Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राजनीतिमा फेल माधव नेपाल राजनीतिक संयन्त्रको संयोजक?
प्रधानमन्त्रीको भारत भ्रमणमा जलस्रोत प्रमुख एजेण्डा हुने

काठमाडौँ, September 7, 2008- जलस्रोत मन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जलस्रोत प्रमुख एजेण्डा हुने बताएका छन् ।

राजधानीमा भदौ २२ गते रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले कोशी बांधको समस्याका अलावा जलस्रोतका अन्य सम्भावनाबारे छलफल हुने बताएका हुन् ।

'प्रधानमन्त्रीको भारत भ्रमणमा जलस्रोत प्रमुख एजेण्डा हुन्छ' पौडेलले भने ।

सरकारले एजेण्डाबारे अन्तिम टुंगो नलगाइसकेको भएपनि जलस्रोतको अधिकतम सदुपयोगबारे द्विपक्षीय कुराकानी हुने मन्त्री पौडेलले बताए । कोशी उच्च बांधबारे सम्झौता हुन्छ भन्ने प्रश्नमा उनले कोशी उच्च बांधबारे अध्ययन भइरहेको छ । सरकारले जलस्रोत सम्बन्धि महत्वपूर्ण निर्णयहरु पारदर्शी रहने बताए ।

मन्त्री पौडेलले ठूला जलविद्युतमा विदेशी लगानी, मझौलामा सरकारी पूजी र साना जलविद्युतमा जनताको पूजी परिचालन गर्ने लक्ष्य लिइएको बताए । उनले भने 'जलविद्युतको अधिकतम उत्पादनलाई प्रमुख लक्ष्य बनाएर सरकार अगाडि बढ्छ ।'

मन्त्री पौडेलले वर्तमान सरकार नयां संविधान निर्माण नभएसम्म रहने बताए । उनले भने 'सरकार ढाल्ने चर्चा आइरहेका छन् यस्ता निरर्थक कुराको केही लाग्दैन । सरकार पूरा अवधि चल्छ ।' जनादेशअनुरुपको संविधान निर्माणमा सहमति र सहकार्य निर्माण गर्न आफूहरु तयार भएको बताए । शान्ति प्रकृया निष्कर्षमा पुर्याउने चुनौती पूरा गर्नबाट कसैले रोक्न नसक्ने उनको भनाई थियो ।

सरकार संचालनका लागि बनाइन लागिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल चयन हुने खुलासा गरे । नेपालकाबारे सहमति बन्ने निश्चित भइसकेको उनको भनाई थियो ।

-Santa Bagam in Kathmandu









   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®