Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संघीयताको विरोधमा असोझ १२ गते नेपाल बन्द

काठमाडौँ, September 5, 2008- नयाँ नेपालमा फेरि नेपाल बन्द त्योपनि संघीयताको विरोधमा हो । संविधान सभामा रहेको एउटा कम्युनिष्ट पार्टीले आगामी असोझ १२ गते नेपाल बन्दको आयोजना गरेको छ । दशैंको मुखमा पर्ने गरी आयोजना गरिएको नेपाल बन्दले दशैं मान्न जाने तर्खरमा रहेका नेपालीहरुलाई अप्ठेरोमा पार्नेछ । दशैं असोजको तेश्रो साता परेको छ ।

चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा नामक पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । राष्ट्रियता संरक्षणको माग र संघीयताको विरोध गर्दै यो पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । राष्ट्रिय जनमोर्चा भूमिगत कम्युनिष्ट नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालको चुनावी मोर्चा हो ।

केसीले नेतृत्व गरेको यो कम्युनिष्ट घटकले संघीयताको विरोध गर्दै आएको छ । नेपाली कांग्रेससमेत संघीयताको पक्षमा उभिएका बेला यो पार्टीले आफूलाई संघीयताको विरोधमा उभ्याउनुलाई अनौठो मानिएको छ । संघीयताकै विरोध गरेर यो पार्टीले संविधान सभा निर्वाचनमा मतसमेत मागेको थियो ।

संघीयताले देश टुक्र्याउने यो पार्टीको तर्क छ । देशलाई विभिन्न संघीय प्रदेशमा विभाजित गर्नुको साटो अहिलेकैजस्तो केन्द्रीकृत राज्य व्यवस्था हुनुपर्ने तर स्थानीय निकायहरुलाई यथेष्ट स्वशासन दिनुपर्ने र अधिकारको विकेन्द्रिकरण गर्नुपर्ने यो पार्टीको माग छ ।

देशमा अहिले संघीयताको पक्ष र विपक्षमा विभिन्न तर्क-वितर्क, वाद-विवाद-सम्बाद भैरहेका छन् । यस्ता ज्वलन्त विषयहरुमा तर्क-वितर्क, वाद-विवाद-सम्बाद हुनुलाई नाजायज भन्न सकिन्न । तर दशैंको मुखमा जनजीवनलाई नै अस्तव्यस्त हुने गरी यसरी नेपाल बन्दकै आव्हान गर्नुलाई भने कुनैपनि हालतमा जायज मान्न सकिन्न ।

-Santa Bagam in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®