Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Special Editorial:
अब चाँही साँच्चै देशमा शान्ती आउने आशा गरौं
Archive»
Nepal's new Prime Minister Prachanda. Outgoing PM Girijaprasad Koirala. Photos courtesy: Sunrise-blogs.gelman.gwu.edu, Sun Set-theflatearthsociety.org, Prachanda by Sitaram, Girija P. Koirala by eEyeCam. Illustration: eEyeCam

Prachanda Became Republic Nepal's First Elected Prime Minister
नयाँ नेपालको नयाँ प्रधानमन्त्रीमा प्रचन्ड निर्वाचित
आफ्नो टाउकाको मूल्य ५० लाख तोकेका देउवालाई प्रचण्डले यसरी हराए


Pushpa Kamal Dahal aka Prachanda. Photo: Sitaram

काठमाडौं,  August 15, 2008- ६ बर्षअघि आफ्नो टाउकाको मूल्य तोक्ने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान सभाभित्र निकै ठूलो मतान्तरले पराजित गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संघीय गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।
 
माओवादीबाहेक संविधान सभामा प्रतिनिधित्व गर्ने २० वटा पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्डले दुई तिहाईभन्दा बढि अर्थात् ४ सय ६४ मत प्राप्त गरे भने प्रचण्डका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको मात्र १ सय १३ मत प्राप्त गर्न सफल भए ।

सभामुख सुवाष नेम्वाङ्गले बेलुकी ६ बजे मत विभाजन प्रकृयाद्धारा मतदान सुरु भएको घोषणा गरेका थिए । सर्वप्रथम कांग्रेस उम्मेदवार देउवाको सम्बन्धमा पक्ष-विपक्षमा मतदान गराइएको थियो । मतदानमा नेपाली कांग्रेसका १ सय १३ सभासद्ले मतदान गरेका थिए भने विपक्षमा माओवादी र स्वतन्त्र गरी ४ सय ३८ जनाले मतदान गरेका थिए । संविधान सभामा कांग्रेसका १ सय १२ मत रहेपनि देउवाले थप १ मत पाए । मत परिणामको आधारमा सभामुख नेम्वाङ्गले प्रधानमन्त्री पदका उम्मेदवार शेरबहादुर देउवाको नाम अस्वीकृत भएको घोषणा गरेका थिए ।

Sherbahadur Deuba. Photo: BBC.Com

त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्ष-विपक्षमा मत विभाजन गरी निर्वाचन गरिएको थियो । देउवाको सम्बन्धमा भएको मत विभाजनकै परिणाम अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने पक्षमा ४ सय ६४ मत खसेको थियो । सोही निर्वाचन परिणाम अनुसार सभामुख नेम्वाङ्गले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विजयी घोषणा गरे । मतदानमा राष्ट्रिय जनमोर्चाका ४, राष्ट्रिय जनशक्ति पार्टीका ३ र नेमकिपाका ५ सभासद्ले मतदानमा भाग लिएनन् ।

अपरान्ह दुई बजेदेखि सुरु भएको संविधान सभाको बैठकमा देउवा र प्रचण्डका प्रस्तावक-समर्थकहरुले पक्ष विपक्षमा बोलेका थिए । प्रचण्डको पक्षमा देखिएका पार्टीका नेता तथा सभासद्हरुले राष्ट्रिय सहमतिको सरकारकालागि अर्घेल्याइ गरेको भन्दै कांग्रेसको आलोचना गरॆका थिए । साथै उनीहरुले प्रचण्डलाई निर्विरोध निर्वाचित गर्ने अवस्था सिर्जनाकालागि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । सबैको बोल्ने समय सकिएपछि सभामुख नेम्वाङ्गले उम्मेदवारी फिर्ता लिन समय दिएपनि देउवाको उम्मेदवारी फिर्ता लिइएन ।

नेपालको राजनीतिमा प्रचण्ड र देउवालाई 'भस्रेज पात्र' को रुपमा लिने गरिएको छ । २०५२ मा माओवादीले जनमोर्चा नेपालमार्फत् ४० सूत्रीय माग देउवा सरकारलाई पेश गरेको थियो । देउवा सरकारले ती मागको सुनुवाई नगरेपछि माओवादीले २०५२ फागुन १ देखि जनयुद्ध सुरु गर्यो । २०५८ मा माओवादीविरुद्ध सेना परिचालनकालागि संकटकाल लगाइँदापनि देउवा नै प्रधानमन्त्री थिए । २०५९ बैशाख १० गते देउवा सरकारले नै माओवादी अध्यक्ष प्रचण्डलगायत माओवादीका नेता कार्यकर्ताहरुको टाउकाको मूल्य तॊकेको थियो । देउवा सरकारले प्रचण्डको टाउकाको मूल्य ५० लाख तोकेको थियो ।

यसरी पटक पटक आफूविरुद्ध कडाभन्दा कडा कार्वाहीको घोषणा गर्ने काग्रेस नेता देउवालाई प्रधानमन्त्रीमा प्रचण्डले पराजित गरेका छन् । माओवादीविरुद्धका कडा सैन्य कार्वाहीका अग्रणी देउवालाई अन्य २० वटा दलहरुको सहयोगमा प्रचण्डले पराजित गर्न सक्नुलाई रोचक संयोगको रुपमा लिइएको छ ।

-Sitaram Baral in Kathmandu
  Read our related news:
» प्रधानमन्त्री प्रचण्डले दुबै सेनाको नेतृत्व गर्ने
» प्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ १४० नेपाली सेना र ३३ जनमुक्ति सेना खटिने
» 'म आज यति खुशी छु कुनै कुरा शब्दमा व्यक्त गर्न सक्दिन ।'-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'
» World's Top Media Highlighted Nepal's Maoist Prime Minister
» बिशेष फोटो फिचर: यसरी खाए प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण (12 photos)
» प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन जाने भए
» प्रधानमन्त्री प्रचण्डले 'इश्वर' होइन 'जनता'को नाममा सपथ ग्रहण खाए
» दौरा सुरुवालमा होइन, टाइ-सुट र भादगाउँले टोपीम
» नेपालका कमरेड प्रधानमन्त्री प्रचण्डलाई चिनिया कमरेड प्रधानमन्त्रीको बधाई
» बधाई पठाउने होडबाजीमा भारत र अमेरिका सबैभन्दा अगाडि
» नेपालका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'को आधिकारिक जिबनी
» Official Bio-data of Nepal's New Prime Minister Pushpa Kamal Dhahal 'Prachanda'

» बिशेष फोटो फिचर: प्रधानमन्त्रीको चुनाव अघि र पछि (16+ photos)
» Prachanda Became Republic Nepal's First Elected Prime Minister

» नयाँ नेपालको नयाँ प्रधानमन्त्रीमा प्रचन्ड निर्वाचित
»
आफ्नो टाउकाको मूल्य ५० लाख तोकेका देउवालाई प्रचण्डले यसरी हराए
» बिशेष: संपादकीय: अब चाँही साँच्चै देशमा शान्ती आउने आशा गरौं

» बिशेष: बुलेट र ब्यालेटका कुशल प्रयोगकर्ता प्रचन्डलाई नजिकबाट हेर्दा
» Important Document: तीन दल बिचको सात बुँदे सहमतीपत्र मा के के छ?
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®