|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
Important Document: Nepali Congress Central Committee Meeting Decisions |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको वैठकको
निर्णय नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापाति श्री सुशील कोइरालाको सभापतित्वमा मिति २०६५ भाद्र ९ गतेदेखि भाद्र २१ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन सानेपा ललितपुरमा बस्यो। केन्द्रीय कार्यसमितिको आठौं दिन भाद्र १८ २०६५ को बैठकलाई सम्बोधन गर्नु हुँदै सभापति गिरिजाप्रसाद कोइरालाले वद्लिएको आजको राजनीतिक परिस्थितिमा राष्ट्र र पार्टीका सामु रहेका चुनौतीहरुको सामना गर्न पार्टीका सवै साथीहरु गम्भीरताका साथ जिम्मेवार भएर एकजुट भई आ-आफ्नो क्षेत्रमा सकृय रहन् निर्देशन दिनु भयो । सभापति श्री गिरिजाप्रसाद कोइरालाले नेपालको हरेक ऐतिहासिक सामाजीक राजनीतिक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको र शान्ति स्थापना संविधानसभा निर्वाचन र गणतन्त्रको कार्यान्वयन जस्ता राष्ट्रिय महत्वका ऐतिहासिक उपलव्धिमा नेपाली काँग्रेसले निर्वाह गरेको भूमिकालाई हामीले सधै गौरवका रुपमा लिइनु पर्ने धारणा व्यक्त गर्नु भयो । १० दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु जम्मा ५७ जनाले पार्टी संगठन सुदृढीकरण र समसामयिक विषयमा आ-आफ्ना मन्तव्य र सुझावहरु प्रस्तुत गर्नु भयो । वैठकमा समसामयीक राजनीतिक गतिविधि र संगठन सम्वन्धमा महामन्त्री विमलेन्द्र निधिद्वारा प्रस्तुत प्रतिवेदन माथी छलफल भयो । कार्यसमितिमा प्रस्तुत विभिन्न प्रस्तावहरुमा व्यापक छलफल भई निम्न अनुसारको निर्णयका साथ आज २०६५ भाद्र २१ गते वैठक सम्पन्न भएको छ । निर्णय नं. १ राजनीतिक प्रस्तावः नेपालको राजनीतिक सामाजिक क्षेत्रमा युगान्तकारी परिवर्तन आएको छ । नेपाली काँग्रेसले विगत ६० वर्षदेखि नेपाली जनतालाई पूर्ण रुपले सार्वभौमसत्ता सम्पन्न तुल्याउन र समतामूलक समाजको निर्माण गर्न गर्दै आएका अटुट संघर्षको पृष्ठभूमिमा यस्ता परिवर्तन सम्भव भएका हुन । यसै प्रसङ्गमा नेपाली काँग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइरालाको विशेष पहल र नेतृत्वमा तत्कालीन संसदमा कि्रयाशील सात राजनीतिक दल बीच सहमति गराई साझा प्रतिवद्धताका साथ िहंसात्मक गतिविधिमा संलग्न नेकपा माओवादी लाई शान्तिपूर्ण र वहुदलीय प्रतिष्पर्धाको राजनीतिमा प्रवेश गराउनुलाई नेपाली काँग्रेस शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको उपलव्धि र विजय ठान्दछ । गत वर्षहरुमा आफ्ना महाधिवेशन महासमिति केन्द्रीय समिति र घोषणापत्र मार्फत पार्टीले गरेका निर्णयहरुका आधारमा संविधानसभाको निर्वाचन सम्पन्न गराउनु र संविधानसभाद्वारा नेपाललाई 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य' घोषित भएकोमा नेपाली काँग्रेस गौरव अनुभव गर्दछ । जनताको सम्प्रभुताको स्थापना र विभिन्न रुपले उपेक्षित रहेका जनताको सम्मान र सहभागिता वृद्धि गर्ने गरी भएका यस्ता परिवर्तनहरुलाई नेपाली काँग्रेसले अंगालेको आफ्नो नीतिको ऐतिहासिक सफलता मान्दछ । |
|
|
गणतन्त्रको कार्यान्वयनको घडीमा आइपुग्दा पनि राजाको सट्टा राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गर्ने कुरामा नेकपा माओवादी अनिच्छुक रहेको अवस्थामा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गराउनु र वहुमतीय पद्धति लगायतका सर्वमान्य लोकतान्त्रिक परिपाटी बसाल्न अन्य सहयोगी दलहरुका साथ काँग्रेसले गर्नु परेको अथक प्रयत्न र प्राप्त गरेको सफलताको उल्लेख गर्नु पनि यहाँ प्रासंगिक ठहर्दछ । संविधानसभाको निर्वाचन पछि पनि राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ भनि निर्वाचन परिणाम लगत्तै ठूलो दलको हैसियतमा नेकपा माओवादी लाई सहमति कायम गरी सरकार गठन गर्न नेपाली काँग्रेसद्वारा आग्रह गरिएतापनि माओवादीको अहंकार र हैकमवादी प्रवृत्तिका कारण मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्न सकेन । बाह्रवुँदे समझदारी गरी निरंकुश राजतन्त्रका विरुद्ध जनआन्दोलन शुरु गरेदेखि संविधानसभाको निर्वाचन सम्पन्न गराउने बेलासम्म सँग-सँगै सहकार्य गर्दै आएका राजनीतिक दलहरुसँग ने.क.पा. माओवादी ले विभिन्न चरणमा सहकार्य तोडेको र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरामा अनिच्छुक रहेकोले अनेक प्रयासका वावजुद राष्ट्रिय सहमतिको सरकार बन्न नसकको हो । यस प्रसङ्गमा अन्य दलहरु ने.क.पा. एमाले र मधेशी जनअधिकार फोरमले पनि सम्भावित परिस्थितिको आकलन गर्न नसकेको र तिनको निर्णयमा परिपक्वता र दुरदर्शीता प्रकट हुन सकेन । ससंघीय गणतन्त्रात्मक राज्य संरचना र बहुदलीय लोकतान्त्रिक शासन पद्धति सहितको संविधानको निर्माण गर्ने शान्ति प्रकृयालाई लक्ष्यसम्म पुर्याउने भएका सहमति र सम्झौताहरुको कार्यान्वयन गर्ने मुलुकमा विधिको शासन कायम गर्ने जनताका दैनिक जीवनका न्यूनतम आवश्यकताहरुको पूर्ति गर्ने र सामाजिक न्याय सहित आर्थिक विकास गर्ने- अहिले यी नै सवैको साझा राष्ट्रिय एजेण्डा रहनु पर्दछ । नेपाली काँग्रेस यीनै एजेण्डाहरुको लागि सकृय रुपले समर्पित रहने छ । जनतामा निहित सार्वभौमसत्ता संविधानको सर्वोच्चता विविधतामा एकता सहितको राष्ट्रिय एकता र अखण्डता मानव अधिकार मौलिक हक एवं नागरिक तथा राजनीतिक स्वतन्त्रता, व्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सम्पत्तिको हक, धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता, बहुभाषिक राज्य, स्वतन्त्र संवैधानिक अंगहरु, निष्पक्ष निजामती सेवा, सुरक्षा निकायको निष्पक्षता र व्यवसायीकता स्वतन्त्र, सक्षम र उत्तरदायी न्याय प्रणाली, बहुदलीय लोकतान्त्रिक शासन पद्धति, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य लगायतका सर्वमान्य सैद्धान्तिक आधारहरु नेपाली काँग्रेसले आफ्नो घोषणापत्रद्वारा प्रस्तुत गरि सकेको छ । यीनै सभ्य र सर्वमान्य लोकतान्त्रिक मान्यताको आधारमा नेपाली काँग्रेस संविधान निर्माण गर्नको लागि संविधानसभा भित्र र संविधानसभा बाहिरका राजनीतिक दलहरु, लोकतान्त्रिक शक्तिहरु र अग्रगामी परिवर्तनका पक्षधरहरुसँग सहमति र सहकार्यका लागि संवाद र सहकार्य गर्ने निर्णय गर्दछ । शान्तिपूर्ण रुपान्तरण तथा लोकतान्त्रिक राजनीतिक प्रकृयामा नेकपा माओवादीलाई प्रवेश गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काङ्ग्रेसलाई 'शत्रु' घोषणा गर्ने माओवादीको भनाइले एकदलीय तानाशाही र सर्वसत्तावाद थोपर्ने उसको रणनीति र उसको अलोकतान्त्रिक चरित्रलाई उदाङ्गो पारेको नेपाली काँग्रेस ठहर गर्दछ । निर्णय नं. २ प्रतिपक्षको भूमिकामा नेपाली काँग्रेसः संविधानसभाको निर्वाचनको बेला देखिनै प्रकट हुँदै आएको माओवादीहरुको एकाधिकारवादी प्रवृत्ति बल प्रयोग र िहंसात्मक व्यवहार संविधानसभा निर्वाचन पछि सरकार निर्माणको छलफल र प्रकृयामा अझ अलोकतान्त्रिक, अनुदार र सर्वसत्तावादी अभिव्यक्ति व्यवहारमा प्रकट हुन थालेपछि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न गम्भीर गतिरोध उत्पन्न भएको हो । िहंसात्मक द्वन्द आव्हान गर्ने, विद्रोही पक्षबाट सरकारको नेतृत्व गर्ने भूमिकामा जानु पूर्व विद्रोही पक्षका रुपमा सरकार र सात पार्टीसँग गरिएका पुराना सहमति र संझौताको निष्ठापूर्वक पालन र कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाली काँग्रेसको आग्रहलाई माओवादी पक्षबाट इमान्दारीपूर्वक लिइएन । यसरी सात पार्टी र सरकारसँग भएको सहमति पालन नगर्ने पक्षसँग र प्रवृत्तिसँग सहकार्य होइन खवरदारी गर्ने प्रतिपक्षको भूमिकामा जानु नेपाली काँग्रेसका लागि जरुरी भयो । यसका साथै विगत २ वर्ष देखि सहकार्य गर्दै आएका राजनैतिक पार्टीहरुसँग संविधान सभा निर्वाचनपछि माओवादीबाट पारस्परिक विश्वास र सम्मानको व्यवहार भन्दा दम्भ र विभाजनको रणनीति अवलम्बन हुन थाल्यो । सहमति र छलफल भन्दा िहंसा र बल प्रयोग माथि माओवादीको निर्भरता झन झन बढन थाल्यो । यस्ता प्रवृत्तिसँग सहकार्य भन्दा गम्भीर असहमति प्रकट गर्न र यस्तो प्रवृत्तिलाई सरकार र राज्यका सबै अंगमा प्रकट हुनबाट रोक्न वा अंकुश लगाउन नेपाली काँग्रेसले सशक्त विपक्षीको भूमिका निर्वाह गर्न जरुरी भयो । मुलुक अझै संक्रमणकालमा छ । लोकतान्त्रिक संस्थाहरु अझै सुदृढ भैसकेका छैनन । यस्तो संवेदनशील बेलामा माओवादी पक्षको मुलुकका लोकतान्त्रिक संस्थाहरु माथि बल प्रयोग गर्ने आक्रमण गर्ने तथा शक्ति सन्तुलन र नियन्त्रणलाई प्रतिविम्वीत गर्ने गराउने भन्दा एकाधिकार कायम गर्ने वचन र व्यवहार देखिन थालेपछि नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर गम्भीर एवं जिम्मेवार ढंगले खवरदारी गर्ने र लोकतान्त्रिक मूल्यपद्धतिको रक्षा र संवद्र्धन गर्ने निर्णय गर्दछ । यसरी सरकार र राज्य संचालनका मुद्धाहरुमा वैकल्पिक बाटो र व्यवहार वैकल्पिक नीति र कार्यक्रमद्धारा सरकारलाई झक्झक्याई राख्न नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । यसका साथै नेपाली काँग्रेसले लोकतान्त्रिक संविधान निर्माण र शान्ति प्रकि्रयालाई पूर्णतामा पुर् याउन अग्रणी भूमिका र सबै पार्टीसँग सहकार्यलाई प्राधान्यता दिनेछ । किनभने लोकतान्त्रिक मूल्य सहितको जनताको सम्प्रभूता प्रत्याभूत गर्ने एजेण्डा हाम्रो एजेण्डा हो । त्यसैगरी मुलुकमा िहंसा र हतियारलाई सधैको निम्ति समाप्त गरि स्थायी शान्ति कायम गर्ने एजेण्डा- हाम्रो नेतृत्वको एजेण्डा हो । माओवादीको बोली व्यवहार अझै पनि शान्ति मैत्री र मेलमिलाप भन्दा िहंसा हतियार र लडाकुहरुको वर्चस्व र प्रभाव बढाउनेतर्पु अभिमुख छ । उग्रवामपन्थ र उग्रदक्षिणपन्थको चपेटावाट देश जनता र राजनीतिलाई मुक्त गर्न सवै किसिमको निरंकुशता र अधिनायकवादको निषेध गर्न सरकारको जनविरोधी एवं अलोकतान्त्रिक कार्यको निगरानी र नियन्त्रण गर्न जनताको हक हितको संरक्षण र प्रवद्र्धन गर्न मानव अधिकार स्वतन्त्रता जनताका सम्प्रभुता र लोकतान्त्रिक प्रकृयालाई कायम गराउनका लागि सरकारको काम कार्वाहीको गुण र दोषको आधारमा समर्थन वा विरोध गर्न नेपाली काँग्रेस सशक्त जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत हुने निर्णय गर्दछ । यसका साथै नेपाली काँग्रेसले जनताको दिनानुदिनका समस्या बढ्दो महंगी मूल्य वृद्धि अभाव र इन्धन आपूर्तिमा देखिएको जटिल समस्या र जनताले भोग्नु परेको कष्ट रोजगारी बसोबास र सामाजिक विभेदका मुद्दाहरुलाई सशक्त ढंगबाट उठाउने निर्णय गर्दछ। प्रतिपक्षमा रहेको सन्दर्भमा प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टीका सवै निकायहरु र सवै भातृ एवं शुभेच्छुक संघ-संस्थाहरुलाई निर्देशन दिने निर्णय गर्दछ । निर्णय नं. ३ विपन्न वर्ग र समुदायको पहँुच र पहिचानको मुद्दाः तराई-मधेसका मुद्दा नेपाली काङ्ग्रेसले लामो समयदेखि सशक्त र प्रभावकारी ढङ्गले उठाउँदै आएको मुद्दा हो । यस पृष्ठभूमिमा नेपाली काँग्रेसले विभिन्न उपलव्धि अनुभव र सफलता हासिल गर्दै आएको छ । यीनै अनुभव र उपलव्धि संगालेर हाम्रो पार्टी आत्मविश्वासका साथ उक्त क्षेत्रको प्रतिनिधि शक्तिका रुपमा स्थापित हुँदै आएको हो । तराई, मधेश, आदिवासी-जनजाति, महिला, दलित, कर्णाली-हिमाली क्षेत्र, पिछडिएको क्षेत्र, मुस्लिम लगायत अल्पसंख्यक समुदायहरुको मुद्दा मुलतः ती समुदाय र क्षेत्रका जनताको पहिचान, पहुच, प्रतिनिधित्व, प्रतिष्ठा, प्रगति र परिवर्तनको आकांक्षाको मुद्दा हो । लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना बहुदलीय शासन प्रणाली र संघीयताको नयाँ संरचनामा नेपाली काँग्रेस पार्टीले मधेसी जनता, आदिवासी-जनजाति, दलित, महिला, कर्णाली प्रदेश, मुस्लीम र अल्पसंख्यक समुदाय र पिछडिएको वर्गको पहिचान, पहुँच र प्रतिनिधित्वलाई अझ वढी व्यापक र समावेशी बनाउने संकल्प गर्दै नयाँ संविधान निर्माण राज्यको पुनःसर्ंरचना र पार्टी भित्र नेतृत्व विकासको कार्यक्रममा लोकतन्त्रले जिवन्त बनाउँदै ल्याएको यो पहिचानको आन्दोलनलाई जोडदार रुपले पक्षपोषण गर्नेछ । निर्णय नं. ४ समाजवादी आर्थिक नीतिः लोकतान्त्रिक समाजवादको आदर्शलाई साकार तुल्याउन र आर्थिक संवृद्धिको बाटोमा अघि बढ्न उदारिकरण र विश्वव्यापीकरणको लहरलाई नेपालको आफ्नै विकास अनुभवको सन्दर्भमा पनि मूल्याङ्कन गर्दै यसका सबल पक्षबाट हासिल उपलब्धीहरुलाई अघि बढाउन र देशको गरीबी पछौटेपन र सिमान्तकृत वर्गको आर्थिक स्थिति सुधार गर्न ठोस र दीर्घकालिन आर्थिक रणनीति अवलम्वन गरिने छ । लामो सशस्त्रद्वन्द र विध्वंश राजनीतिक अस्थिरता प्रतिगमन र अनेक प्रतिकुल परिरिस्थितिका वावजुद पनि नेपाली काँग्रेसले नेपालका गाउँ र वस्तीहरुमा वाटो, विजुली, पानी, शिक्षा, स्वास्थ्य-सन्चार पुर्याई पिछडिएको क्षेत्र र उत्पीडित जनतालाई राहत दिने र देशको अर्थतन्त्रलाई दरिलो वनाउने कार्यमा उल्लेख प्रगति गरेको छ । अवका दिनहरुमा पनि देश विकासलाई जोड दिने र समाजवादको आदर्श अनुरुप 'निमुखालाई न्याय र विपन्न्लाई आय' दिलाउने दिशामा नेपाली काँग्रेस आफ्ना नीतिहरुलाई अझ वढी अग्रगामी र प्रगतिमुखी वनाउँदै सशक्त रुपमा अघि वढनेछ । यसका साथै पार्टीले आजसम्म सरकारमा रहँदा प्राप्त गरेका महत्वपूर्ण राजनीतिक आर्थिक विकास ग्रामीण क्षेत्रमा देखा परेका अभूतपूर्व पूर्वाधार विकास र सामाजिक क्षेत्रका उपलब्धीहरुलाई प्रचार-प्रसार गर्न श्रव्य-दृश्य सहितका सामग्री पत्र-पत्रिका एवं विविध प्रकाशनहरुद्वारा आम जनतासम्म पुर्याइनेछ । निर्णय न. ५ माओवादीद्वारा शान्ति प्रकृयाको उल्लंघन सम्वन्धमाः शान्ति प्रकृयालाई पूर्णता दिने विषय गम्भीर राष्ट्रिय एजेण्डा हो । सरकारको नेतृत्व गर्ने चरणसम्म आईपुग्दा पनि नेकपा माओवादी ले िहंसा-वल प्रयोग र द्वन्दकालीन संरचनाद्वारा जारी राखेको ज्यादती र पूर्व सहमतिलाई पालन नगरेकोमा गम्भीर आपत्ति प्रकट गर्दै नेपाली काँग्रेस निम्न विषयहरुमा सरकार र सम्वन्धित पक्षलाई पालना र कार्यान्वयनका लागि सचेत गराउँदछ । -१२ वुँदे समझदारी विस्तृत शान्ति सम्झौता अनमिनको रोहवरमा राज्य-माओवादीका बीच भएको सम्झौता २३ वुँदे समझदारी तथा २०६५ आषाढ ११ गते भएको पछिल्लो ७ बुँदे सहमति लगायत विभिन्न समयमा भएको सहमतिहरुको उल्लंघन गर्दै माओवादीद्वारा कव्जा गरिएका घर-जग्गा र सम्पत्ति फिर्ता नगरेको विस्थापित नागरिकहरुलाई घर फर्कन नदिएको वाई.सि.एल.ले कब्जा गरेका सरकारी वा नीजि घर-जग्गा भवनहरु फिर्ता नगरेको वाई.सि.एल.को ब्यारेकीकृत सहितको अर्धसैनिक संरचना अन्त्य नगरेको द्वन्दको बेलामा माओवादीद्वारा निर्माण गरिएका सबै समानान्तर संरचना अन्त्य नगरेको राजनीतिक र लडाकू सहितको दोहरो जिम्मेवारी अन्त्य नगरेकोमा नेपाली काँग्रेसको यो बैठक भत्स्रना गर्दै यी सबै प्रतिवद्धताहरु तत्काल कार्यान्वयन गर्न सचेत गर्दछ । -अनमिनको रोहवरमा राज्य र माओवादी बीच भएको सहमति र सात दल बीचको पछिल्लो ७ बुँदे सहमतिको मान्यता विपरित हुने गरि लडाकू हतियार व्यवस्थापनका विषयमा माओवादी नेतृत्वमा रहेको सरकारका प्रधानमन्त्री र माओवादी पक्षबाट आएका पछिल्ला अभिव्यक्ति आपत्तिजनक छन् । एउटा दल विशेषवाट दीक्षित र उसै प्रति प्रतिवद्व व्यक्तिहरुलाई स्थापित मापदण्ड प्रतिकूल हुने गरी राष्ट्रिय सेना लगायत कुनै पनि सुरक्षा निकायमा समावेश गराउँदा त्यसले गम्भीर समस्या उत्पन्न गर्ने कुरा स्पष्ट छ । यस प्रसङ्गमा नेपाली काँग्रेस मुलुकको सेना, प्रहरी लगायतका सुरक्षा अंगको व्यावसायिकता र निश्पक्षतामा आँच पुग्ने गरी गर्ने कुनै पनि प्रयासको गम्भीर विरोध गर्दछ । -कानुन-न्याय तथा संसदीय मन्त्रालयको साविक नाम हटाएर संविधानसभा व्यवस्था मन्त्रालयको नाम दिनॆ कार्य संसदीय व्यवस्था प्रतिको माओवादीको दुराग्रह झल्केको र संवैधानिक प्रतिपक्ष सहितको लोकतान्त्रिक व्यवस्थाप्रति माओवादी अझै आस्थावान् र इमान्दार नभएको र उ युद्धकालीन आग्रहबाट मुक्त नभएको ठोस उदाहरण बनेको नेपाली काँग्र्रेसको ठहर छ । वर्तमान सरकारको यो निर्णय तुरुन्त सच्याउनु पर्दछ । -शान्ति प्रकृयामा प्रवेश गरेपछि विगत दुई वर्ष यता मुलुकका प्रायः सबै जिल्लामा माओवादी पार्टीले निर्माण सम्बन्धी सबै आयोजनाहरुबाट खुलेआम पैसा असुल्न थालेको छ । जवर्जस्ती पैसा बुझाउन व्यवसायीहरु वाध्य छन् । उसको कृयाकलापले एकातर्फ विकास-निर्माणका आयोजनाहरुमाथि प्रत्यक्ष रुपमा प्रतिकूल प्रभाव पारेको छ भने अर्कोतर्फ माओवादीले पार्टीगत रुपमा ठाडो भ्रष्टाचार गरी आर्थिक विकृतिलाई अघि बढाएको छ । नेपाली काँग्रेस यस्तो भ्रष्ट कृयाकलापको भत्स्रना गर्दछ र व्यवसायीहरुलाई त्यस्ता कृयाकलापलाई प्रोत्साहित नगर्न समेत आग्रह गर्दछ । -संविधानसभाको चुनाव पश्चात माओवादीलाई भोट नदिएको र राज्यले विस्थापितहरुलाई दिएको राहत लिएको भन्ने आरोपमा नेकपा माओवादी र यसको भातृ संस्था वाइ.सि.एल.ले सर्वसाधारण जनता र नेपाली काँग्रेस लगायत अन्य पार्टीका कार्यकर्ताहरुलाई भौतिक आक्रमण गर्ने र विस्थापित गराउने काम गरी रहेको छ । यस्तो अराजक उत्तेजक गतिविधिहरुको नेपाली काँग्रेस घोर विरोध गर्दछ र यस्ता कार्यवाट अरु दल र सर्वसाधारण जनताले प्रतिरोधमा उत्रनु पर्ने वाध्यकारी स्थिति उत्पन्न हुन सक्ने कुरा तर्फ सचेत गर्दै अविलम्व यस्ता कृयाकलापहरु वन्द गर्न आव्हान गर्दछ । निर्णय नं. ६ शान्ति वार्ताको लागि आव्हानः -समाजमा दिगो र दर्घिकालीन शान्तिका लागि सबै शसस्त्र विद्रोही समूहलाई िहंसात्मक गतिविधि अविलम्व अन्त्य गरी शान्तिपूर्ण लोकतान्त्रिक प्रकृयामा आउन नेपाली काँग्रेसको यो बैठक आह्वान गर्दछ । यस विषयलाई राष्ट्रिय सहमति र प्रयत्नको गम्भीर विषय मानेर वार्ताको माध्यमवाट मुलुकमा स्थायी शान्ति स्थापना गर्ने दिशामा अग्रसर हुन सबै पक्षलाई नेपाली काँग्रेस हार्दिक अपील गर्दछ । निर्णय नं. ७ शहीद घोषणाः -माओवादी सशस्त्र द्वन्द र द्वन्द पश्चात पनि सशस्त्र समूहद्वारा हत्या गरिएका नेपाली काँग्रेसका सम्पूर्ण कार्यकर्ता एवं शुभेच्छुकहरुलाई शहीद घोषणा गर्ने निर्णय गर्दछ । साथै द्वन्दवाट पिडित सबैलाई समान रुपले राहत एवं सहयोग उपलव्ध गराउन पनि नेपाली काँग्रेसको यो वैठक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदछ । निर्णय नं. ८ राज्यका अंगहरुलाई राजनीतिकरण नगर्न चेतावनीः -निजामती सेवा र प्रशासन न्यायपालिका सेना प्रहरी सहितका सुरक्षा निकाय लगायतका अंगहरुमा कुनै किसिमको राजनीतिकरण नगर्न नगराउन नेपाल सरकार र सम्वन्धित सवैलाई सचेत गराउने निर्णय गर्दछ । निर्णय नं. ९ पार्टी सुदृढीकरण अभियानः क. संगठन सुदृढीकरणका लागि निम्न कार्ययोजनाहरु निर्णय गरिन्छ -युवा शक्तिलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न र पार्टीमा युवा नेतृत्व विकास गर्न कार्यक्रमिक रुपले अघि बढाउन विविध उपायहरुको अध्ययन गरी तत्काल प्रतिवेदन पेश गर्न एक कार्यदल बनाउने । -महिला दलित अल्पसंख्यक मुसलमान र कर्णाली प्रदेशका साथै विकट हिमाली क्षेत्र र उपेक्षित क्षेत्रका जनतालाई राजनीतिक सहभागिता वृद्धि र प्रोत्साहनका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने । -मधेशी र आदिवासी जनजाति एवं लोपोन्मुख जातिको पहिचान प्रतिनिधित्व र स्वामित्वका प्रश्नमा पार्टीले संवेदनशील बनेर समावेशीकरण र स्वायत्तताको सवाललाई गम्भीरतापूर्वक सम्बोधन गर्न प्रभावकारी नीति एवं कार्यक्रम तर्जुमा गर्ने । -पार्टीलाई लोकतान्त्रिक बनाउन माथिदेखि तलसम्मका समितिहरु निरन्तर रुपमा सकि्रय गराउने तथा नियमित बैठक बस्न लगाउन र राष्ट्रिय महत्वका नीतिगत प्रश्नमा केन्द्रले तल्ला तहसम्मका कार्यकर्ताहरुवाट सुझाव प्राप्त गरेर निर्णयमा पुग्ने प्रचलन बसाउने । ख. विभिन्न विषय र कार्यहरुका लागि पार्टीको नीति र निर्देशन अनुसार काम गर्ने गरी निम्न अनुसारको समिति र कार्यदल गठन गर्ने निर्णय गर्दछ । १. संविधान मस्यौदा सुझाव समिति समितिले नेपाली काँग्रेसको आदर्श मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको घोषणापत्र अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको नयाँ संविधानको मस्यौदा तयार गर्नका लागि नागरिक समाज पेशागत समुदाय वुद्धिजीवी तथा विशेषज्ञहरु र अन्य राजनीतिक दलहरु समेतको सहयोग र परामर्श लिई क्षेत्र जिल्ला, अन्चल, दुर्गम क्षेत्र तथा राष्ट्रिय तहमा विभिन्न गोष्ठी अन्तरकि्रयाद्वारा सुझावहरु संकलन गरी भावी संविधानको स्वरुप र सैद्धान्तिक पक्षहरुको निरुपण गर्दै संविधानको मस्यौदा तयार गरी केन्द्रीय समिति समक्ष ३ महिना भित्र प्रस्तुत गर्नेछ । २. राज्य पुनःस्रंरचना सुझाव समिित समितिले ऐतिहासिक जनआन्दोलनको भावना र मर्मलाई आत्मसात् गर्दै नेपालमा रहेको जातीय, भौगोलिक, सांस्कृतिक, जनसांख्यिक लगायतका विविधताहरुको पहिचान, प्रतिनिधित्व र स्वामित्व सुनिश्चित हुने गरी आर्थिक सम्भाव्यता, क्षेत्रीय अवधारणा एवं स्थानीय स्वायत्तता सहितको स्थानीय सरकार र विकेन्द्रीकरणको भावनालाई समेत सम्बोधन हुने गरी राज्यको संघीय संरचना तयार गर्न विभिन्न जाति जनजाति क्षेत्र धर्म वर्ण लिङ्ग समुदायहरुसँग छलफल र परामर्शको आधारमा राज्यको पुनःस्रंरचनाका सम्बन्धमा ठोस प्रारुप तयार गरी केन्द्रीय समिति समक्ष ३ महिना भित्र प्रस्तुत गर्नेछ । ३. पार्टीको विधान संशोधन समिित समितिले पार्टीको विधानमा आन्तरिक लोकतन्त्र र समावेशी अवधारणा अनुसार समसामयिक संशोधन र परिमार्जन गरी दुई महिनाभित्र केन्द्रीय समिति समक्ष प्रस्तुत गर्नेछ । समितिले नेपाली काँग्रेसको सांगठनिक स्वरुप र पार्टीद्वारा प्रदान गरिने अवसरहरुमा आदिवासी जनजाति, दलित, महिला, मधेशी, पिछडिएको जाति तथा क्षेत्र, अल्पसंख्यक एवं लोपोन्मूख समुदाय आदि सबैलाई समेटिने गरी पार्टीको विधान तथा नियमावलीमा व्यवस्था गर्नेछ । ४. शान्ति प्रकृया एवं द्वन्द पिडीत अनुगमन तथा समन्वय समिित समितिले १२ वुँदे सहमतिदेखि पछिल्लो ७ बुँदे सहमतिसम्मका समय-समयमा भए गरिएका विभिन्न सम्झौता समझदारी सहमतिहरु पालना कार्यान्वयन तथा शान्ति प्रकृयासँग सम्बन्धित सबै पक्षका गतिविधि विषय र घट्नाहरुका बारेमा अनुगमन गर्ने तथा सशस्त्र द्वन्दका क्रममा माओवादी र अन्य पक्षबाट भएका िहंसात्मक र अराजक गतिविधिका कारण पीडित भएका देशभरका नेपाली काँग्रेसका कार्यकर्ता, समर्थक तथा सर्वसाधारण नागरिकहरुलाई राज्यबाट सहयोग र सुविधा उपलब्ध गराउनका लागि आवश्यक कार्य गर्नेछ । ५. संविधान सभा निर्वाचन समीक्षा तथा उजुरी छानविन समिति समितिले संविधान सभाको निर्वाचनको समिक्षा र पार्टीका उम्मेदवारको जय/पराजयका सम्बन्धमा प्राप्त प्रतिवेदन तथा उम्मेदवारहरुलाई असहयोग गरेका बारेमा परेका उजुरीहरुका सम्बन्धमा आवश्यक छानवीन गरी ३ महिना भित्र केन्द्रमा प्रतिवेदन दिनेछ । ६. मानव अधिकार अनुगमन तथा पर्यवेक्षण समिित समितिले मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधानहरुको उल्लंघन सम्बन्धमा स्थलगत अनुगमन र आवश्यक सूचना संकलन गरी मानव अधिकार उल्लंघनका दोषीहरुलाई कारवाही गर्न र घट्नाहरु दोहोरिन नदिनका लागि आवश्यक कार्य गर्नेछ। ७. केन्द्रीय कार्यालय भवन निर्माण समिित समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा विगतमा भएका काम कारवाहीहरुको लेखा-जोखा, मूल्याङ्कन र हरहिसाव आदिको बिवरण तयार गरी भवनलाई पूर्णता प्रदान गर्नका लागि केन्द्रसँग समन्वय गरी आवश्यक पहल र कार्य गर्नेछ । ग. कार्यसमितिको बैठक देहाय बमोजिमको कार्य गर्ने निर्णय गर्दछ: संगठन सम्बन्धी तत्काल गर्नु पर्ने कार्यहरु: -केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने -विभागहरु गठन गर्ने -केन्द्रीय अनुशासन समिति गठन गर्ने -विधानमा व्यवस्था भएका अन्य समितिहरुको गठन -जिल्लाहरुका लागि केन्द्रीय प्रतिनिधि खटाउने -पार्टीको विधान नीति कार्यक्रम निर्णय र निर्देशनहरु कार्यान्वयन गर्न लगाउने -केन्द्रमा कृयाशिल सूची एकीकृत गर्ने -जिल्लाले क्षेत्र नगर नगर वडा र गाउँमा कृयाशिल सदस्यहरुको सूची पठाएर अद्यावधिक गराउने -भातृ संस्था र शुभेच्छुक संस्थाहरुको विवाद सुल्झाउने र सकृय एवं व्यापक बनाउने -कृयाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण समावेशी हुने गरी गर्ने -पार्टीको साधारण सदस्यता वितरण अभियान आदिवासी, दलित, जनजाति, महिला र अल्पसंख्यकहरु समेतको समावेशी हुने गरी सन्चालन गने -जिल्ला, क्षेत्र, नगर, नगर वडा र गाउँहरुमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने -भातृ संस्था र शुभेच्छुक संस्थाहरुको सदस्यता अभियान व्यापक रुपमा संचालन गरि सकृय गराउने । -राष्ट्रिय राजनीतिक विषयहरु तथा पार्टीका संगठनात्मक विषयहरुको व्यापक प्रचार-प्रसार गर्न र पार्टी एवं जनता बिच निरन्तर संवाद र सम्पर्क कायम गर्न विविध कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्ने गराउने -पार्टीको नीति सैद्धान्तिक अवधारणा र समसामयिक मुद्दाहरुमा पार्टीको धारणा र विचार सम्बन्धी पुस्तक र प्रशिक्षण सामाग्रीको उत्पादन गर्ने । घ. संगठन सुदृढीकरण कार्यतालीकाः १. भाद्र मसान्तसम्म कार्यसम्पादन समितिको गठन र विभागीय प्रमुख तथा अन्य समितिका संयोजक तथा सदस्यहरुको मनोनयन गर्ने २. भाद्र मसान्तसम्ममा ७५ वटै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधिहरु पठाउने केन्द्रीय प्रतिनिधिहरु २०६५ आश्विन १५ गते सम्म जिल्लाहरुमा पुगी निम्न लिखित कार्यहरु समेत गरि कार्तिक मसान्त भीत्र केन्द्रमा प्रतिवेदन वुझाउने- -आफ्नो उपस्थितिमा जिल्ला कार्यसमितिको वैठक बोलाउन लगाउने र जिल्लामा संगठनात्मक समस्या भए समाधान गर्ने केन्द्रीय निर्देशनको पालना गराउने -क्षेत्रीय कार्यसमिति नगर कार्यसमिति गाउँ कार्यसमितिको वैठक बोलाउन लगाउने -जिल्ला स्तरका भातृ सस्थाहरुसंग भेटघाट गर्ने समस्या सुल्झाउन पहल गर्ने -जिल्लाका प्राध्यापक शिक्षक कानून व्यवसायी र अन्य शुभेच्छुक सस्थाका साथीहरुसंग भेटघाट र छलफल गरी कृयाशिल गराउने -सबै निकायहरुमा कार्यसम्पादन समितिको गठन गर्न लगाउने -क्षेत्रीय नगर नगर वडा र गाउँ समितिहरुमा एउटै सभापति कायम गराउने -एउटै सभापति कायम गर्दा सहमतिको आधारमा गर्ने सहमति हुन नसके जिल्लाका साथीहरुको आवश्यक परामर्शमा निर्णय दिने -पार्टीका एकीकृत कृयाशील सदस्यता सूची, क्षेत्रीय समिति मार्फत गाउँ समितिलाई उपलब्ध गराउन लगाई दोहोरो परेका र पार्टी परित्याग गरेकालाई हटाउने समेत काम गराई अद्यावधिक गराउन लगाउने -सबै बर्गको समावेशी हुने गरी पार्टीको साधारण सदस्यता वितरण अभियान र भातृ संस्थाका सदस्यता वितरण अभियानलाई व्यापक रुपमा संचालन गराउने -प्रत्येक समितिहरुमा महिला दलित आदिवासी जनजातिको अनिवार्य प्रतिनिधित्व रहनु पर्ने व्यवस्थातर्फ सचेत गराउने -भातृ र शुभेच्छुक संस्थाहरुमा रहेका विवाद समाधान गरी तिनलाई कृयाशिल गराउने -भातृ संस्था र शुभेच्छुक संस्थाहरुको सदस्यता अभियान तत्काल संचालन गर्न लगाउने -भातृ संस्थाका प्रत्येक तहका समितिहरुमा एउटै सभापति र कार्यसम्पादन समिति वनाउन लगाउने -भातृ संगठनका जिल्ला समितिलाई पूर्णता दिने र प्रत्येक गाउँ इकाई तथा ने.वि.संघका शिक्षण संस्था इकाई गठन गर्न लगाउने ङ. पार्टी केन्द्रीय विभागका सदस्यहरुको घोषणा असोज १५ गतेभित्र गर्ने -कार्तिक मसान्तसम्म सबै विभागहरुका जिल्ला केन्द्रित कार्यक्रम हुनेगरि तयारी गर्ने च. कृयाशिल र साधारण सदस्यता अभियानः २०६५ मंसीर १ गतेदेखि पौष मसान्त सम्म कि्रयाशील सदस्यको वितरण र नविकरण गर्ने । कि्रयाशील सदस्यको वितरण र नविकरण गर्दा देहाय वमोजिम गर्ने। -कृयाशिल सदस्यको वितरण गर्दा गत जनआन्दोलनमा सकृय भएकालाई प्राथमिकता दिएर पार्टीमा निष्ठापूर्वक सकृय भई काम गर्ने व्यक्तिलाई सदस्यता दिने -पार्टीमा समावेशीताको सिद्धान्तलाई साकार गराउन सदस्यता वितरण गर्दा महिला दलित आदिवासी जनजाति अल्पसंख्यक मुसलमान आदि समेत सहभागी हुनेगरी वितरण गर्ने -नवीकरण शुल्क र कृयाशिल सदस्यता शुल्क प्राप्त नभएका सदस्यको सदस्यता स्वीकृत नगर्ने -विधानमा भएको व्यवस्था अनुसार प्रत्येक जिल्लामा कृयाशिल सदस्यको छानविनका लागि समिति वनाउने । त्यसको निर्णयलाई सम्बन्धित निकायले ध्यानमा राखी कृयाशिल सदस्यको टुगो लगाउने -साधारण सदस्यता वितरणको राष्ट्रिय अभियान गाउँ नगरमा साचालन गर्ने गराउने छ. राष्ट्रिय जागरण अभियानः दिगो शान्ति संघीय गणतन्त्रात्मक राज्य संरचना, वहुदलीय लोकतान्त्रिक शासन प्रणाली र नयाँ संविधान निर्माणका विषयवस्तुलाई लिएर केन्द्र देखि गाउँ तहसम्म राजनीतिक जागरण अभियान साचालन गरिने छ । यो अभियान अन्तर्गत केन्द्रीय जिल्ला क्षेत्रीयस्तरमा आमसभाहरु सन्चालन हुनेछन् । साथै पदयात्रा, कार्यकर्ता भेला, वुद्धिजीवि भेला, विभिन्न पेशागत समुदायहरुको भेला, अन्र्तकि्रया, सम्वाद, गोष्ठिहरु जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउँ तहसम्म व्यापक रुपमा सन्चालन गरिने छ । यी कार्यक्रमहरुमा केन्द्रीय पदाधिकारी सदस्यहरु, सभासदहरु, भातृ संस्थाहरु लगायत सवैले सहभागि हुनु पर्ने छ । यो अभियान २०६५ मंसिर-पौष महिनामा सवै जिल्ला र क्षेत्रीय निकायहरुले सन्चालन गर्नु पर्नेछ । ज. भातृ संस्थाहरुको महाधिवेशनः- भातृ संस्थामा विद्यमान समस्याहरुको समाधान गर्दै सम्बन्धित भातृ संस्थाको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्न लगाउने । यस सम्वन्धमा तत्काल ३ जनाको एक विशेष समिति वनाई विवादको टुंगो लगाईने छ । स्ववियुको निर्वाचनलाई ध्यानमा राखि नेविसंघ भित्र पूर्ण एकता कायम गर्न लगाई सवै निकायहरुलाई परिचालित गर्न लगाउने छ झ. वार्हौं महाधिवेशन गर्ने सम्वन्धमाः नेपाली काँग्रेसको वार् हौं महाधिवेशन आगामी २०६६ भदौं १५ गते भित्र सम्पन्न हुने गरि गरिने छ । कृयाशिल सदसयता नविकरण र नयाँ कृयाशिल सदस्यता वितरण कार्य सम्पन्न भएपछि वस्ने केन्द्रीय कार्यसमितिको वैठकले महाधिवेशनको दिन र स्थान निर्धारण गर्ने छ । निर्णय नं. १० कोशी वाढ पिडीतहरुको राहत सम्वन्धमाः कोशी विध्वंश लगायत देशका विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्ति र खाद्यान्न अभाव प्रति नेपाली काँग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । मध्य र सुदूरपश्चिमान्चलका दुर्गम जिल्लाहरुका साथै रुपन्देहीको तिनाउ नदिवाट भएको धनजनको क्षति, तनहुँ र लमजुङ्गमा भाद्र १३ गते एकैचोटी वाढी पैर्होवाट भएको ९ जना व्यक्तिको मृत्यु तथा कैयौं घाईते र घरजग्गाहरु वगाएको दुःखद घटना र बाजुरा, कालीकोट, जाजरकोट, दार्चुला आदि ठाउँहरुमा भएको जनधनको ठूलो क्षतिका घट्नाप्रति नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको वैठक गहिरो दुःख प्रकट गर्दछ । बाढी पहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै उद्धार र राहतमा सहयोग पुर्याउनका लागि नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संघ/संस्थाहरुलाई आह्वान गर्दछ र नेपाली काँग्रेसका मातहतका निकायहरुलाई तत्काल त्यस क्षेत्रमा परिचालित हुन आजको केन्द्रीय कार्यसमितिको बैठक निर्देश गर्दछ । निर्णय नं. ११ केन्द्रीय कार्यालय भवन निर्माण पुरा गर्ने सम्वन्धमाः नेपाली काँग्रेस केन्द्रीय कार्यालय भवन निर्माण अधुरो अवस्थामा रहेकोले यसलाई पूर्णता दिन नेपाली काँग्रेस संसदीय दलका प्रत्येक सदस्यबाट आगामी ६ महिनासम्म मासिक रु. २०००।- का दरले संसदीय दल मार्फत लेवी संकलन गर्ने निर्णय गरियो । निर्णय नं. १२ शोक प्रस्तावः १. प्रतिनिधि सभाका पूर्व उप-सभामुख एवं पूर्व मन्त्री रामविलास यादवको हृदयघातका कारण हालै भएको असामयीक निधन प्रति नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको वैठक दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ साथै शोक सन्तप्त परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ । २. संविधानसभाको निर्वाचन पश्चात् हालसम्म नेपाली काँग्रेसको विभिन्न जिम्मेवारीमा रहनु भएका- कुलमान िसंह थापा, महासमिति सदस्य नेपाली काँग्रेस बाँके, ईन्द्रवहादुर गुरुङ्ग महासमिति ने.का. गोरखा, सुर्य नारायण चौधरी, पूर्व क्षेत्रीय सभापति सिरहा, उमानाथ देवकोटा, पूर्व जिकास सभापति गोरखा, दुर्गाप्रसाद कोइराला, सचिव नेका जिकास महोत्तरी, मन्याम्वा लामा, पूर्व महासमिति सदस्य नेका मनाङ, गोपालप्रसाद श्रेष्ठ, वुटवल नगर समितिका सभापति, काजी शेर्पा, सोलुखुम्वु- काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष, पंडीत टंकनाथ पौडेल, प्रजातान्त्रिक सेनानी रामेछाप, केशवराज थापा, पूर्व गा.वि.स. अध्यक्ष भद्रुटार नुवाकोट, सुन्दर अधिकारी, नेपाली काँग्रेस तनहुँ जिकास आमन्त्रीत सदस्य, शंकर गिरी, व्यास न.पा. पूर्व परिषद सदस्य, गोपालकृष्ण श्रेष्ठ, प्रजातन्त्र सेनानी तनहुँ, विष्णु भक्त भुजु, पूर्व महासमिति सदस्य नेका भक्तपुर, सुरेश चौधरी, गाउँ ईकाई समिति सभापति सिराहा, चौठीलाल चौधरी ने.का. जिल्ला कार्यसमिति सल्लाहकार सुनसरी, वीरेन्द्र महतो, जिकास सर्लाहि, हर्कवहादुर गुरुङ्ग, पूर्व गाविस अध्यक्ष स्याङ्गजा र यामवहादुर श्रेष्ठ, सकृय कार्यकर्ता स्याङ्गजाको निधन प्रति नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको वैठक दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ साथै शोक सन्तप्त परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ । अर्जुन नरिसंह के.सी. सह-महामन्त्री एवं प्रवक्ता भाद्र २२, २०६५ नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुर । |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||