|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अब ४ हजार गाविस होइन ८ सय जिल्ला ! |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Minister Gopal Kirati. Photos: Santa काठमाडौं, September 2, 2008- संस्कृति तथा पुनर्संरचना मन्त्री गोपाल किरातीले मुलुकलाई ८ सय जिल्लामा विभाजन गर्नु पर्ने बताएका छन् । ![]() Minister Gopal Kirati. Photos: Santa भदौ १७ गते राजधानीमा आयोजित कार्यक्रममा मन्त्री किरातीले करिब ४ हजार गाविस राख्दा मुलुकले अनावश्यक आर्थिक भार सहनु परेकाले त्यसको साटो ३ देखि १५ गाविस मिलाएर एउटा जिल्ला बनाउने प्रश्ताव गरेका हुन् । ७५ जिल्लाको साटो नेपाललाई आठ सय जिल्लामा विभाजन गर्ने प्रस्ताव आफूले मन्त्री परिषद्मार्फत् संविधान सभामा लैजानेपनि उनले बताएका छन् । मन्त्री किराँतीका अनुसार संविधान सभाले नयाँ संविधान बनाएपछि 'नयाँ नेपाल' मा अहिलेजस्ता गाउँ विकास समितिहरु रहने छैनन् । |
|
उनले अघि सारेको यो धारणाको कांग्रेसका अर्जुननरिसंह केसीदेखि एमालेका
प्रदीप ज्ञवालीसम्मले हचुवा धारणा भन्दै विरोध गरेका छन् । तर आफ्नो
कुरामा उनी अडिग छन् । पुरानो मान्यता बोक्नेहरुले आफ्नो प्रस्तावको
विरोध गरेको बताउने मन्त्री किराँतीका अनुसार नेपाललाई ८ सय जिल्लामा
विभाजित गरिए प्रशासनिक रुपले जनतालाई निकै सहज हुनेछ ।![]() UMl leader Pradeep Gyawali. Photos: Santa सोही कार्यक्रममा बोल्दै एमाले नेता प्रदीप ज्ञवालीले मन्त्री किरातीले ल्याएको अवधारण माथि छलफल गर्न सकिने बताए । तर राज्य पुनरसंरचना सम्बन्धमा एमालेले पाँच कुरालाई आधार बनाउने नेता ज्ञवालीको भनाई थियो । उनका अनुसार जातीय बसोबास, भौगोलिकता, भाषा, संस्कति, ऐतिहासिक पक्ष र आर्थिक संभाब्यतालाई राज्य पुनरसंरचनाको प्रमुख आधार बनाईनु पर्छ । 'आठ सय जिल्लाको प्रावधानसहितको राज्य पुनसंरचना मन्त्रि परिषदमा लैजाने तैयारीमा छ' यूएस नेपाल अनलाइनसँगको कुराकानीमा उनले दोहोर्याए- 'यो प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि संविधान सभामा लगिनेछ ।' उनले हाल रहेका गाविसहरु मध्ये तीन देखि १५ गाविसहरु बराबर एक जिल्ला बनाउने गरी मस्यौदा तयार भएको जानकारीपनि दिए । 'जनसंख्या, भूगोल, जाति, भाषा, समुदाय, आर्थिक अवस्थालाई आधार मानेर जिल्ला बनाइनेछ' मन्त्री किराँतीको भनाई छ- 'हालका जिल्ला सदरमुकाम कायम रहने र थप नयां जिल्ला सदरमुकाम बनाइनेछ ।' ८ सय जिल्ला बनाइएपछि जिल्ला सदरमुकामको रुपमा आठ सय शहर हुने र प्रत्येक जिल्लामा अधिकृत स्तरको कर्मचारी प्रमुख रहने र प्रहरी निरीक्षक सुरक्षा प्रमुखका रुपमा रहने उनको भनाई थियो । मन्त्री किराँतीका अनुसार अब राज्यले राज्य पुनसर्ंरचनासम्बन्धी प्रस्तावबारे तल्लो तहसम्म बहस चलाइने बताए । राज्य पुनसर्ंरचना मन्त्रालयले प्रस्तुत गर्ने प्रस्ताव नै सर्वस्वीकार्य हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताउदै उनी भन्छन्- 'लोकतान्त्रिक विधिबाट स्वायत्त प्रदेश र जिल्लाहरुको निक्र्यौल हुनेछ ।' संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दलबीचको सहमति र छलफलबाटै राज्यको पुनस्ररचना गरिने उनको कथन छ। प्रत्येक जिल्लाहरुमा औद्योगिकरण, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिइने बताउँदै मन्त्री किराँतीले राष्ट्रिय एकता र अखण्डताको आधारलाई मनन गरेर राज्यको पुनसंरचना गर्न लागिएको जानकारी दिएका छन् । उनले प्रतिबद्धता जनाउँदै भने- 'सबैको संस्कृति र भाषाको सम्मान गर्ने वातावरण बनाउन संस्कृति तथा राज्य पुनस्रंरचना मन्त्रीको हैसियतले म सकृय हुनेछु ।' -Sitaram Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||