|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
लौ अब प्रधानमन्त्री 'प्रचण्ड' अमेरिका आउँदै...? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Prime Minister Prachanda. Photo: Sitaram काठमाडौं, September 2, 2008- अमेरिकाबासी नेपालीहरुलेपनि त्यहीं बसी बसी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्ने सम्भावना बढेको छ । यसै महिनाको तेश्रो हप्ता गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने परराष्ट्र अधिकारीहरुले बताएका छन् । परराष्ट्र मन्त्रालय यतिबेला महासभामा भाग लिन जाने नेपाली टोलीका सदस्यहरु छनौट प्रकृयामा लागेको छ। सेप्टेम्बर महिनाको तेश्रो साता अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघको ६३ औं महासभा हुँदैछ । परराष्ट्र अधिकारीहरुका अनुसार सभामा नेपाली टोलीको प्रतिनिधित्व प्रधानमन्त्रीले नै गर्ने सम्भावना अत्याधिक छ । तर के प्रधानमन्त्री नै जाने भएमा कुनै बेला आतंककारी घोषणा गरेका प्रचण्डलाई अमेरिकाले भीषा देला त ? गत साल सम्पन्न ६२ औं महासभामा अमेरिकाले दुई माओवादी नेतालाई भीषा दिन आनकानी गरेको थियो । नेपाली टोलीमा परेका माओवादी नेताहरु जनार्दन शर्मा 'प्रभाकर' र सुरेश आले मगरलाई सुरुमा अमेरिकाले भीषा उपलब्ध गराएन । त्यसको विरोध भएपछि अन्तिम समयमा भीषा दिइएको थियो । राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा भएकाले अमेरिकी भीषा आवस्यक पर्छ । यद्यपी प्रचण्ड नेतृत्वको सरकारलाई अमेरिकाले मान्यता दिइसकेकाले प्रचण्डलाई भीषाको समस्या नपर्ने बताउँछन् परराष्ट्र मन्त्रालयका अधिकारीहरु । अमेरिकाले प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएलगत्तै आधा घण्टाभित्रै बधाई सन्देशपनि पठाइसकेको थियो । जे होस्, अमेरिकालाई साम्राज्यवादीको नाइके ठान्ने दक्षिण एसियाका यी शक्तिशाली माओवादी नेताको अमेरिका भ्रमण विश्वकालागि चासोको विषय हुने देखिन्छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||