![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: Damphu Sanjh: Tamang Soceity of America 2008 |
||
|
डम्फुको तालमा
न्यूयोर्कमा तामाङहरुको ल्होसार सम्पन्न Photo: Ang Kami Sherpa (PhotoHera.Com) न्यूयोर्क, February 16, 2008 -अमेरिकामा बसोबास गर्ने तामाङ आदिबासीहरुले उनीहरुको महान पर्ब नयाँ बर्ष सोनाम ल्होसार अन्य हिमाली जनजातीहरुले झै आज साँझ धुमधामसँग ढाका क्लब वुडसाइड न्युयोर्कमा मनाए। Photos: eEyeCam तामाङ सोसाइटि अफ यु.एस.ए.ले सोनाम ल्होछार २८४४ को उपलक्ष्यमा अति मनोराजनात्मक डम्फु सांझ नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बोधिबृक्ष मुनि बुद्धको प्रतिमा राखेर सजाइएको स्टेजले साँच्चिनै बुद्धको जन्मस्थल लुम्बिनी पुगे झैं प्रतित गराउंदथ्यो । धार्मिक विधिअनुसार लामाबाट पूजा आर्चना गरेर शुरु गरिएको कार्यक्रममा अध्यक्ष राम तामाङले उपस्थितिलाई स्वागत गर्दै सबैलाई सोनाम ल्होछारको शुभकामना ब्यक्त गर्नुभएको थियो । ए... है ज्यानै खायो उसको मायाँले... भन्दै जब सातजना नृत्याङ्गनाहरु स्टेजमा उत्रेर आफ्नो कला प्रस्तुत गरे तब उपस्थित सबैको मनै खाइ दिन सफल भएको थियो । राम्रो पुर्ब तयारिकासाथ प्रदर्शन गरिएका नृत्यहरुले सबैलाई अबेरसम्म आकर्षित बनाई रहयो । गीत र नृत्यहरुले भरिपुर्ण कार्यक्रमको माहौलमा गायिका सुनिता लोप्चानको असारै महिनामा.. पानी पर् यो रुझाउने.... बोलको गीतले वास्तवमै यस साँझलाई रुझाएको थियो तर झरिको पानीले होइन मनोरन्जनले भरिएका गीत संगित र नृत्यहरुका भारि भारि बर्षाले । Madhuraman Acharya, Nepalese Ambassador to UN. Photos: eEyeCam प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले तामाङ समाजको सँस्कृति नेपालको एक अमुल्य गहना हो यसको सँरक्षण र बिकासकोलागि देशभन्दा टाढा रहेरपनि यहाँ रहेका तामाङ समुदायले गरेको योगदान सह्रानिय छ भन्नु हुँदै निरन्तरताको कामना ब्यक्त गर्नु भयो । Photo: Ang Kami Sherpa (PhotoHera.Com) संजोक योन्जन, लोकेन तामाङ र माया लामाले पालै पालो सचालन गरेको कार्यक्रममा गायक सन्जोक योन्जन, सुनिता लोप्चान, जोनि योन्जन, टासि शेर्पा, न्हुच्छे नारायण डङ्गोल, गोमा योन्जन र बाल कलाकारहरुले गाएका थिए । सिद्धार्थ लामा र साथीहरुले करातेको काता विधाको पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा Tamang Society of America का अध्यक्ष राम तामाङलाई मानार्थ ब्लयाक बेल्टको उपाधीले सम्मान गरियो। नृत्य निर्देशक धरमबिर लामा, जयन्ति लामा, अमृत लामा, डोल्मा लामा, सुप्रिया लामा, छिमी शेर्पा, यान्जि शेर्पा, आङडोल्मा शेर्पा, डेण्डि शेर्पा, फिन्जो ल्हमु, प्रतिभा लामा, डोमा छिरिङ, जिना तामाङ, रिया तामाङ, लक्ष्मी तामाङ, सोनु लामा,कबिता लामा, निमा लामा, पुष्पा गुरुङ, अल्फा लामा, स्वेता लामा, सेन्ठु लामा र सिङथेन लामा ले आ-आफ्ना नृत्यहरु प्रस्तुत गरेका थिए । Boston Tamang Society र Greater Boston Nepali Community का अध्यक्ष प्रेम तामाङको नेत्रित्वमा आएको १० जना कलाकारहरुको समुहद्वारा सात न्रित्य र १ गीत प्रस्तुत गरीएको थियो भने चलचित्र झाँक्रीका नायक तथा निर्माता अमृत लामाले सो चलचित्रको न्रित्य प्रस्तुत गरेका थिए। संगीतिक साँझ भोली पल्ट बिहान साढे दुई बजेसम्म चलेको थियो। -नगेन्द्र ईङनाम "आठराइली" Sunita Lopchan, singer Sanjog Yonjan-Tamang, singar & MC of the event Tamng Lama performing his puja before the event. Photos: eEyeCam Ila Lama 10, Photo: Ang Kami Sherpa (PhotoHera.Com) Photo: Ang Kami Sherpa (PhotoHera.Com) Photo: Ang Kami Sherpa (PhotoHera.Com) Photo: Ang Kami Sherpa (PhotoHera.Com) Ram Tamang, Chairman, Tamang Society of America. Photos: eEyeCam Actor Amrit Tamang performing his dance from the film Jhakri. Dharambir Lama Photos: eEyeCam Singer Prashant Tamang from Boston. Nhuchhe Narayan Dangol and Goma Yonjan-Tamang Chief guest Acharya and award winners. Guests of the event. Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®