|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ सरकारको नीति तथा कार्यक्रम सेप्टेम्बर १०
मा ल्याइने काठमाडौँ, September 5, 2008- राष्ट्रपति डा. रामवरण यादवले भदौ २५ गते विहान ११ बजे व्यवस्थापिका संसदको हैसियतमा बस्ने संविधान सभाको वैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति कार्यालयबाट संविधान सभालाई प्रेषित पत्रमा सो कुरा जनाइएको छ । भदौ २० गतेदेखि शुरु भएको बजेट अधिवेशनमा सभामूख सुवासचन्द्र नेम्वाङ्गले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । विशेष समय लिएर बोल्ने अधिकाँस सभासदहरुले बाढी पिडित, जनताको उद्दार, राहत तथा दीर्घकालीन समाधानको बारेमा बोलेका थिए । सभासद भीमप्रसाद आचार्यले सही संयोजनको अभावमा अझै पनि राहत वितरण सहज भईनसकेको बताए । उनले सरकारले बाढी पिडितको लागि ल्याएको बजेट कम भएको दाबी गरे । अर्का सभासद वृजेशकुमार गुप्ताले समयमै ध्यान दिन सकेन भने कोशीको समस्या कपिलवस्तुमा बल्झिन सक्ने उल्लेख गरे । कपिलवस्तु जिल्लामा रहेको महली सागरबाँध कुनै पनि बेला भत्किन सक्ने खतरामा रहेको सभासद गुप्ताको भनाई थियो । विशेष समयमा बोल्दै सभासद सावित्री काफ्ले पनि उचित व्यवस्थापनको अभावमा सबैले राहत पाउन नसकेको धारणा राखे । सहयोग गर्नेहरु धेरै देखिएपनि वास्तविक पिडितसम्म अझै राहत पुग्न नसकेको उनले बताए । पूर्व अर्थमन्त्री तथा सभासद रामशरण महतले भने राष्ट्रपतिलाई गलत लान्छना लगाएकाले रक्षा मन्त्री रामबहादुर थापा मगर 'बादल'ले संविधान सभामा माफी माग्नु पर्ने दाबी गरे । राष्ट्रपति ओलम्पिक समापन समारोहमा भाग लिन चीन भ्रमण नगएको सन्दर्भमा सभासद महतले भने 'रक्षा मन्त्रीले विदेशीका कारण राष्ट्रपति चीन नगएको बताउनु भएको छ । कि त्यो दबाव दिने विदेशी को हो स्पष्ट पार्नु पर्यो कि यही आएर माफी माग्नु पर्यो ।' अर्की सभासद नवोदिता चौधरीले भने नेता महतले आफ्नो पार्टी प्रतिपक्षमा बस्नु परेपछि आक्रोश पोखेको बताईन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||