Inside

All Time Top 50 News

एनआरएनए आईसिसी अध्यक्षमा पुनः शेष घले निर्वाचित; को कस्ले कति मत ल्याए ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 16 October 2015 21:53

Exclusive: 19 photos: काठ्माण्डौं- गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समिती (एनआरएन आईसिसी) को निर्वाचनमा अध्यक्ष पदमा शेष घले (अष्ट्रेलिया) अत्यधिक मतद्वारा दोश्रो पटक पुन: निर्वाचित भएका छन् । बिहीबार अक्टोबर १५ तारिख अपरान्ह १ बजेदेखि ७ बजेबीच सम्पन्न इलेक्ट्रोनिक मतदानमा घलेले टेकबहादुर (टीबी) कार्की (कतार) संग ६४१ मतको अन्तरले बिजय हाँसिल गरेका थिए । घलेले ८६७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २२६ मत प्राप्त गरेका थिए । निर्वाचन शुरु हुनुभन्दा केही समय अघि अध्यक्षका अर्का प्रत्यासी रतनकुमार झा (युएसए) ले आफ्नो अध्यक्षको उमेद्वारी फिर्ता लिएका थिए ।

NRNA ICC President Shesh Ghale surrounded by his supporters after he won re-election at 7th International NRNA General Assembly in Kathmandu on October 15, 2015. Photo by Pradeep Thapa

उता दुई उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा भवन भट्ट (जापान) र कुमार पन्त (जर्मनी) निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएभने उनीहरुका प्रतिद्वन्दीहरु खगेन्द्र जिसी (युएसए) ले ३१७ मत, नरेन्द्र भाट (कतार) ले २६९ मत, लक्ष्य गुरुङ (युके) ले १६५ मत, र सम्शेरसिंह थापा (अस्ट्रेलिया) ले १२७ मत प्राप्त गरेका थिए ।

Newly elected NRNA ICC Executive Committee Office Bearers and Members. Photos courtesy: Members facebook profile

त्यसैगरी, महासचिवमा वद्री केसी (रसिया) निर्वाचित भए । उनले ५५५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दीहरु रन्जु थापा (अस्ट्रेलिया) ले २५५ मत, पुष्प थापा (जर्मनी) ले १३४ मत, र पुष्प तिमील्सिना (स्पेन) ले १२२ मत प्राप्त गरेका थिए ।

सचिव पदका लागि भएको निर्वाचनमा अर्जुन श्रेष्ठ (बेल्जियम) निर्वाचित भएका छन् । उनले ३९१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दीहरु गणेश केसी (अस्ट्रेलिया) ले ३१६ मत, सुरेन्द्रबहादुर श्रेष्ठ (युके) ले १८२ मत र धरम केसी (साउदी अरब) ले १६९ मत प्राप्त गरेका थिए ।

NRNA ICC President Shesh Ghale surrounded by his supporters during election process at 7th International NRNA General Assembly in Kathmandu on October 15, 2015. Photo by Pradeep Thapa

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा हिक्मतबहादुर थापा (नाईजेरिया) निर्वाचित भएका छन् । उनले २६४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दीहरु तृलोक गुरुङ (हङ्कङ) ले २४६ मत, राजेन्द्र शिवाकोटी (युएसए) ले २१३ मत, चिरन्जिबी थापा (जापान) ले २०३ मत र भैरबप्रशाद ढकाल (अस्ट्रेलिया) ले १३४ मत पाएका थिए ।

उत्तर अमेरिका संयोजकमा सेनाम लामा (युएसए) निर्वाचित भएका छन् । लामाले ६९ मत प्राप्त गरेका थिए उनका प्रतिद्वन्दी रामचन्द्र खरेल (युएसए) ले ४२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उत्तर अमेरिका उप-संयोजकमा आङ छिरिङ (एसी) शेर्पा (क्यानाडा) निर्वाचित भएका छन् । शेर्पाले ६९ मत प्राप्त गरेका थिए उनका प्रतिद्वन्दीहरु शिवकुमार राई (युएसए) ले ४४ मत र बिनोद केसी (क्यानाडा) ले ९ मत प्राप्त गरेका थिए ।

NRNA ICC President Shesh Ghale surrounded by his supporters during election process at 7th International NRNA General Assembly in Kathmandu on October 15, 2015. Photo by Pradeep Thapa

उता युरोप संयोजकमा कुल आचार्य (युके) निर्बिरोध निर्वाचित भएका छन् भने एसिया प्यासिफक संयोजकमा किरणविक्रम थापा (जापान) निर्वाचित भएका छन् ।

मध्य पूर्व संयोजकमा डम्बरबहादुर (डिबी) क्षेत्री (ओमन) निर्वाचित भएका छन् भने ओसियाना संयोजकमा महेन्द्र लम्साल (अस्ट्रालिया) निर्वाचित भएका छन् ।

युवा संयोजकमा विजय पोखरेल (अस्ट्रेलिया) र उपसंयोजकमा लोकराज शर्मा (डेनमार्क) निर्वाचित भएका छन् । शर्मा निर्बिरोध निर्वाचित भएका छन् ।

उता महिला संयोजकमा सपिला राजभण्डारी (रसिया) र उपसंयोजकमा राजनी प्रधान (बेल्जियम) निर्वाचित भएका छन् । राजभण्डारी निर्बिरोध निर्वाचित भएकी छन् ।

-Pradeep Thapa in Kathmandu

Read latest update at: www.usnepalonline.com/nrn

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.