|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आदिवासी जनजातिहरुको राजनीतिक सम्मेलनमा सबै दलको दोहोलो काढियो![]() Photo: Danda Gurung काठमाडौं, August 7, 2008- अन्य कार्यक्रमजस्तो त्यो कार्यक्रमकालागि कुनै सभापतिको व्यवस्था गरिएन न अन्य कुनै औपचारिकता नै निर्वाह गरियो । 'नयाँ नेपाल' मा पुराना औपचारिकताहरुलाई तिलान्जली दिइनुपर्छ र नयाँ परम्पराको थालनी हुनुपर्छ भन्ने कुराको संकेत थियो यो। नेपाल आदिवासी जनजाति महासंघले बुधबार आयोजना गरेको राजनीतिक सम्मेलन यसरी सभापतिलगायतका पुराना औपचारिकता विना र नयाँ परम्पराका साथ सम्पन्न भएको छ । जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरुद्धारा संविधान निर्माण प्रकृया सुरु हुन लागेको र नेपालको पुनस्रंरचना नयाँ ढंगले गरिन लागेका बेला त्यस विषयमा विषद् छलफल र अन्तकृयाकालागि महासंघले राजनीतिक सम्मेलनको आयोजना गरेको हो । राजनीतिक सम्मेलनमा प्रस्तुत कार्यपत्रमाथि ठूला तीन वटै राजनीतिक दलका नेताहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा जनजाति आन्दोलनका अभियानकर्ता प्राध्यापक डा. कृष्णबहादुर भट्टचन र अधिबक्ता पूर्णमान शाक्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्रमाथि नेकपा माओवादी का देब गुरुङ्ग र नेत्रबिक्रम चन्द 'बिप्लब', नेपाली कांग्रेसका प्रदीप गिरी र धनराज गुरुङ्ग, नेकपा एमाले का पृथ्वीसुब्बा गुरुङ्ग र सुरेन्द्र पाण्डेले टिप्पणी गरेका थिए । कार्यक्रममा संविधान सभाको सदस्य रहेका लगभग १ सय सदस्यहरु उपस्थित थिए । प्राध्यापक भट्टचनले प्रस्तुत गर्नुभएको 'संघीय लोकतान्त्रिक गणतन्त्रमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तताको ढाँचा' को कार्यपत्रमा संघीय राज्यहरुको ढाँचाका सम्बन्धमा राजनीतिक दलहरुको दृष्टिकोणबारे उल्लेख गरिएको छ । प्राध्यापक भट्टचनले कार्यपत्रमा आत्मनिर्णयको अधिकार र स्वायत्त राज्यको ढाँचाबारे माओवादी प्रष्ट, कांग्रेस बिचारसून्य र एमाले ढुलमुले भएको उल्लेख गर्नुभएको छ। |
|
|
कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टचनले माओवादीले आफ्नो चुनावी घोषणा पत्रमा अब बन्ने संघीय राज्यहरुको ढाँचा प्रस्तुत गरेर यसबारे आफू अरुहरुभन्दा बढि स्पष्ट भएको सन्देश दिएको बताउनु भएको थियो । उहाँको भनाई थियो- 'कांग्रेस विचार सुन्य छ, विचार सून्य भएपनि त्यो सून्यतामा विचार भर्न सकिन्छ । तर एमाले ढुलुमुले भएकाले अप्ठ्यारो छ ।' Photos: Nima Yolmo कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा ठट्टास्वरुप कांग्रेसका नेता प्रदीप गिरीले भन्नुभयो- 'भट्टटनजीपनि माओवादी भैसक्नुभयो कि क्या हो ?' गिरीलाई डा. भट्टचनले दिनुभएको जवाफपनि रोचक थियो- 'मैले सत्य बोलेको मात्र हुँ- पृथ्वी गोलो छ, मैलेपनि त्यही भनेको हुँ संघीय राज्य र आत्मनिर्णयको अधिकारबारे माओवादी अरु दलभन्दा स्पष्ट भन्नु माओवादी हुनु होइन यो त पृथ्वी गोलो छ भनेर सत्य बोलेजस्तै हो ।' कार्यक्रममा बोल्दै माओवादीका सचिवालय सदस्य नेत्रबिक्रम चन्द 'बिप्लब' ले जातीय स्वशासन र आत्मनिर्णयको अधिकार नेपालका आदिवासी-जनजातिहरुले पाएरै छाड्ने बताएका थिए । उनको भनाई थियो- 'यो समयको माग हो नदिएर सुखै छैन ।' उनले आदिवासी-जनजातिहरुमाथि जातीय उत्पीडन भएपनि नेपालको मूल समस्या बर्गीय भएको बताउँदै बर्गीय समस्या समाधानलेमात्र जातीय समस्यापनि समाधान हुने बताए । अधिबक्ता शाक्यले प्रस्तुत गरेको कार्यपत्रमा नयाँ संविधान निर्माण प्रकृयामा आदिवासी जनजातिहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ । संविधान निर्माणकालागि संविधान सभामा विभिन्न विषयगत समितिहरु बन्दैछन् । कार्यपत्रमाथिको टिप्पणीको क्रममा सहभागीहरुले ती समितिमा पनि आदिवासी जनजातिहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी नयाँ संविधानका लागि संविधान सभामा गठन गरिने विभिन्न समितिमध्ये मस्यौदा समितिपनि गठन गरिनुपर्ने माग गरिएको थियो। Photos: Nima Yolmo विश्व आदिवासी जनजाति दिवस- अगस्ट ९, २००८ को उपलक्ष्यमा आयोजना गरिएका विभिन्न कार्यक्रममध्ये महासंघले बुधबार राजनीतिक सम्मेलन आयोजना गरेको हो । शनिवार दशरथ रंगशालामा महासंघकै आयोजनामा आदिवासी-जनजाति बृहत महोत्सब हुने र त्यसैक्रममा महासंघले आदिवासी-जनजाति दिवसको उपलक्ष्यमा काठमाडौं घोषणा पत्र जारी गर्ने बताइएको छ । -Sitaram Baral in Kathmandu |
||
|
Read our related news on World Indigenous Day: » Reconciliation Progress Between States and Indigenous Peoples is 'Good Sign' But 'Not Enough' Say Indigenous Peoples » World Indigenous Day Celebrated in Kathmandu with 19 point Declaration Demanding IP Rights » नेपालमा विश्व आदिवासी दिवस १९ बुँदे घोषणापत्र सहित सम्पन्न » Nepalese Indigenous Peoples Jubilant and as Colourful as They Could Be » Nepalese Indigenous in New York Celebrated World Indigenous Day » बिशेष फोटो फिचर (२4+): काठमाडौंमा आदिबासीहरुको धुइरो » Special photo Feature: Colourful Indigenous Peoples in Kathmandu » Meet Kaena Hopkins and her friends from Honolulu Hawaii Hula Indigenous Peoples from Honolulu, Hawaii » आज विश्वभर अन्तरराष्ट्रिय आदिबासी दिवस मनाइदै » Voice for Nepalese Indigenous Peoples Rights » आदिवासी जनजातिहरुको राजनीतिक सम्मेलनमा सबै दलको दोहोलो काढियो » नेपालमा विश्व आदिवासी दिवस अगष्ट ९ मनाउइदै » 16th World Indigenous Day August 9 Celebration in Nepal Press Statements and Declaration on the occasion of the International Day of the World's Indigenous Peoples बिश्व आदिबाशी दिबशको अबसरमा जारी गरिएको घोषणापत्र र प्रेस बक्तब्यहरु: » World Indigenous Day Kathmandu Declaration 2008 » विश्व आदिवासी दिवस काठमाडौ घोषणापत्र २००८ » Prime Minister of Nepal Message on the World Indigenous Day » The UN Secretary General's Message on the the International Day of the World's Indigenous Peoples » The UNPFII Chairperson's Message on the the International Day of the World's Indigenous Peoples » Press Release of Federation of Indigenous Peoples of Nepal in America (FIPNA) » नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को प्रेस बक्तब्य » लोकतांत्रिक आदिबाशी जनजाति महासंघ, युएसए' को प्रेस बक्तब्य |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||