Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ परिबर्तनको आभाष दिलाउन सरकारले नयाँ काम र परिबर्तनको अभियान थाल्ने -प्रधानमन्त्री 'प्रचण्ड'
आवश्यक परे बलिदानी दिएरै जनताले चाहेको नेपाल बनाउने
-उपप्रधानमन्त्री गौतम


Prime Minister Prachanda inaugurating ABC TV Channel. Photos: Santa

काठमाडौँ, September 4, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

एबिसि टेलिभिजन च्यानलको भदो १९ गते उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले केही न केही नया गरेर देखाउने दाबी गरे । अब पूर्ण आकार बजेट पनि छिट्टै आउने र त्यसमा जनताले अनुभूत गर्ने गरी राहत कार्यक्रम ल्याइने प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संबिधान निर्माण गर्नु, शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनु र जनतालाई समृद्ध तुल्याउनु सरकारको मुख्य चुनौती रहेको उल्लेख गरे ।

सरकार बिगतको कमीकमजोरी सच्याउँदै जनताको शान्ति, समृद्धि र राष्ट्रिय स्वतन्त्रताको निम्ति अगाडि बढ्ने प्रधानमन्त्रीको भनाई थियो ।

देशमा गणतन्त्र आए पनि नेतृत्वमा नयाँ सोंचाई आयो कि आएन भन्ने जनतामा आशंका रहेको चर्चा गर्दै प्रधानमन्त्रीले नयाँ परिबर्तनको आभाष दिलाउन सरकारले नयाँ काम र परिबर्तनको अभियान थाल्ने बताए ।

नयाँ नेपाल निर्माणमा सन्‍चार माध्यमहरुको महत्वपूर्ण भूमिका हुने भएपनि सन्‍चार माध्यमहरुमा अराजकता पनि आउन सक्ने प्रधानमन्त्रीले औंल्‍याए ।
 


कार्यक्रमका अर्का अतिथि वक्ता उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा व्याप्त अराजकता, अन्यौलता र दण्डहीनताको छिट्टै अन्त्य गर्दै जनतामा शान्ति सुरक्षाको आभाष दिलाइने बताए । आवश्यक परे बलिदानी दिएरै भएपनि जनताले चाहे जस्तो नेपाल बनाउन आफू अग्रसर हुने उपप्रधानमन्त्री गौतमको भनाई थियो ।

सोहि कार्यक्रममा सुचना तथा सचार मन्त्री कृष्णबहादुर महराले सन्‍चार माध्यमले पाएको स्वतन्त्रतालाई उपयोग गर्दै देशलाई अग्रगमन तर्फ लैजान भूमिका खेल्नु पर्ने बताए । एबीसी टेलीभीजनका समाचार प्रमुख सुभशङ्कर कँडेलले नयाँ ढंगले आएको एबीसी टेलीभिजनले संधै जनताको पक्षमा समाचार प्रसारण गर्ने प्रतिवद्धता जनाएका थिए ।

ग्णतान्त्रिक नेपालको वास्तविक न्यूच च्यानल भन्ने मूल नारा रहेको एबिसी टेलिभिजन प्रसारण समूहको एबिसी रेडियो यसअघि नै नियमित प्रसारण भइरहेको छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®