्त क्षेत्रका संयोजक थापाले आदिनाथ माविको पुस्ताकालयको लागि पुस्तक तथा विद्यार्थीहरुको लागि स्टेशनरीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वार्ड नम्वर ६ का सदस्यहरु, शसस्त्र प्रहरी गण, स्थानीय युवा क्लबहरु, महिला समूहहरु, वन उपोभोक्ता समितिहरु, विद्यार्थीहरु, स्थानीय समूदाय र गैरआवासीय नेपाली संघ सचिवालयको सहभागीता रहेको थियो ।

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.