Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कुन मन्त्री विहान १० देखि रातको १० बजेसम्म काम गर्दै छन्‌? 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाडौँ, September 6, 2008- नेपालका सरकारी कार्यालयहरु प्रायजसो हप्तामा ६ दिन खुल्ला रहन्छन् । तर मन्त्रीहरु ६ दिनमध्ये कति दिन कार्यालयमा जान्छन् होला?

हप्तामा ३ दिन आफ्नो मन्त्रालयमा गएर काम गर्ने मन्त्रीहरु मुस्किलै भेटिएलान् । ३ दिन गएछन् भनेपनि अन्य कर्मचारीले झैं विहान १० देखि बेलुकी ५ बजेसम्म मन्त्रालयमा बस्ने मन्त्री पाइयो भने त्यसलाई आश्चयकै रुपमा लिए हुन्छ ।

तर संविधान सभाको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर सबैलाई आश्चर्यमा पारेका माओवादी नेता एबं अर्थमन्त्री डा. बाबुराम भट्टराई भने मन्त्री पदमा नियुक्त भएपछि सबैभन्दा धेरै समय मन्त्रालयमा बिताउने मन्त्रीको रुपमा दर्ज हुनुभएको छ । प्रत्येक दिन मन्त्रालयमा जानेमात्र होइन सबैभन्दा धेरै समय उहाँले मन्त्रालयमा बिताउन थाल्नु भएको छ ।

विहान ७ बजे मन्त्रालयमा पुग्नुहुने डा. भट्टराई बेलुकी १० बजेसम्म मन्त्रालयमै बस्नुहुन्छ । उहाँकालागि विहानको नास्ता र खानापनि मन्त्रालयमै ल्याउने गरिन्छ ।

डा. भट्टराई आफ्नो कार्यकक्षमा ल्याइएको खाना त्यहीं खाने गर्नु हुन्छ र आफ्नो काममा व्यस्त हुनुहुन्छ । कहिलेकाहीं त उहाँलाई रातको कति बज्यो भन्ने कुरा सोच्ने फुस्रदपनि हुँदैन अरुले भनिदिनुपर्छ । अरुले रातको १० बजेको जानकारी दिएपछिमात्र मन्त्री भट्टराई आफ्नो कार्यकक्षबाट उठ्नुहुन्छ र आफ्नो निवासतर्फ लाग्नुहुन्छ ।

माओवादी नेतृत्वको सरकारले ल्याउन लागेको बजेट निर्माणकालागि मन्त्री डा. भट्टराई यतिसार्हो व्यस्त हुन थाल्नु भएको हो । जानकारी अनुसार गरिव जनतालाई प्रत्यक्ष राहत पुग्ने गरी बजेट निर्माणमा डा. भट्टराई यतिबेला लाग्नुभएको छ । अर्थमन्त्रालयका कर्मचारीका अलवा उहाँले नियुक्त गर्नुभएका ५ जनाको विज्ञ समूहले गरिवमुखी बजेट निर्माणकालागि मन्त्री भट्टराईलाई सघाउ पुर्याइरहेका छन् ।

अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार माओवादी नेतृत्वको सरकारले ल्याउने बजेटमा गाउँकालागि धेरैभन्दा धेरै बजेट विनियोजन गरिनेछ भने तल्ला तहका कर्मचारी, सेना र प्रहरीको तलब भत्ता उल्लेख्यमात्रामा बृद्धि हुनेछ । यसअघि भने उपल्लो तह र तल्लो तहका कर्मचारीहरुको तलब समान रुपले बृद्धि गर्ने गरिएको थियो । गरिव र विपन्न बर्गकालागि राहत कार्यक्रम र तल्लो तहका कर्मचारीको तलबमा उल्लेख्य बृद्धि गरेर यो बर्गको समर्थन लिने कार्यमा माओवादी लाग्ने निश्चित जस्तै छ ।

आफूले ल्याउने बजेट नेपालको इतिहासमा सबैभन्दा लोकप्रिय र गरिवमुखी बजेट आउने अपेक्षा भएकालेपनि डा. भट्टराई आफै यसरी रात दिन नभनी बजेट निर्माणमा लाग्नुभएको उहाँ निकट श्रोतले बताएको छ । कतिसम्म भने बजेट निर्माणकैलागि व्यस्तताका कारण बुधवार आफ्नै धर्मपत्नी एबं पर्यटनमन्त्री हिसिला यमि र अर्का मन्त्री मातृका यादवको शपथ ग्रहण कार्यक्रममा समेत उहाँ जान पाउनु भएन ।

Finance Minister Dr. Baburam Bhattarai. Photo: Santa

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®