Inside

All Time Top 50 News

एनआरएन आईसिसी अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको 'फेडेरेसन विश्वबिद्यालय'द्वारा मानार्थ बिद्यावारिधी उपाधि 'अनरिस काउसा' प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 10 December 2015 23:54

Exclusive: 3 photos: न्यू योर्क/अष्ट्रेलिया- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसी अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको 'फेडेरेसन विश्वबिद्यालय' ले मानार्थ बिद्यावारिधी 'अनरिस काउसा' उपाधि प्रदान गरेको छ । उक्त विश्वबिद्यालयले अष्ट्रेलियाको उच्च शिक्षा, शहरी बिकास र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको जनाएको छ ।

NRNA ICC President Shesh Ghale receiving honorary doctorate degree Honoris Causa by Federation University in Australia on December 8, 2015. Photo courtesy: Ranju Thapa Wagle

डिसेम्बर ८ तारिख बुधबार विश्वबिद्यालयमा आयोजित दिक्षान्त (कमेन्स्मेण्ट) समारोहमा  प्रदान गरिएको मानार्थ बिद्यावारिधी प्रमाण पत्रमा उल्लेख गरिएकोछ:

"In recognition of his eminent service and contribution to Australian higher education, to urban preservation and development and to his social contribution to the people of Nepal, Federation University Australia is pleased to honour Shesh Ghale with the degree of Doctor of the University Honoris Causa."

NRNA ICC President Shesh Ghale receiving honorary doctorate degree Honoris Causa by Federation University in Australia on December 8, 2015. Photo courtesy: Ranju Thapa Wagle

अध्यक्ष घलेलाई आफ्नो कमेन्स्मेण्ट समारोहमा गत मे ६ तारिख  उक्त उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो तर अध्यक्ष घले भूकम्प प्रभावितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो । घलेले सन् १९८६ मा तत्कालिन रसिया, हाल उक्रेनको खारकोभ अटोमोबाईल एण्ड हाईवे इन्स्टिचूटबाट सिभिल इन्जिनिअरिङ्गमा मास्टर्स गरेका थिए भने सन् १९९४ मा अस्ट्रेलियाको भोक्टोरियाबाट बिजिनेस एड्मिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् ।

Jamuna Gurung and Shesh Ghale came to Australia as business studies students in the early 90s and have since built a combined wealth of $265 million. Photo: Josh Robenstone (www.brw.com.au)


अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङ सन् १९९६ मा स्थापित अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा 'मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी' (एमआईटी) का संस्थापक र संचालक हुन् । हाल यो टेक्नोलोजी इन्स्टिचूटमा ३ हजार स्वदेशी तथा बिदेशी बिद्यार्थीले अध्ययन गरिरहेका छन् । घले सन् १९९७-२००० बिच अस्ट्रेलियाको भोक्टोरियाका लागि नेपालको अबैतनिक महाबाणिज्यदूत रहेका थिए ।

अध्यक्ष घलेकै नेतृत्वमा काठमाण्डौंको बालुवाटारमा बनाईन लागेको एनआरएन भवनको लागि बिश्वभरका नेपालीहरुबाट झण्डै १९ करोड रुपैयाँ संकलन भैइसकेको छ । गत मार्च ९ तारिख काठमाण्डौको बालुवाटारस्थित प्रधानमन्त्री निवास र सभामुख निवास अगाडी तीन रोपनी जग्गा १२ करोड ७२ लाख रुपैयाँमा जग्गा खरिद गरी भवनको प्रधानमन्त्री सुशील कोईरालाद्वारा शिलान्यास गरिसकिएकोछ ।

Prime Minister of Nepal, Sushil Koirala laid the foundation stone of NRN Building in Kathmandu on March 9, 2015. Photos courtesy: NRNA ICC

त्यसैगरी, गत अप्रिल २५ तारिख नेपालमा गएको महाभूकम्पपछि नेपाल सरकारले घलेलाई बैदेशिक सहयोग जुटाउन नेपाल सरकारको "बिशेश दूत" नियुक्त गरेको छ । एनआरएनए आईसिसीको आह्वानमा महाभूकम्प पछि एनआरएनहरुबाट संकलित ३५ करोड रुपैंयाँले भूकम्प प्रभावित क्षेत्रमा एक हजार घर निर्माण गरी जनतालाई नि:शुल्क हस्तान्तरण गर्ने घोशणा गरिएको छ । त्यसैगरी, नेपालमा भारतीय नाकाबन्दीले जनजीवन अस्तव्यसत हुन थाले पछि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री रामजनम चौधरीलाई संघले नोबेम्बर २४ तारिख पहिलो चरणमा ३८ लाख रुपैंयाँ मूल्य बराबरको औषधि हस्तान्तरण गरेको छ ।

NRNA ICC president Shesh Ghale and his wife Jamuna Ghale building a 5-star Sheraton Hotel in Kathmandu by investing USD 813 million (8 arba rupees). The hotel foundation laying ceremony was held on October 11, 2014. Photos courtesy: MIT Group

अष्ट्रेलियाको धनाढ्यको सूचीमा ९९ औं नम्बरमा रहेका अध्यक्ष घले र उनकी पत्नी जमुना घलेले एमआईटी ग्रुप फाउण्डेसनमार्फत् नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्बको परोपकारी कोष स्थापना गरेका छन् । सो कोषमार्फत् भूकम्प तथा नाकाबन्दीका बेला राहत प्रदान गरिएको छ भने हालै जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने घोषणा गरिएको छ । अध्यक्ष घलेको कम्पनी एमआईटी ग्रुप होल्डिङसको लगानीमा ८ अर्ब रुपैयाँको लागतमा काठमाण्डौंको मुख्य केन्द्र कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा पाँचतारे 'शेराटन काठमाण्डौं होटल' निर्माण थालनी भैइसकेको छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-एनआरएन आईसिसीद्वारा "#नेपाल होप्स" अभियानको शुरुवातका साथ नेपाल सरकारलाई औसधी हस्तान्तरण

-एनआरएनए आईसिसी अध्यक्षमा पुनः शेष घले निर्वाचित; को कस्ले कति मत ल्याए ?

-अन्तत: बन्ने भयो एनआरएन भवन: काठमाण्डौंमा भवनको शिलान्यास; १२ करोड ७२ लाख रुपैयाँमा जग्गा खरिद

-एनआरएन आईसिसी अध्यक्ष शेष घलेद्वारा आफ्नो गाउँको विद्यालयलाई ५० लाख रुपैयाँ सहयोग प्रदान

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.