Inside

All Time Top 50 News

एनआरएन आईसिसीले सुरु गर्‍यो अन्तराष्ट्रिय अभियान- "#नेपालहोप्स: हामीलाई जस्तो तिमीलाई नपरोस्" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dharma Raj Bhusal, Editor-in-Chief, OnlineKhabar.com   
Tuesday, 24 November 2015 12:20

Exclusive: काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसीले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन अन्तराष्ट्रिय अभियान- "#नेपालहोप्स: हामीलाई जस्तो तिमीलाई नपरोस्" प्रचार अभियान थालेको छ । उक्त अवसरमा संघले नेपाल सरकारलाई औसधी हस्तान्तरण गरेको छ ।

एनआरएन आईसिसीले सुरु गर्‍यो अन्तराष्ट्रिय अभियान- "#नेपालहोप्स: हामीलाई जस्तो तिमीलाई नपरोस्"काठमाडौं- गैरआवासीय नेपाल...

Posted by USNepalOnline.com on Tuesday, November 24, 2015


मंगलबारदेखि सुरु यो अभियानमा एनआरएनले नाकाबन्दीका कारण सिर्जना भएको मानवीय संकटका बिभिन्न पक्षबारे उजागर गरेको छ । 'नेपाल होप्स: दीस डजनट हेपेन टु यु' (नेपाल चाहन्छ हामीलाई जस्तो बिपत तिमीलाई नपरोस्) शीर्षकको यो अभियानमा शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक गतिबिधि, पुनःनिर्माण र रोजगारीका क्षेत्रमा कसरी नाकाबन्दीले असर गरेकेा छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतलाई दिन खोजिएको छ ।

'नेपालमा यति ठूलो बिपत पर्दा पनि अपेक्षाकृत अन्तराष्ट्रिय समुदाय सक्रिय बन्न सकेको छैन' एनआरएन आईसिसी अध्यक्ष शेष घलेले अभियानको उदेश्यबारे भने- 'नेपालीहरु यस्तो बिपतमा छन्, तिमीहरु बोल, सहयोग गर र नाकाबन्दी खुलाउन दबाब देउ भन्ने सन्देश दिन यो क्याम्पेन थालिएको हो ।'

संघले बिभिन्न देशमा आयोजित बिरोध र्‍यालीमा यी पोष्टरहरु प्रयोग गरिने बताएकोछ । यसैगरी, संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले सामाजिक संजालमार्फत् मानवीय संकट र दुरावस्थाबारे बिश्व समुदायलाई जानकारी दिनेछन् ।

यो अभियानमा सहभागी हुन "नेपालहोप्स" # ह्यासट्यागमा बिभिन्न तस्वीर, पोष्टर र सन्देशहरु लेखेर आवाज उठाउन सकिने छ ।

भूकम्पका बेला नेपालका भत्किाएका घरका दर्दनाक तस्वीर छाप्ने अन्तराष्ट्रिय मिडियाहरुले नाकाबन्दीका कारण त्योभन्दा ठूलो संकट उत्पन्न हुँदा पनि नेपालको संकटबारे खुलेर बोल्न सकिरहेका छैनन् ।

'हामीले अन्तराष्ट्रिय मानवीय सहायता प्रदान गर्ने संस्थाहरुलाई नेपालतिर आँखा लगाउन प्रेरित गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौं'- अध्यक्ष घलेले भने- 'नाकाबन्दी खेप्न बाध्य निर्दोष नेपाली जनताको दुःख र कष्टलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन बैकल्पिक बाटो अपनाउन खोजेका हौं ।'

Contributed by Dharma Raj Bhusal, Founder/Editor-In-Chief, OnlineKhabar.com, Kathmandu, Nepal

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.