|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
गिरिजाको बोली बोल्न थाले प्रचन्ड 'नयाँ सरकार असफल भए मुलुक नै असफल हुनेछ' प्रधानमन्त्री प्रचण्ड उनका सुरक्षागार्ड र पृष्ठभूमिमा विश्वको सर्बोच्च शिखर सगरमाथा Photo: Sitaram काठमाडौँ, September 5, 2008- एक समय गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस नरहे प्रजातन्त्र नै नरहने बताउने गर्थे । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि प्रधानमन्त्री भएपछि त्यस्तै अभिव्यक्ति दिन थालेका छन् । आफ्ना ८ बुँदे माग सहित भदौ २० गते प्रधानमन्त्री निवास बालुवाटार पुगेका संचारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने 'नयाँ सरकार असफल भए मुलुकनै असफल हुन्छ ।' संचारकर्मीहरुसँगको अन्तरकृयामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्- 'सरकारलाई असफल पार्न चाहनेहरुले मुलुकलाई नै असफल बनाउन खोजेका छन् ।' 'सरकार बनेदेखिनै ढाल्ने षड्यन्त्र भइरहेको छ' प्रधानमन्त्री प्रचण्डले भने- 'नयां सरकार असफल भए मुलुक नै असफल हुन्छ ।' सरकार असफल भए राष्ट्रले थेग्न नसक्ने गरी दुर्घटनामा पर्ने खतरा औल्याउँदै प्रचण्डले राष्ट्र असफल बनाउन खोज्नेहरुको षड्यन्त्रबाट सचेत हुन आग्रहपनि गरे । |
|
|
एक हप्तादेखि जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको सरकार धेरै नटिक्ने बताएका थिए । कांग्रेसका नेताहरुले माओवादी नेतृत्वको सरकारलाई धेरै समय टिक्न नदिने बताउँदै आएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डको यो भनाई आएको हो । संचारकर्मीहरुसँगको भेटमा प्रचण्डले शान्ति प्रकृया सफल बनाउनेतर्फ अग्रगामी लोकतान्त्रिक गणतन्त्रका पक्षधरबाट सहयोग रहने आशा व्यक्त गरेका थिए । उनको थप भनाई थियो- 'विगतका आग्रह पूर्वाग्रह बिर्सेंर राष्ट्र भक्त, लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु नयां नेपाल निर्माणमा एकजुट हुनुपर्छ ।' नयाँ नेपाल निर्माणमा संचारकर्मीको उल्लेख्य भूमिका रहने बताउँदै प्रधानमन्त्रीले प्रेसबाट भरपुर सहयोगको आशा राखेका थिए । 'पत्रकारहरुको समस्या समाधानका लागि मैंले पहल थालिसकेको छु' प्रचण्डको भनाई थियो- 'सत्य तथ्य समाचार सम्प्रेषण एवं प्रसारण गरेर शान्ति प्रकृया सफल बनाउन पत्रकारहरुले सहयोग गर्नुपर्छ ।' सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा मिडिया सेन्टर खोल्ने पहल शुरु भइसकेको जानकारीपनि प्रधानमन्त्रीले दिएका छन् । प्रंधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारको कार्यकालमा नेपाली मिडियाले अन्य सरकारले पाएभन्दा बढि सुविधा र सहुलियत पाउने बताउँदै आएका छन् । संचारकर्मीहरुले राखेका मागहरुमा नयाँ संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सूचनाको हकको प्रभावकारी कार्यान्वयन, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति भवन शितल निवासलगायत सर्बदलीय एवं नियमित बैठक हुने स्थानमा सुविधासम्पन्न मिडिया सेन्टरको व्यवस्था, क्लबका लागि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लगायत छन् । -Sitaram Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||