Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काँग्रेसले सरकारप्रति पर्ख र हेरको रणनीति अख्तियार गर्ने


Arjunnarshingh KC and Sushil Koirala speaking to journalists after meeting party's concluded today. Photo: Santa

काठमाडौँ, September 7, 2008- नेपाली काँग्रेसले वर्तमान सरकार प्रति पर्ख र हेरको रणनीति अख्तियार गर्ने भएको छ । संघीय गणतन्त्र प्राप्ती पछिको पहिलो निर्वाचित सरकार भएकाले कम्तिमा सय दिन सरकारको गतिविधि हेरेर गुण र दोषको आधारमा विरोध वा सर्मथन गर्ने निर्णय भएको कार्यवाहक सभापति सुशील कोइरालाले बताए ।

पार्टी निर्णय सार्वजनिक गर्न भदौ २२ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा माओवादीमा अझै अधिनायकवादी शैली रहेको कोइरालाले आरोप लगाए ।

काँग्रेस प्रवक्ता अर्जुन नरिसंह केसीले सरकार ढाल्ने खेल शुरु भईसकेको भन्ने प्रधानमन्त्री तथा अन्य वरिष्ठ मन्त्रीहरुको भनाई कमजोर मानसिकताको पराकाष्ठा भएको उल्लेख गरे । प्रवक्ता केसीले तत्काल सरकार गिराउने काँग्रेसको कुनै निर्णय नभएको दाबी समेत गरे । तर संविधान सभामा सरकार अल्पतमा परेको अवस्थामा सरकार चलाउन माओवादीलाई विन्तीपत्र हाल्न पनि नजाने उनको भनाई थियो ।

भदौ ९ देखि २१ गतेसम्म सन्‍चालित केन्द्रिय समितिको वैठकले पार्टी महाधिवेशन आगामी भदौ १५ गतेभित्र गर्ने निर्णय गरेको छ । माओवादीले काँग्रेसलाई दुश्मन मानेको, जनगणतन्त्रको कुरा गरेको तथा प्रयोग र उपयोग गर्ने नीति लिएकाले आफ्नो पार्टी र माओवादीवीचको सहकार्य टुटेको प्रवक्ता केसीको भनाई थियो । वर्तमान सरकार असफल भए मुलुक नै असफल हुन्छ भन्ने प्रधामन्त्रीको भनाई माओवादीको सर्वसत्तावादी भएको प्रमाण भएको उनले बताए ।

जम्मा ६६ मध्ये ५७ केन्द्रीय सदस्यले आ-आफ्ना धारणा राखेको सो वैठकमा पार्टीमा निरासा, विचलन, अन्यौलताका कुरा उठेको प्रवक्ता केसीले स्विकार गरे । महामन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन संशोधन सहित पारित गरिएको छ ।
 
वैठकले राजनीतिक प्रश्ताव, प्रतिपक्षको भूमिका, विपन्न वर्ग, समुदायको पहुँच र पहिचान, आर्थिक नीति, माओवादीबाट भएका शान्ति प्रकृया उलंघन, शान्ति वार्ताको लागि आवहान, सहिद घोषणा, राज्यका अंगहरुलाई राजनीतिकरण नगर्न चेतावनी र पार्टी सुदृढीकरण अभियान गरी जम्मा ९ वटा महत्वपूर्ण विषयमा निर्णय गरिएको छ ।

यसअघि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हुने वैठक यसपटक भने कार्यवाहक सभापति सुशिल कोइरालाको अध्यक्षतामा भएको उल्लेख गरिएको छ । सभापति कोइराला वैठक अवधिभर १८ गते एक दिन मात्रै उपस्थित भएका थिए ।

-Santa Bagam in Kathmandu

  Read Important Document: नेपाली काँग्रेस बैठकको पूर्ण दस्ताबेज
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®