Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"खर्च घटाउन श्रीमती नलैजाने भैसकें"-अर्थमन्त्री डा. महत
सार्क शिखर सम्मेलनमा नेपालको प्रमुख एजेण्डाहरु के के हुन्‌?

काठमाडौं,  July 30, 2008- अर्थमन्त्री डा. रामशरण महतले सार्क शिखर सम्मेलनमा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

सार्क सम्मेलनलमा सहभागी हुन श्रीलंका प्रस्थान गर्नुअघि उनले उर्जाको बढ्दो आवश्यकता पूर्ति, खुल्ला व्यापारलगायतका विषयमा विशेष छलफल हुने बताएका हुन् । मन्त्री डा. महत बुधबार अपरान्ह श्रीलङ्का प्रस्थान गरिसकेका छन् । विदेश भ्रमणमा श्रीमति लैजान पाउने भएपनि त्यसको आलोचना भएपछि उनले श्रीमतिको नाम काटेका छन् ।

'सार्क शिखर सम्मेलनमा आर्थिक एजेण्डा प्रमुख रहनेछ' डा. महतले भने- 'नेपालले स्रोतको परिचालन र उपयोगका लागि विशेष कार्यक्रम ल्याउने प्रस्ताव राखिनेछ ।' उर्जाको समस्याबाट नेपालमात्र नभएर समग्र दक्षिण एशियानै प्रभावित भएकाले विकल्पहरु ल्याउनुपर्नेमा छलफल हुने जानकारीपनि श्रीलङ्कातर्फ प्रस्थान गर्नुअघि उनले दिए ।

नेपाल जलस्रोतमा धनी भएजस्तै भारतमा कोइला र बंगलादेशमा ग्याँस भएकाले त्यसको उपयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका अर्थमन्त्री महतले उर्जाको समस्या पर्दा एकले अर्काबाट किनबेच हुने अवस्था सृजना गर्नुपर्ने बताए । डा. महतको भनाई थियो- 'पेट्रोलियम पदार्थको समस्या समाधानका लागि विकल्प खोज्नेबारे भारतीय पक्षसँग सार्कमा गम्भीर छलफल हुनेछ ।'

मन्त्री महतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन िसंहबीच १५ औं सार्क शिखर सम्मेलनका दौरान विशेष भेटवार्ता हुने खुलाशापनि गरेका छन् । भारतीय अधिकारीहरुसँग खुल्ला व्यापारका विषयमा कुराकानी हुने बताउँदै महतले नेपालमा आयात हुने स्टिलमा कर घटाउनुका अलवा नकारात्मक सूचीमा राखिएका नेपालको निर्यात सामाग्रीलाई भारत प्रवेश खुल्ला गर्न पहल गरिनेपनि उनले बताए ।

भुटानी शरणार्थीको समस्या समाधानका लागि भुटानसंग कुरा गर्ने बताए । तर भूटानसँगको अहिलेसम्मको कुराकानी निराशाजनक भएको उनको भनाई थियो । बारम्बार भुटानसँग कुराकानी गर्दा पनि ऊ टसमस नभएको बताउँदै डा. महतले भने- 'भुटानसंग कुरा गर्दा गर्दा हामी निराश भइसकेका छौं तरपनि सार्क सम्मेलनका अवसरमापनि हामी उनीहरुसँग शरणार्थी समस्याका बारेमा छलफल गर्नेर्छौं ।'

मंगलबारमात्र माओवादी र एमालेले काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सार्कमा जान नदिने सहमति गरकेा थिए । तर बुधबार ठूला चार दलबीच यसबारेमा सहमति भई प्रधानमन्त्री कोइराला नै जाने सहमति भएको थियो । यो सहमतिपछि सन्‍चारकर्मीमाझ प्रस्तुत भएका डा. महतले भने- 'सार्कमा सहभागिताकालागि अन्य दलहरुसंग परामर्श कम भएको महशुश हामीलाईपनि भएको छ । राजनीतिक परिस्थितिका कारण त्यस्तो अवस्था सृजना भएको हो ।'
  डा. महतले सार्क सम्मेलनमा भाग लिन जाने नामहरुमा राजनीतिकरण नगरिएको दावीपनि गरे । 'सार्कमा सरकारका तर्फबाट कमभन्दा कम सहभागिता गराइएको छ' उनले भने- 'अर्थ मन्त्रालयले आवश्यक गृहकार्य गर्न पाएको भए सहभागिता संख्या अझ घट्न सक्थ्यो कतिसम्म भने सार्क सम्मेलनमा जाँदा मैंले श्रीमती लान पाउँथें तर खर्च घटाउन नलैजाने भैसकें ।'

जानकारी अनुसार सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठकमा भाग लिन जान लागेका अर्थमन्त्री डा. रामशरण महतसँगै उनकी श्रीमति रोशना महतको नामपनि राखिएको थियो । मन्त्री पत्नीपनि श्रीमानसँगै श्रीलङ्का जाने खबर राजधानीबाट प्रकासित अखवारहरुले सार्वजनिक गरेपछि महत श्रीमतिको नाम हटाइएको हो । प्रधानमन्त्रीको टोलीमा भने कोइराला पुत्री सुजाता कोइरालालाई विना विभागीय मन्त्रीको हैसियतमा श्रीलङ्का जाने टोलीमा राखिएको छ । कांग्रेस बाहेकका तीन ठूला राजनीतिक दलहरुको सहमतिपछि प्रधानमन्त्री कोइराला विहीबार श्रीलङ्कातर्फ उड्दै हुनुहुन्छ ।

-Sharmila Thapa in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®