Archive»
Photo: Dinesh Shrestha. Nepal's 1st President taking oath.Illustration:
eEyeCam
नव निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले यसरी सपथ
ग्रहण गरे
राष्ट्रपति डा. रामवरण यादवलाई सपथ ख्याउँदै
प्रधानन्याधीश केदारप्रसाद गिरी पछाडि उपराष्ट्रपति परमानन्द झा । Photos:
Dinesh Shrestha
काठमाडौं, July 23, 2008-नव निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले पद तथा गोपनियताको
सपथ ग्रहण गरेका छन् । साउन ८ गते काठमाडौं स्थित राष्ट्रपति भवनमा
राष्ट्रपति डा. रामवरण यादवलाई प्रधानन्यायधीश केदारप्रसाद गिरीले सपथ
ग्रहण गराएका हुन् । आज दिनको ३.४५ बजे सपथ लिए पछि राष्ट्रपति यादवले
आफ्नो कार्यकक्षमा गएर औपचारिक रुपमै पदभार सम्हालेको घोषणा गरे ।
उपराष्ट्रपति परमानन्द झालाई भने राष्ट्रपति डा.
यादवले सपथ ग्रहण गराए । उपराष्ट्रपति झाले भने हिन्दी भाषामा सपथ लिएका
थिए ।
सपथ ग्रहणपछि अल्मलिईरहेका झालाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले
हस्ताक्षर हस्ताक्षर भनेर सपथ पत्रमा हस्ताक्षर गर्न भनेका थिए ।
-Santa Bagam in Kathmandu
उपराष्ट्रपति परमानन्द झालाई सपथ ग्रहण गराउँदै
राष्ट्रपति डा. रामवरण यादव साथमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
प्रधानन्यायधीश केदारप्रसाद गिरी र संविधानसभा अध्यक्ष कुलबहादुर गूरुङ्ग ।
राष्ट्रपति डा. रामवरण यादवलाई सपथ ख्याउँदै
प्रधानन्याधीश केदारप्रसाद गिरी साथमा उपराष्ट्रपति झा प्रधानमन्त्री
कोईराला र संविधानसभा अध्यक्ष गुरुङ्ग ।
President Rambaran Yadav taking oath from Chief Justice Kedarprasad Giri.
Prime Minister Girijaprasad Koirala and CA Chair Kulbahadur Gurung
witnessing. Photos: Dinesh Shrestha